ओहो कति सुन्दर जुम्ला !
-हरिदेवी रोकाया / जुम्ला
[सुन्ने, सुनिने, पढ्ने अलग हो, तर साँच्चै जुम्ला मपनि अहिलेसम्म पुगेको छैन । आज जुम्लेली साथी रुपलाल ऐडीको फेसबुकबाट यि तस्बिरका लिंक आए । तस्बिर देख्दा लोभ लाग्यो । तस्बिर रहेछन् जुम्लामा बसेर बीबीसीका लागि रिपोर्ट गर्ने हरीदेवी रोकायका । सञ्चारकर्मी भएकाले उनका तस्बिर प्रयोग गर्न कुनै दकस लागेन झन । र कहिँ उनैले राखेका क्याप्सन त नभएका ठाउँमा यस्सो तस्बिर हेर्दै आफैंले बनाएको हुँ । जाँदै नगएको, देख्दै नदेखेको ठाउँका बारेमा र त्योपनि अर्काले खिचेका तस्बिरमा के क्याप्सेन राख्नु ? जे ठानेपनि दूर्नियत पक्कै छैन यी तस्विर राख्नुमा । बरु यि तस्बिरले जुम्लाको बारेमा केहि न केहि बोल्छन्, देखाउँछन् भन्ने लागेको छ-नेपालप्लस] ।
जुम्ला उपत्यका कति सुन्दर हगि ?
साना साना कुलेसा, वरिपरि पहाड अनि अलिकति समथर हरियो भूमी । जुम्लाको सम्पन्नताको एउटा पाटो ।
![6573_1021398154139_1800773799_46110_7535287_n[1]](http://www.nepalplus.com/wp-content/6573_1021398154139_1800773799_46110_7535287_n1.jpg)
हिउँ परेको बेला जुम्लाको वस्ती ।
जुम्लामा पाइने एक खाले फूल । जुम्ला आउनुभयो भने यस्तै यस्तै फूलले स्वगत गरिने छ रे तपाईलाईपनि ।
यो पहाडी गाउँमा सधैं कलम र कापी, बल र अन्य आधुनिक खेलौनासित भुलेर हुर्किन पाउँदैनन् वालवालिकाले । कम्तिमा आफ्नै भाईबहिनीको धरालो गरेरै भएपनि काम नगरि सुख छैन धेरैलाई ।
पत्रैपत्र परेको चट्टान ।
नयाँ प्रविधी र आधुनिक धेरै कुरा नपुगेको, पुर्याउन कठिन भएपनि छेकबार लगाउन चाहिँ काँडेतार पुगिसकेको छ । यस्ता तार मान्छे छेक्नेदेखि भेडा बाख्रा छेक्नेसम्म प्रयोग भएका छन् ।
यहि हो मुगु जिल्लाको रारा ताल ।
बिहानै सूर्यको किरणले रारालाई चुम्दा यस्तो देखिन्छ ।
रारा तालको मनमोहक द्रिष्यलाई क्यामरामा कैद गर्दै एक यूवती।
अलि राता पिरा गाला देख्दा “हुम्ला जुम्लाका स्याउ जस्ता” भन्ने त चलनै छ । हेर्नुस् त साँच्चै यस्तै रहर लाग्दा भएर पो रहेछ !
तिनै रहर लाग्दा स्याउ थान्को पान्को लाउँदै एक जना जुम्ली दाई ।
![6573_1023362483246_1800773799_51210_594989_n[1]](http://www.nepalplus.com/wp-content/6573_1023362483246_1800773799_51210_594989_n1.jpg)
![5840_1021106986860_1800773799_45495_2723667_n[1]](http://www.nepalplus.com/wp-content/5840_1021106986860_1800773799_45495_2723667_n1.jpg)
![6573_1022431099962_1800773799_49131_1249855_n[1]](http://www.nepalplus.com/wp-content/6573_1022431099962_1800773799_49131_1249855_n1.jpg)
![6733_1029167028356_1800773799_65132_3026195_n[1]](http://www.nepalplus.com/wp-content/6733_1029167028356_1800773799_65132_3026195_n1.jpg)
![6733_1030856950603_1800773799_68217_4985519_n[1]](http://www.nepalplus.com/wp-content/6733_1030856950603_1800773799_68217_4985519_n1.jpg)
![6733_1031724092281_1800773799_69753_6016942_n[1]](http://www.nepalplus.com/wp-content/6733_1031724092281_1800773799_69753_6016942_n1.jpg)
![7729_1052358368125_1800773799_111023_730061_n[1]](http://www.nepalplus.com/wp-content/7729_1052358368125_1800773799_111023_730061_n1.jpg)
![7729_1049292371477_1800773799_105645_7177723_n[1]](http://www.nepalplus.com/wp-content/7729_1049292371477_1800773799_105645_7177723_n1.jpg)
![7729_1052973943514_1800773799_112055_5727345_n[1]](http://www.nepalplus.com/wp-content/7729_1052973943514_1800773799_112055_5727345_n1.jpg)
![7729_1053855325548_1800773799_113778_3443873_n[1]](http://www.nepalplus.com/wp-content/7729_1053855325548_1800773799_113778_3443873_n1.jpg)
![7729_1048635835064_1800773799_104343_6026295_n[1]](http://www.nepalplus.com/wp-content/7729_1048635835064_1800773799_104343_6026295_n1.jpg)
![7729_1046847230350_1800773799_100560_1564705_n[1]](http://www.nepalplus.com/wp-content/7729_1046847230350_1800773799_100560_1564705_n1.jpg)





