यस्तो पो रैछ माओवादीको सञ्चार नीति
[चाख लाग्दो कुरो के छ भने ब्यवसायिक पत्रकार संघमा हस्तक्षेप र पहुँच बढाउने । यसको अर्थ नेपाल पत्रकार महासंघ, साफ्मा जस्ता पत्रकारका संघ संस्थालाई भन्न खोजिएको हो । अनि एबीसी, सगरमाथा, एभिन्यूज जस्ता टिभी चानल समेतलाई निकट बनाउन विशेष पहल लिने भनेर नाम तोकेरै उल्लेख गरेका छन् ।]
माओवादीले दैनिक, साप्ताहिक पत्रीकालाई कसरि हेर्लान ? निजि क्षेत्रका रेडियो, टिभी र पत्रपत्रीकालाइ के कसरि ब्यवहार गर्लान् ? आफ्ना बिरोधी संचार माध्यमलाई आक्रमण गर्ने र तह लगाउने गर्थे पहिले । उनीहरुको सरकार बन्यो भने दिर्घकालिन रुपमा कस्तो नीति बनाउलान ? सरकारी सञ्चार माध्यमलाई कसरि उपयोग गर्लान ? उनीहरुका बिरोधी मेडियालाई तह लगाउलान कि खुल्ला छोड्लान ? संसदको प्रमुख प्रतिपक्षी दल झन अहिले । यस्ता जिज्ञासा जाग्नु र कौतुहलता लाग्नु स्वभाविक छ ।
माओवादीको केन्द्रिय कार्यालयले हालसालै संचार संबन्धि माओवादीको नीति तथा योजनाको मस्यौदा तयार पारेको छ । त्यो मस्यौदाको कपी नेपालप्लसले हात पारेको छ । त्यसमा मुख्य १३ र ति १३ मा उपबुँदा समेत छन् । केन्द्र अन्तर्गत अहिले उनीहरुको माओवादी, द वर्कर र संश्लेषण रहेछन् । ति त प्रत्यक्षरुपमा पार्टीलेनै चलाउने भयो । त्यसबाहेक केन्द्र अन्तर्गतका बाह्य प्रकाशनमा जनदिशा दैनिक, जनादेश, जनएकता, प्रकाश साप्ताहिक र रेड्स्टार पाक्षिकलाई एकै छातामुनी प्रकाशित गर्ने योजा रहेछ । अनि राज्य समिती र जिल्लाले आफ्नै तरिकाले पत्रपत्रीका प्रकाशित गरेपनि बैचारिक रुपमा भने केन्द्रले निगरानी गर्ने रहेछ । चाख लाग्दो कुरो के छ भने ब्यवसायिक पत्रकार संघमा हस्तक्षेप र पहुँच बढाउने । यसको अर्थ नेपाल पत्रकार महासंघ, साफ्मा जस्ता पत्रकारका संघ संस्थालाई भन्न खोजिएको हो । अनि एबीसी, सगरमाथा, एभिन्यूज जस्ता टिभी चानल समेतलाई निकट बनाउन विशेष पहल लिने उनीभनेर नाम तोकेरै उल्लेख गरेका छन् ।
सम्पादक बोर्डमाथि पार्टी केन्द्रको निरिक्षण, नियन्त्रण र निगरानी हुने रहेछ । पार्टीको घोषित नीति र मर्यादा बिपरित जानेलाई कारवाही गरिने छ भनेर उनीहरुको सञ्चार नीतिमा स्पष्ठ उल्लेख छ ।
उनीहरुको त्यो सञ्चार नीतिको मस्यौदा जस्ताको तस्तै तल हेर्नुस है त ?
