यसरि पनि सहयोग गर्दैछन् बिदेशीले नेपालीलाई
“ल हेर्नुस् त” । लक्जमबर्गको एउटा गल्ली भित्र हिँड्दा हिँड्दै यात्रा का सहयोगि दाई नारायण गुरुङले भने । सिसा बाहिरबाट यसो हेर्दा चौबन्दि चोली लगाएका दुई चेली मुसुक्क हाँसेका । अनि अर्को बट्टामा एक जना पाल्पाली ढाका टोपीमा सजिएका । नेपाली हुन् भन्नेमा त शंकै रहेन । एउटा श्रीङ्गारको पसल रहेछ त्यो । ति दुई नेपाली चेलीको मुस्कान बेच्दै गरेका लक्जम्बुर्जुवाहरुले ।
श्रीङ्गारको सामानमा त्यसरि राख्नुको आशय रहेछ-स्थानियको ध्यान आकर्षित गर्ने बिल्कुल नौलो देखाएर । अनि त्यो सामान बेचे बापत उनीहरुले नेपालका शिक्षाबाट बञ्चित वालिकाहरुलाई पढाईको लागि सहयोग गर्ने रहेछन् । आभेडा भन्ने त्यहाँको ए उटा गतिलो मार्क रहेछ श्रीङ्गारको सामान बेच्ने । उनीहरुले गत तिन वर्ष बाट बिभिन्न पेशा र सिपको लोभ गर्दै शहर छिरेर दुख पाएका वालिकाहरुलाई सहयोग गर्दै आएको स्पष्ठ लेखिएको रहेछ बाक्सामै ।
त्यो गल्ली छिचोल्दा सधैं आँखा पर्ने रहेछन् त्यहाँ नारायण दाईका । अनि त्यहिँ हामीबिच समान्य गफगाफ चल्यो त्यहि बारे । बिदेशीले बरु यस्तो सानो सानो कुरो देखाएर नेपाललाई सहयोग गर्छ । गरिरहेका छन् । तर हाम्रा नेता त्यहि सानोतिनो सहयोगबाट जम्मा भएको पैसाले पाजेरो चढेर हिँड्छन् । त्यस्तो देख्दा यि बिदेशीले के सोच्दा हुन् हाम्रा नेतालाई ? कहिले चेत खुल्ने हाम्रा नेताको खोइ ?







