डेनमार्क पुगेर पो देख्न पाइयो सगरमाथाको ढुंगो

सगरमाथा आरोहणका चर्चा खुब सुनिन्छ । शारिरिक रुपमा सबल नभएका, ज्यानको बाजी मार्न नसक्ने र आत्मबल कमजोर हुनेले गर्न सक्ने काम भएन त्यस्ता उच्च हिमालको आरोहण । तर आफु जान नसकेपनि सगरमाथाको चुचुरो कस्तो होला ? त्यसको टुप्पोमा के के पाइन्छ, देखिन्छ होला भन्ने जिज्ञासा लाग्छ नै । त्यसको चुचुरोमा पाइने र देखिने चिजको जिज्ञासा हामी सामान्य मानिसलाई मात्रै होइन त्यहिँ पुगेर आउनेलाई झन बढि हुने रहेछ । र त, मानिसहरुले भिडियो, तस्बिर र अनेक खालका संझना बोक्ने रहेछन् । त्यस्तै जिज्ञासु मध्येका एक रहेछन् डेनिस नागरिक मिकाएल के जोइरगेन्सन । उनको त्यहि जिज्ञासाले गर्दा हामीलेपनि सगरमाथाको ढुंगो डेनमार्क पुगेको बेला देख्न पाइयो । सुम्सुम्याउन पाइयो । ढुंगो मार्फत सगरमाथाको टुप्पालाई स्पर्श गर्न पाइयो ।

मिकाएल २३ मे १९९५ मा सगरमाथाको टुप्पोमा पुगेका रहेछन् । र उनले चुचुरोबाट एउटा ढुंगोपनि साथैमा बोकेछन् । अहिले त्यो ढुंगो उनैका मित्र क्लाभ बेकर लार्सनको घरमा रहेछ । सन् १९५१ यि लार्सनलेपनि बिना ईजाजत सगरमाथा चढ्ने सुर कसेका रहेछन् । तर प्राविधिक कारणले गर्दा उनी भने पुग्न सकेनन् । पछि उनैका साथी मिकाएल पुगे । तर उचाईबाट ओर्लिँदा मिकाएलले एउटा डोरी देखेछन् शेर्पाहरुले तल ओर्लिन अरु कोहि आरोहीकालागि टाँगेको । त्यो देखेपछि आफुले लगेको डोरी नटाँगेर त्यहि डोरीबाट ओर्लिन खोज्दा डोरी छिनेछ र मिकाएल ५०० मिटर तल खसेछन् ।

उनलाई उद्दार गरेर ल्याईयो तरपनि उनी जिवित रहेनन् । उनीसित रहेको ढुंगो भने लार्सनले आफ्नो घरमा सजाएर राखेका रहेछन् । कम्सेकम आफ्नो देशमा कहिल्यै देख्न, हेर्न र छुन नपाएको विश्वकै सर्बोच्च शिखरको ढुंगो डेनमार्क पुगेर देख्न पाइयो । तिनै लार्सनसित उनले लुकीछिपी गर्न लागेको सगरमाथा आरोहण र उनको १९५१ को नेपाल यात्राबारे भेटघाट र छलफल गर्न उनको निवास पुग्दा लार्सनले देखाएका हुन् । उनीसित भेट गराउने मेसो मिलाएका थिए, उनैका छोरा जेस्पेर बेकर, कोपन हेगनका मित्र हेम अर्याल र सोम सापकोटाले ।

तपाइँको प्रतिक्रिया