दैलो दैलोमा सिदा माग्दै चिनियाँ बाघ
तिन चार दिन भयो होला, डाक्टरकहाँ जान लाग्दा क्यामरा बोकौं कि नबोकौं दोमन भयो । न केहि फेला परिहाल्छ कि बोकौं न आफ्नो हतियार जस्तो लागेर बोकें। नभन्दै यस्तो द्रिष्य देखियो कि बाघ त मान्छे का घर घरै डुल्दै रहेछ । मान्छेहरु नाचगान गरिरहेका । हाई हुई साई र सुई !!! के रहेछ भनेर जिज्ञासा राखेको त चिनियाँ नयाँ वर्ष रे ! बाघले यसैगरि घर घरमा नयाँ वर्षको उपलक्ष्यमा माग्दै हिँड्छ रे !! यो वर्ष चिनियाँ भियतनामी, कम्बोडियाली र नेपालमै पनि शेर्पा, तामाङ, गुरुङ समुदायले नयाँ वर्ष ल्होसार बाघ वर्षका रुपमा मनाउँदै रहेछन् । पेरिसको चिनियाँ समुदायले त्यसैगरि नयाँ वर्ष मनाएको द्रिष्य रहेछ त्यो ।
यो रातो पहिरनमा भएको चाहिँ बघिनी रे।
उभिएको बाघ त दुई जना मान्छे भित्र तेर्सो परेर पो बन्ने रहेछ । अनि पसल बाहिरको सिसाबाट भित्रबाट के दिने रहेछन् भनेर घरी घरी नियाल्ने रहेछ बाघले ।

यि चाहिँ गित गाउने र नाच्नेहरु । गितको तालमा खुब नचाउने रहेछन् बाघलाईपनि ।
ल्होसार र बाघ वर्षको शुभ कामना है तपाईहरुलाईपनि ! ! !








