के के छन दोस्रो यूरोपस्तरिय महिला सम्मेलनको घोषणापत्रमा ?

अन्तर्राष्ट्रिय नारी दिवसका उपलक्ष्यमा हिजो बेल्जियमको एन्तरपेन शहरमा दोस्रो यूरोप स्तरिय महिला सम्मेलन भयो । पहिलो गत साल पेरिसमा भएको थियो । हिजो भएको सम्मेलनले दोश्रो युरोपीयन महिला सम्मेलन २०१० घोषणा पत्र जारी गरेको छ । घोषणापत्रलाई लागू गर्न सक्ने हो भने धेरै सकारात्मक पक्षहरु समेटिएका छन् । तर धेरै योजना बन्ने र घोषणा कार्यान्वयनमा आउने नगरेको द्रिष्टान्त छ हामी नेपालीहरुको । यदि यसलाई अकर्यान्वयनमा ल्याउन सक्ने हो भने यूरोपमा रहेका नेपाली महिलाहरुले ठूलो योगदान रहने  देखिन्छ ।

घोषणा पत्र
 
शान्त र समृद्ध राष्ट निर्माणका लागि प्रवासी नेपाली नारीको एक मात्र ध्यान ।
राष्ट विकास निर्माणमा नारी एक जुट भइ सदैव देखाउँछौ विश्वमा शान ।।
 
०६ मार्च २०१० का दिन यसै नाराका साथ नेपाल सरकारका माननीय उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला ज्यु को प्रमुख आतीथ्य एवं एनआरएन महिला संयोजक श्रीमती उषा शर्माबाट संयुक्त रुपमा समुद्घाटन गरिएको दोश्रो युरोपीयन महिला सम्मेलन २०१० घोषणा पत्र जारी गर्दछ । घोषणापत्र हेर्न भित्र जानुहोस —

१)  विश्व स्वास्थ्य संघको रिपोर्ट अनुसार ५ वर्षभन्दा मुनिका बच्चाहरुको मृत्युदर प्रतिवर्ष १००० मा ७६ जना रहेको र १ लाख आमा सुत्केरी हुने समयमा ७४० जनाको मृत्युदर रहेकाले यस मृत्यु दरलाइ घटाउन नेपाल सरकारले ५ वर्षभन्दा कम उमेरका वाल वालिकालाइ कम्तिमा वाषिर्क एक पटक निःशुल्क जाँच गराउन र सुत्केरी हुनुपूर्व न्युनतम १ पटक गर्भवती महिलालाइ निःशुल्क स्वास्थ्य परिक्षण गराउन नेपाल सरकारका सम्बन्धित नियोग मार्फत पहल गर्ने ।

२) राष्ट्रिय स्वास्थ्य विमा स्थापना गराउन नेपाल सरकारको सम्बन्धित निकायमा पहल गर्ने ।

) आफु बसेको मुलुकमा स्थानीय भाषा सिकेर त्याहाँको स्वास्थ्य, शिक्षा सम्बन्धि तथा सामाजिक तौर तरिकाको बारेमा राम्रो अध्ययन गर्ने र नेपाली समुदायमा प्रशिक्षित गर्ने तथा नव आगन्तुकहरुलाइ दोभाषेको रुपमा सहयोग गर्ने पहलको शुरुवात गर्ने ।

४) नेपाली समाजका महिलाहरुलाइ सक्षम र सवल बनाउनका लागि देशै भरी एन आर एन महिला छात्रबृत्तिको  व्यवस्था गर्ने ।
 

५) विकसित मुलुकमा महिलाहरुले गरेको प्रगति र नेपाली महिलाहरुले गर्न सक्ने सम्भावना बारे लेख, रचना प्रकाशित  गरी प्रोत्साहित गर्ने र सम्भव भए सम्मका ग्रामिण क्षेत्रहरुमा एनआरएन अन्तरकृया कार्यक्रम संचालन गर्ने,

६)  प्रत्यक वर्षमनाइने अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा हरेक देशका एनआरएनले नारी दिवस मनाउने प्रकृयाको थालनी गर्ने,

७) आमाको नाम बाट नागरिकता पाउनुपर्ने व्यबस्थाको संविधानमा सुरक्षित गर्न नेपाल सरकार समक्ष पहल गर्ने,
 

८) नेपाल सरकार बाट जारी गरिएको एन आर एन परिचय पत्र शुल्क घटाउन  दवाब दिने ।     
 

९) गैह्र आवासीय नेपाली संघको ऐनमा आवश्यक संशोधनको लागि आव्हान गर्ने ।

१०) आजको यो सम्मेलनले नेपालमा दिगो शान्ति र विकास निर्माणका लागि समयमै संविधान लेखन होस भनि नेपाल सरकार र संविधान सभा समक्ष अनुरोध गर्दछ ।

११) आगामी वर्ष२०११ को एन आर एन तेश्रो युरोप स्तरीय महिला सम्मेलनको आयोजक जर्मनी हुनेछ ।

 

अन्तमा,

 

एनआरएन केन्द्रिय विधानको मुल मर्म र उद्देश्य पुरा गर्न नियमित कार्यक्रम तथा गतिविधिलाइ निरन्तरता दिदै आजको यो सम्मेलनबाट पारित उपरोक्त बुँदाहरु कार्यान्वयमा हामी एनआरएन युरोप कटिबद्ध भएको घोषणा सहित सर्वसम्मतले यो घोषणा पत्र जारी गरेका छौं   दोश्रो एनआरएन युरोप क्षेत्रीय महिला सम्मेलन ।

 

विशेष उपस्थिती :

१) सभासद, लेखा समिति सभापति राम कृष्ण यादव
२) राजदुत प्रमेश कुमार हमाल
३) प्रमुख संरक्षक डा. उपेन्द्र महतो
४) संरक्षक  राम प्रताप थापा
५) संयोजक युरोप क्या. हितमान गुरुड
६) सह संयोजक रविन्द्रमान श्रेष्ठ

तपाइँको प्रतिक्रिया