चुम्बन चराको

black_winged_stilt.jpg

के प्रेम मानिसले मात्रै गर्छन ? प्रेम, स्नेह, माया र मोह मान्छेमा मात्रै हुनुपर्छ र ? मानिसहरु ठान्छन-मानव प्रेम विचित्रको छ । मानव संसार प्रेममा अडेको छ । तर प्रेम हरेक जिवजन्तुमा हुन्छ । भिन्नता थाह हुने र नहुने, देखिने र नदेखिने वा बुझ्ने र नबुझ्ने मात्रै फरक हो । प्रेम अन्धो हुन्छ भन्छन मानिसहरु । मानव प्रेमका बारेमा यस्तै बिभिन्न भनाई र उक्तिहरु प्रशस्त छन । तर हेर्नुस त हाम्रै छरछिमेकमा यता र उति उडिरहने चराहरुको प्रेम लिला ! मानिसहरु मानव चुम्बनका बिभिन्न ब्याख्या गर्छन । जिब्रो जिब्रो गाडेर गरिने फ्रान्सेली चुम्बनको त विश्वभरिनै चर्चा हुने गर्छ । के चुम्बन मानिसहरु मात्रै खान्छन ? चराहरुको चुम्बनपनि कम्तिको हुँदैन ।
 
black_winged_stilt-2.jpg

हो, चराहरुपनि हामी मानिसले झै प्रेमीकालाई फकाउन खोज्छन । प्रेमीका फकाउन सजिलो छ ? अति नै हम्मे हम्मे पर्छ ? चराहरुका लागिपनि त्यस्तै कठिन काम हो । भाले चराहरु पोथीलाई फकाउन पहिले त तिनको निकट हुन थाल्छन ।

common_kingfisher.jpg

आफुले नखाएरैपनि आहारा लगिदिन्छन। शरिर सुम्सुम्याइदिन्छन । वरिपरि आउनेलाई लखेटेर सुरक्षा गरिदिन्छन । भाका फिराइफिराई पोथीलाई मनपर्ने गित गाएर सुनाउँछन । शत्रुहरुको डटेर मुकाबिला गरेर उसको सुरक्षा गर्न सक्षम भएको देखाउँछन । कसैले गुँड बनाउने बेला छेस्का छेस्कि बटुलेर लगिदिन्छन । पोथी यताउति लाग्दा पोथीको वासको रक्षा गरिदिन्छन ।
 
common-kingfisher_2.jpg

पोथीको मन अलि पगालेपछि निकट हुँदै जान्छन अनि शुरु गर्छन चुम्बन खान । केहिबेर चुम्बन खाएपछि संभवत यिनमापनि शारिरिक यौनको चाहना बढ्छ। अनि बल्ल पोथी सहमत हुन्छे भालेलाई आफ्नो शरिर सुम्पिन ।

eurasian_collared_dove-2.jpg

तस्बिरले आफै बताउँछ कि चराहरुलेपनि भाले भेट्नासाथ शरिर सुम्पन दिदैनन । लखेटा लखेट, भाग दौड, लुकामारी, रमाइलो नगरि सम्भवत एक भेटमै शारिरिक सन्तुष्टिको चाहना लाग्दैन । अथवा त्यस्तो संसर्गमा त्यति रस बस्दैन । भरपुर आनन्द पो मिल्दैन कि ! भेट्नासाथ स्वाट्टै आफ्नो शरिर भालेलाई सुम्पिहाल्न सायद पोथीलाई विश्वाश हुन्न । त्यसैले यहाँ तस्बिरमा शारिरिक संसर्ग पहिले चराहरु चुम्बनमा मग्न देखिएका छन ।
 
 
eurasian_collared_dove-4.jpg

यस्ता केहि तस्बिर मैलेपनि खिचेको थिएँ । तर यहाँ राख्न सकिएन ।

red-vented_bulbul.jpg

क्लेमण्ट एम फ्रान्सिस र निरज भी मिस्ट्री दुबै भारतिय चराविद तथा वन्यजन्तु फोटो ग्राफर हुन । यहाँ राखिएका सबै तस्बिर मैले फोटोग्राफरहरुसँग लिखित अनुमति लिएर प्रकाशित गरेको हुँ । तस्बिरहरु अन्यत्र प्रयोग नगरिदिनुहुन अनुरोध छ ।

तपाइँको प्रतिक्रिया