संचारसम्बन्धी माओवादीको नीति तथा योजना
१. विशेष प्रवेश :
आजको युग सूचना तथा संचारको युग हो । सूचना साम्राज्यविरुद्धको संर्घष्ामा र्सवहारावर्गले आफ्नो श्रेष्ठता कायम गर्न युगसापेक्ष नयाँ सूचना-संचार, प्रचार र प्रकाशनसम्बन्धी नीतिको विकास र कार्यान्वयन गर्न अनिवार्य छ ।
१.१. आधारभूत अवधारणा :
· सामन्तवाद-साम्राज्यवाद-विस्तारवादविरुद्ध आमनेपाली जनतालाई संगठित हुन पे्ररित गर्ने ।
· प्रचारलाई जनसंघर्ष एवम राजनीतिक संघर्षको अग्रगामी साधनको रुपमा परिभाषित गर्दै प्रयोग र परिचालन गर्ने ।
· आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको प्रश्नमा जनमत बनाउँदै सबै प्रकारका शोषण, दमन र उत्पीडनको अन्त्य गर्ने र दशेलाई सम्वृद्ध बनाउने ।
· सबै क्षेत्र, वर्ग, जाति, आदिवासी जनजाति, लिङ्ग, भाषाबीच एकता कायम गर्दै अग्रगामी परिवर्तनको पक्षमा जनमत बनाउने ।
· जनपक्षीय शक्ति र जनसमुदायविरुद्ध भइरहेको भ्रामक प्रचारआक्रमणलाई निस्तेज पार्ने ।
· पार्टीको घोषित नीति, कार्यक्रम र योजना जनतालाई सुसूचित गर्ने ।
१.२. समस्याको पहिचान
· प्रचार प्रसार तथा प्रकाशन नीतिको अभाव
· केन्द्रिकरण र केन्द्रिकृत परिचालनको समस्या
· पहलकदमीको समस्या
· उपलब्धी र कमजोरीको समीक्षा गर्ने समस्या
१.३ त्यसका लागि :
· प्रचार, प्रसार र प्रकाशनलाई केन्द्रीकृत नेतृत्वमा परिचालन गर्ने ।
· प्रचार, प्रसार र प्रकाशनलाई वर्गीकरण गरी केन्द्र, क्षेत्र र स्थानीय तहबाट परिचालन गर्ने ।
· संचारकर्मीको केन्द्रीकृत प्रशिक्षण र परिचालन गर्दै लाल र निपुण गराउने नीति अवलम्वन गर्ने ।
· सूचना तथा संचारमाध्यमको वर्गीकरण गरी त्यसैअनुरुप नीति बनाउने ।
२. कार्यक्षेत्र :
-क) आन्तरिक- पार्टी मुखपत्र, दस्तावेज, प्रतिवेदनहरु, संकलित रचना, बुलेटिन ।
-ख) बाह्य- दैनिक, साप्ताहिक, पाक्षिक, मासिक आदि -अंगे्रजी, नेपाली) ।
२.२ प्रसारण
· रेडियो, एफएम
· टीभी, केवल टीभी
२.३ सूचना–संचार (राष्ट्रिय सूचना केन्द्र)
· आईटी होम
· वेभसाइट
· वेभ पत्रिका
२.४ तस्वीर एवम् श्रव्यदृश्य अभिलेखालय
३. संचारको वर्गीकरण :
३.१ पार्टीद्वारा सञ्चालित
· पार्टीकेन्द्रको मातहतमा संचालित (जबस केन्द्रसमेत)
· राज्यसमितिद्वारा संचालित
· स्थानीय तहबाट संचालित
३.२ सरकारी संचारमाध्यमहरु
· रेडियो नेपाल
· नेपाल टेलिभिजन
· गोरखापत्र, राइजिङ नेपाल
· राष्ट्रिय समाचार समिति
३.३ निजी सचारमाध्यमहरु (विद्युतीय तथा छापा)
पार्टी निकट
तटस्थ
पार्टी बिरोधी
४. व्यवस्थापकीय नीति :
४.१ केन्द्रअर्न्तर्गतका आन्तरिक प्रकाशन
माओवादी, द वर्कर, संश्लेषणलाई नियमितरुपमा प्रकाशित गर्ने । संश्लेषणलाई विचारप्रधान मासिकको रुपमा प्रकाशित गर्ने ।
पार्टीमुखपत्र, दस्तावेजहरुसमेत महत्वपूर्ण सामग्री अंग्रेजीमा अनुवाद गरी पुनः प्रकाशित गर्ने ।
४.२ केन्द्रअर्न्तर्गतका बाह्य प्रकाशन
छापा- जनदिशा दैनिक, जनादेश, जनएकता र प्रकाश साप्ताहिक, रेडस्टार अंग्रेजी पाक्षिकसमेत एउटै छातामुनि राखेर संचालन गर्ने । मूल्याकंन मासिकबारे छलफल गरेर टुङ्ग्याउने ।
