जोडी छान्न त पोथीपनि उत्तिकै खप्पिस

विख्यात बैज्ञानिक चार्ल्स् डार्बिनको पालादेखिनै बैज्ञानिकहरुले क्रमिक विकास (ईभोलुसन) को सिद्दान्त अनुसार जोडीको छनौट प्रक्रियाको सामान्य सिद्दान्त यस्तो बनाएका थिए—पोथीलाई आफुतिर आकर्षित गर्न भालेहरु एक आपसमा लडाई गर्छन् । कमजोरलाई लघार्न आफ्ना ठुला, लामा र धारीला सिङ देखाउँछन् । लामा र रंगिन भुत्ला, प्वाँख वा आकर्षक देखिने अन्य शारिरिक वस्तु देखाउँछन् जसले स्वस्थताको संकेत गर्छ । पोथीहरुले छेउकुनामा बसेर नियाल्छन् । तटस्थ रहेर हेर्ने वा मन पराएर हेर्ने । जब भालेले पोथीको आवश्यकता का गुणहरु देखाउन सक्छ तब उ नाच्छे उ सित, लहसिन्छे । बिस्तारै त्यो भालेलाई आफ्नो शरिर सुम्पन्छे ।

बैज्ञानिकहरुले के भन्दै आएकाथिए भने भालेहरुले सारा नाचगान गर्ने, शरिर देखाउने, फुलाउने गर्छन्। केटीहरु चाहिँ दर्शक दिर्घामा बसेर नियाल्छन् । बैज्ञानिकहरुलेपनि त्यसैगरि सामान्य तरिकाले हेर्दै आएका थिए । अथवा एकतर्फीरुपमा । तर होइन पो रहेछ, अहिले त बैज्ञानिकहरुले के पत्ता लगाए भने जोडी छान्नकालागि त पोथीहरुपनि उत्तिकै माहिर पो हुने रहेछन् ।

यसको प्रमाण चाहिँ थुप्रै चरा र जनावरमा देखिएको छ । जुन क्षेत्रका बारेमा त्यति धेरै ध्यान दि ई एको थिएन । डार्बिनको पाला देखिनै बैज्ञानिकहरुले भालेका पहिरन, गहना, आकर्षण, रंग र मुजुरको लामो र रंगिन पुच्छर जस्ता वस्तुमा मात्रै बढि ध्यान दिएका थिए जसको मुख्य कारण नै जोडीलाई आफुतिर आकर्षित गर्नु हो । त्यहि कारणले गर्दा भालेहरु त्यस्ता आकर्षणका आधार बिकसित गर्न बाध्य जस्तै हुन्छन् भनेर सोचिन्थ्यो । त्यो पक्रियालाई यनिक छनौट (सेक्सुएल सेलेक्सन) भनिन्छ ।

तर अहिले चाहिँ त्यो मान्यता फरक देखिएको छ । किनभने अहिले पोथीहरुपनि भाले छनौट गर्छन्, त्यसरि छनौट गर्ने तिनका आफ्नै आधार र चाख हुन्छन् भन्ने पत्ता लागेको छ । जस्तै-वस्तीमा पाइने भँगेराको भालेको घाँटीमा कालो धब्बा (नेपालीमा लुर्कन भनिन्छ) हुनु भनेको त्योपोथीको छनौटमा पर्ने एउटा विशेषता हो ।

बैज्ञानिकहरुले के तथ्य पत्ता लगाएका छन् भने भालेहरुमा यस्ता विशेषताको विकास हुनु भनेको भाले चाखकालागि मात्रै होइन ।समूहमा सबै शारिरिक सुन्दरताले छनौटमा पर्नु भनेको पोथीको एकाधिकारका लागि मात्रै पनि होइन । पोथीहरुमा हुने मधुर रंग पनि भालेकै जिन (अणुवंशिकि) बाट सर्ने हो । बैज्ञानिकहरुको भनाईमा कतिपय प्रजातीमा पोथीपनि भाले जत्तिकै सुन्दरताले सजिएका हुन्छन् । कतिपय पोथीमा भालेमा हुँदै नभएका विशेषता देखा पर्छन् । त्यसको अर्थ पोथीहरुको विकास भालेको कुनै जिन बिनानै स्वतन्त्र ढंगले विकास भएर हो ।

तर जुन जोडीमा भाले र पोथी दुबै सुन्दर हुन्छन्, अर्थात हेर्दा उस्तै रंगका हुन्छन् ति दुबैले बच्चाको हेरचाह समान ढंगले गर्छन् । यस्ता भालेहरुले बढि सुन्दर पोथी खोज्छन् किनभने यिनले पछि आफ्ना बच्चाको हेरचाहमा पनि निक्कै समय दिन्छन्, शक्ति खर्च गर्छन् ।

तपाइँको प्रतिक्रिया