मागि हिँड्ने जेब्रा

animal_begging-1.jpg

कुनै कुनै जनावर त निकै चतुरा हुन्छन। मानिसहरुको भावना चट्टै बुझ्ने। देख्नु पर्दैन। अलक्कै अड्कल काढ्छन यिनिहरुसँग केहि न केहि छ खानेकुरा । खानेकुरा झोलासोलामा झुण्डिएको हुनुपर्दैन कतै लुकाएका छन यिनले भनेर थाह पाउँछन। पेरिसको त्यस्तै २५ किलोमिटर टाढा पर्ने थ्वारी भन्ने एउटा जिवजन्तु पार्क छ। त्यहाँका जेब्राहरु त्यस्तै चलाख छन। पार्कमा कोहि आयो घुम्न भन्ने थाह पाउनासाथ ति हान्निँदै आउँछन। अँहँ तिनले कुनै दखल पुर्‍याउने होइन मानिसलाई । गाडि चलाएर आउनेहरुलाई पहिले अगाडि तेर्सिएर छेक्छन । गाडि रोक्न कर लाग्यो त्यति भएपछि । 
 
animal_begging-3.jpg

अँहँ मान्छेले गाडीले किचाउलान भन्ने पटक्कै डर मान्दैनन । विश्वासी छन ति । गाडी रोकिसकेपछि चालक छेउमा मुन्टो राख्छन। टाउको हल्लाउँछन। अनि मुख चलाएर माग्छन खानेकुरा । केहि नदिएसम्म गाडिको झ्यालमा टाउको राखिरहन्छन । कुनै खानेकुरा दिएपछि सरक्क गाडि छोडिदिन्छन । पार्कका कर्मचारीले दिने आहारा र भुईको घाँस भन्दा सायद मानिसले दिएको फलफुल र खानेकुरा मिठो हुने भएकोले त होला यिनिहरु आकर्षित भएको । यिनिहरुको शरिरको टाटेपाटे रङले गर्दा निकै सुन्दर देखिनालेपनि मानिसहरुले खुब रुचाउँछन।

तपाइँको प्रतिक्रिया