आईफलटावरमाथि नेपाली झण्डा

nepali_flag_in_the_eiffel_tower-1.jpg

नेपाली झण्डाको आकर्षण साँच्चिकै अचम्मको छ । यो झण्डाको बनावट त्रिकोण परेकालेपनि त्यसो भएको हो। चन्द्र र सूर्य नचिन्ने कोहि हुँदैन। त्यो सट्ट देखिँदा नचिन्नेलाईपनि आकर्षण गर्ने रहेछ। नेपाल हिमालै हिमालको देश। यसो हेर्दा हिमाल जस्तो देखिनाले झन अर्थपूर्ण हुने नै भयो । नेपाल नचिनेका, नजानेका पनि हाम्रो झण्डादेखेपछि खुब नियाल्न थाल्छन । पेरिसको आइफल टावरमा पनि छ सानो नेपाली झण्डा । आइफल टावरको दोस्रो तल्लाको भित्तामा ।  

nepali_flag_in_the_eiffel_tower-2.jpg

त्यहाँ धेरै देशका झण्डा छन ।  झण्डा राखेको तल अंक दिएर किलोमिटर लेखिएको छ। त्यो झण्डा जुन दिशामा छ ति देशपनि त्यहि देशामा पर्ने रहेछन। अनि त्यहाँबाट झण्डाको प्रतिनिधी मुलुक कति किलोमिटर टाढा पर्छ भनेर लेखिएको रहेछ। भनेपछि पेरिसको आइफल टवरबाट काठमाडौं ७२५५ किलोमिटर टाढा रहेछ । अनि हेर्नुस न कसरि लेखेका काठमाडौं पनि फ्रान्सेलीहरुले Katmandou रे हामी त अंग्रेजीमा लेख्नु पर्दा Kathmandu पो लेख्छौं त होइन ? यहाँ जाने नेपालीहरुका लागि मात्रै होइन, नेपाल चिनेकाहरुपनि भावुक हुन्छन भन्छन यहाँको नेपाली झण्डा देख्दा । नेपाली झण्डालाई आफ्नो भिडियोमा कैद गर्दैरहेका बेल्जियम निवासी क्रिष्ण तिवारी हुन ।

तपाइँको प्रतिक्रिया