छामछुम पारेपछि गालामा चड्यांगै

-पुष्कर शाह
 
nepali-world-cyclist-pushkar-shah-nepalplus.jpgत्यसपछि म त्यहिँ पुलिस स्टेशनमा बसे । सिउँडीको काँडा त यस्तो हुने रहेछ कि, छाम्दा भेटिने तर झिक्न खोज्दा नसकिने, भित्रै जाने । यस्तो छुन खोज्यो कि दुखेर खप्नै नहुने, लुगाले छुँदापनि दुख्ने भएछ शरिर त । कतै बस्नै नहुने । मेच मै बसेर रात बिताएँ । त्यसपछि पाँच दिन सम्म म पुलिस स्टेशनमै बसे। उसले सोधखोज गर्‍यो । पाँच दिन पछाडी पुलिसले अर्को शहरमा मेरो साईकल समातेछ । मलाई त्यहि शहर पठाइदियो । आफ्नो साईकल पाएँ । मेरो केहि चिजपनि हराएको रहेनछ ।
 
हाम्रो नेपालमा जुन देशको जस्तोसुकै किन नहोस, गोरा छला भएको भनेपछि यो धनी छ, सम्पन्न छ, डलरका डलर हुन्छ भन्ने भन्ने जुन सोचाई हुन्छ । त्यस्तै मेक्सिकोमा पनि मलाई उनीहरुले यो पर्यटक हो । यो सित झोलामा टन्न डलरै डलर छ भन्ने सोचेछन । यसलाई जंगलमा मार्ने, परिचयपत्र केहि भए सबै नष्ट गर्ने र जंगलमा मारेर फाल्ने अनि त्यो डलर लिने रहेछ उनीहरुको उद्देश्य । परिचय पत्र नै नभएपछि कसैले पनि चिन्दैन र सोधखोजपनि हुँदैन । यो सित पैसा होला, क्यामरा होला महँगो अनि अरुपनि के के के के होला भन्ने सोचले हो ।  खास उत्तर त्यो त होइन कि मेरो सोचाईमा चाहिँ त्यहि हो ।
 
त्यो बेलामा म्रित्युबाट बचेकै हो म । त्यस्तै लाग्छ मलाई । जस्तो त्यो न्युयोर्कको घटनापनि । त्यो दिन त्यहि पाँच दश डलर नभएको भएपनि मार्न सक्थ्यो । त्यस्तो घटनाहरु हुन्छन । न्युयोर्कमा चाहिँ के हुन्छ भने कालेहरुले मान्छेहरुसित पाँच दश डलर माग्छन । नदियो भने उस्तै अवस्थामा वा रिसको बेला गोलीनै पनि हान्छन ।
 
एउटा रमाईलो कुरा गरौं ।  एक जना नेपाली दाई भरखर अमेरिका पुग्नु भएको रैछ । त्यहाँका पुराना नेपालीहरुले त्यहाँको तरिका र जनजिवन बारे सिकाउँछन । राति हिँड्दा महत्वपूर्ण चिजबिज र पैसा सैसा नबोक्नु, अलि बिचार गरेर हिँडडुल गर्नु भनेर सिकाउँछन । उहाँ एकदिन काम बाट फर्किँदै हुनुहुँदोरहेछ । त्यहाँ खासगरि लुट्ने भनेकै कालेहरुले हो । उहाँलाई एउटा गल्लीमा कालेले समातेछ-हे म्यान गिभ मि फाइभ डलर (ए मान्छे मलाइ पाँच डलर देउ त) भन्दै । नेपाली दाइले पनि नेपाली पाराले छैन पाँच डलर भन्नु भएछ। छैन साँच्चिनै पाच डलर छैन भनेर सोधेछ । उहाँले छैन भन्नु भएछ । हात समात्यो रे । गोजि सोजि सबै छामछाम छुम पार्‍यो रे । साँच्चै पाच डलर रैनछ । यसो हेरेछ । काले त रिसायो । एक चट्कन हानेछ । बुझिस ? अबदेखि पाँच डलर जहिलेपनि बोकेर हिँड्नु भनेछ । साँच्चिनै त्यस्तो घटनाहरु हुन्छन न्युयोर्कमा । मार्नपनि बेर लाउँदैनन । क्रमश :

तपाइँको प्रतिक्रिया