हामी नेपाली कति गती छाडा ?

हामी नेपाली साँच्चै गते छाडा छौं ।  आफ्नै घर गाउँ, छर छिमेक सफा नरहे आफैंलाई असर पर्छ भन्ने सायद थाह नभएर होइन । केहि न केहि भएपनि पढे लेखेको, अलिकति भएपनि जाने बुझेको मान्छे नभएको सायद घरनै छैन  होला । यो त झन नेपालकै अति शिक्षित मानिस बस्ने ठाउँमा खिचिएको तस्बिर हो । भरतपुर नगरपालीकाको पानी ट्यांकि छेउमै । तर पढे लेखेर, जाने बुझेर मात्रै कहाँ हुने रहेछ र !

हेर्नुस् त, अर्काले फोहोर गरिदिएर हैरान पारेपछि सायद फोहोर नफाल्न भनेर यस्तो सूचना टाँसिएको थियो । तर के गर्ने ? बुझेकाले बुझ पचाएर होला सायद वा तँलाई पख भनेर खुच्चिङ गर्न हो, झन त्यहि सूचना मुनीनै लगेर फोहोर फालेका छन् । त्यसरि सार्वजनिक ठाउँमा फोहोर फाल्दा सबैलाई असर गर्ने हो । भोली यस्तै गर्दै जाँदा यो शहरपनि उहि काठमाडौं जस्तै फोहोरै फोहोर भए के गर्ने ? तर यो चेतना कहिले आउने खोइ मान्छेनै गतिछाडा भएपछि  ?

तपाइँको प्रतिक्रिया