यस्तो सम्म हुँदो रै छ भारतमा
भारत हो, कानुन बन्छन् तर लागू हुँदैनन् । लेखिन्छन् तर कसैले टेर्दैन। वर्षौं वर्ष देखि यसैगरि चलिरहेछ जिवन। दिल्लीमा मेट्रो चल्न लागेको धेरै लामो समय भएकै त छैन । सरकारले महिलाकालागि बस्ने सिटको ब्यवस्था गरेको छ । लेखेकै छ- For Ladies Only भनेर । तर के गर्नु ? ठ्याक्कै उल्टो हुन्छ । पुरुषले मात्रै ओगट्छन् महिला त हेरेको हेर्यै ।
चर्पीनै नहुने त होइन भारतमा । हुन्छन् तर कसले गर्ने चर्पीको टन्टा ? चर्पी बन्द हुन्छन् जतिखेरपनि यसैगरि । अनि भित्ता खोजेर छेउकुना पारेर गरिन्छ सु ।

चोरी निकै हुनाले होला बैंक खुल्ने समयमै यसरि मुल ढोकाको बिचमै सिक्रिका लठ्ठा राखिएको हुने । चोरी भैहाल्यो भने चोरहरु भाग्दा भाग्दै सिक्रीले अलिकति भएपनि रोकोस् र समात्न सजिको होस् भनेर होला । तर ग्राहकले भने निहुँरिँदै जानुपर्ने । त्यस्तो देख्दा कता आफुनै तत्कालै चोरको फन्दामा पो परिन्छ कि भन्ने त्रास हुने
त्यत्रो दाम हालेर किनेपछि किन दिने फूर्सद यसलाई ? सडक पेटीमा बसेर बेच्ने लुगा मोटरसाईकलमा राख्ने यस्तै छ परिपाटी दिल्लीको ।