विद्युतीय : मिरमिरेको स्तर वृद्धि गर्ने । क्षेत्र र जिल्लाअर्न्तर्गत संचालित रेडियो, एफएम, केवल टिभीहरुलाई मिर्मिरेको नेर्टवर्कसँग जोडेर समाचार र विचारमा एकरुपता ल्याउने ।
राज्य समिति तथा जिल्लाको पहलमा संचालित प्रचारप्रसार सामग्रीको व्यवस्थापकीय पक्ष सम्बन्धित पक्षको हुने तर विचारको निगरानी, निरीक्षण र अनुगमन केन्द्रबाट हुनेछ ।
जनवर्गीय संगठन र मोर्चाहरुका मुखपत्र तथा प्रकाशनको सम्पूर्ण सम्पादन तथा व्यवस्थापकीय अधिकार सम्बन्धित पक्षको हुनेछ । तर, विचारको पक्षमा प्रकाशन विभागको अनुगमन रहनेछ ।
५. सम्पादकीय बोर्ड :
५.१ केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन विभागअर्न्तर्गत सम्पादन बोर्ड रहनेछ । प्रचारप्रसार र प्रकाशनको स्तरीयता, विकास र पार्टीको आधिकारिक नीति र कार्यक्रमको विकासमा योगदान पुर्याउने र केन्द्रदेखि स्थानीय तहसम्म निरीक्षण, नियन्त्रण र निगरानी राख्नेछ ।
५.२ पार्टीको घोषित नीति र मर्यादा विपरित जानेलाई अनुशासित र मर्यादित बनाइने छ ।
५.३ स्वतन्त्र पहल र सक्रियतामा प्रकाशित सामग्रीको आर्थिक दायित्व र प्रकाशन लाइनको जवाफदेहिता हुनुपर्नेछ ।
५.४ पार्टीको आडमा आर्थिक लाभलाई केन्द्रमा राखेर संचालित हुने व्यक्तिगत प्रकाशन वा त्योसँग सम्बन्धित संस्था वा एजेन्सीलाई प्रकाशन विभागको मातहत चलाउनुपर्ने छ ।
६. अन्य मिडिया सम्बन्धमा :
६.१ सरकारी मिडियाप्रतिको नीति
सरकारी मिडियालाई अत्याधिक उपयोगका लागि प्रयत्न गर्ने ।
सरकारी संचारक्षेत्रमा विचारको नियन्त्रणका लागि क्रान्तिकारी पत्रकार संघको गठन, प्रशिक्षण र परिचालन गर्ने ।
लोकतान्त्रिक मूल्य मानयताअनुसार अधिकार स्थापित गर्न प्रयत्न गर्ने ।
लोकतान्त्रिक मूल्य मान्यता र व्यवसायिक मर्यादाविपरित जाने मिडियाविरुद्ध वैचारिक संर्घष गर्ने ।
६.२ व्यवसायिक संचारमाध्यमप्रतिको नीति
व्यवसायिक संचारमाध्यमप्रति मैत्रीपूर्ण सम्बन्ध बनाउन प्रयत्न गर्ने ।
र्समर्थक, शुभचिन्तक संचारमाध्यमलाई अधिकतम उपयोग गर्न प्रयत्न गर्ने ।
विरोधीलाई तटस्थ र तटस्थ वा स्वतन्त्र मिडियालाई निकट बनाउने नीति अवम्लन गर्ने ।
सबै संचारमाध्यमप्रति निकट र मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न प्रयत्न गर्ने ।
७. विभागीय व्यवस्थापनः
७.१ कार्यालय व्यवस्थापन
७.२ आर्थिक नीति र योजना
७.३ कार्यक्षेत्रको विन्यास र समायोजन निर्माण
७.४ पार्टी कमिटी प्रणालीलाई कडाइपूर्वक लागू गर्ने गराउने ।
८. मिडिया नीति :
८.१ ठूला मिडिया हाउस र मध्यम मिडियाहरुको अध्ययन, अनुसन्धान र वर्गीकरण गर्ने ।
८.२ अन्तर मिडियाबारे संर्घष र सहकार्यको नीति निर्माण गर्ने ।
८.३ अन्तर मिडियाभित्र र बाहिर ध्रुविकरण र संयुक्त मोर्चाको नीति अवलम्बन गर्ने ।
८.४ मिडिया हाउसहरुलाई लगानीकर्ता, न्यूज सम्पादन (न्यूज इन्चार्ज) र न्यूज उत्पादक (श्रमजीवी पत्रकार) बीचको एकता र संर्घषको पहिचान गरी जनपक्षीय पत्रकारिताका पक्षमा जनमत बनाउने ।
८.५ नेपाली मिडियाको विकासको स्तर, स्वरुप र प्रवृत्तिलाई सही ढंगले विश्लेषण गर्ने र यसको सकारात्मक पक्षको पक्षपोषण र नकारात्मक पक्षलाई सैद्धान्तिक र राजनीतिक रुपले प्रहार गर्ने ।
८.६ आम मिडियासँग निकटता, मिडियाको संस्थागत पक्षसँग भन्दा आमसञ्चारकर्मीसँग निकटताको नीति अवलम्बन गर्ने ।
९. संगठन तथा जनशक्ति विकास :
९.१ प्रचार प्रसार तथा प्रकाशन विभाग अर्न्तर्गत क्रान्तिकारी पत्रकार संघको सञ्चालन र त्यसको मातहत पत्रकारको विशाल फौज संगठित, प्रशिक्षित र परिचालन गर्ने ।
९.२ दक्षता र क्षमताको आधारमा सबैतिर सशक्तिकरण गरिनेछ ।
९.३ व्यवसायिक पत्रकार संघमा पहुँच र हस्तक्षेपलाई बढाउने ।
९.४ सामूदायिक रेडियो एफएमहरुको विस्तारमा जोड दिने र व्यवसायिक रेडियो व्यवसायीहरुको संगठनभित्र पहुँच र हस्तक्षेप बढाउने नीति अवलम्बन गर्ने ।
१०. आर्थिक नीतिः
१०.१ क्षेत्रीय तथा स्थानीय तहबाट सञ्चालित हुने सबै सञ्चारसामग्रीको आर्थिक तथा व्यवसायिक दायित्व सम्बन्धित तहको हुनेछ ।
१०.२ केन्द्रीय प्रकाशनहरुलाई व्यवसायिक र आत्मनिर्भर बनाउन प्रयत्न गरिनेछ ।
१०.३ आन्तरिक प्रकाशनको सम्पूर्ण आर्थिक दायित्व प्रकाशन विभागको हुनेछ ।
१०.४ नया आर्थिक नीति बनाउने ।
१०.५ प्रकाशन विभागको आर्थिक स्रोत :
· पार्टीकेन्द्रबाट प्राप्त हुने अनुदान
· शुभचिन्तकबाट प्राप्त हुने सहयोग
· प्रकाशनको विक्रीतिरणबाट
११. नयाँ पहल
११.१ प्रकाशन गृह
· र्सार्वजनिक निजी साझेदारीमा केन्द्रीय प्रकाशनगृहको स्थापना गर्ने ।
· र्समर्थक, शुभचिन्तकलाई लगानी गर्न प्रेरित गर्ने
· त्यसको सम्पादकीय पक्षको जिम्मा प्रकाशन विभागले लिने ।
· आवश्यकता र महतवको आधारमा सैद्धान्तिक तथा राजनीतिक तथा अन्य पुस्तकहरु प्रकाशित गर्ने ।
११.२. नयाँ जनपक्षीय राष्ट्रिय दैनिक (नेपाली, अंग्रेजी) र टिभी च्यानलका लागि पहल गर्ने ।
११.३ प्रकाशन गृह, राष्ट्रिय दैनिक र टभी प्राइभेट-पब्लिक पार्टनरशीपमा स.चालन गर्ने नीति बनाउने । र्समर्थक र शुभचिन्तकलाई लगानी गर्न आह्वान र प्रोत्साहित गर्ने ।
-लगानीकर्तालाई न्यूनतम् मुनाफा र व्यवसायिकताको लागि स्वतन्त्रता दिने ।
-कतिपय टिभी च्यानल-एबीसी, सगरमाथा, एभिन्यूजहरुसमेतलाई निकट बनाउन विशेष पहल लिने ।
-अन्य दैनिक, साप्ताहिक, पाक्षिक प्रकाशन एवम् मासिक पत्रपत्रिकासितको सम्बन्ध सुमधुर बनाउने प्रयत्न गर्ने ।
१२ अन्तर्राष्ट्रिय काम :
१२.१ दक्षिण एसिया स्तरको मिडिया संयन्त्र बनाउने पहल गर्ने । साफ्जालाई नयाँ आधारमा पुनः संगठित गर्ने ।
१२.२ विश्वका अन्य देशको मिडिया संयन्त्र जोड्न विद्युतीय माध्यमबाट प्रयत्न गर्ने । अनलाइनमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने ।
१३. तत्काल गर्नुपर्ने काम :
-कार्यालय व्यवस्थापन ।
-राज्य समितिको बैठक, प्रशिक्षण, कार्यविभाजन र जिममेवारी बाँडफाँड ।
-मुखपत्रको तयारी तत्काल गर्ने ।
-आन्दोलनको पक्षमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने ।
-कार्यालयको व्यवस्थापनका लागि जनशक्ति विन्यास गर्ने ।
-विभागको वाषिर्क बजेट बनाउने । तत्कालको खर्चको लागि अन्दाजी दश लाख उपलब्ध गराउन पहल गर्ने ।
-श्रव्य, दृश्य तथा छापा नियमावली बनाउने ।
(एकीकृत माओवादीको प्रचार, प्रसार तथा प्रकाशन विभागको प्रारम्भिक नीति तथा योजनाको मसौदा) ।