पेरिसमा सेकुवा, मम र सेल

nepal-france-cultural-events-nepalplus.jpgमैले नाचेको तपाइको मंजुश्री नाच कस्तो छ ? मंजुश्री नाचमा फ्रान्सेली कलाकार मंजुश्री

बितेका दुइ दिन पेरिसमा नेपाल महोत्सव थियो । हरेक बर्ष गर्मी महिनामा यहाका नेपालीहरु यस्तै महोत्सवको आयोजना गरेर नेपालको संस्कृतिको छनक दिन्छन्।

nepal-france-cultural-events-nepalplus-2.jpg
ए दाइ मीठो सेकुवा त यता पाइन्छ: रुपेश र थमन सेकुवा बिक्रीमा
सानो तवरमा आयोजना गरिएपनि जे जति फ्रान्सेलीहरु यसमा सहभागी हुन्छन् तिनले नेपालका हिमाल पहाड र भौगोलिय बनावट बाहेक नेपाली खानाको स्वादपनि चाखेर फर्कन्छन्।


nepal-france-cultural-events-nepalplus-3.jpgहामी पनि त नाच्नै आको हो नि : नेपाली गीतहरुमा नाच्दै दर्शकहरुचाख्नेमात्र होइन  दाल भात तरकारी, मम ,सेकुवा ,लड्डु र पकौडा जस्ता नेपाली खानाहरु फ्रान्सेलीकापनि कहिलेकाहीका प्रिय खाना हुन् । समुहमा एकैपटक खाना तयार गर्नुपर्ने भएकोले बिहे भोजमा जस्तै यहाका नेपालीहरुले निशुल्क श्रम दान गर्छन् ।

nepal-france-cultural-events-nepalplus-4.jpg
डोको त गरुगो पो रैछ : डोको बोक्न सिक्दै र सिकाउंदै फ्रान्सेलीहरुयो पटकको बिषेश कुरा के थियो भने इच्छुक फ्रान्सेलीहरुले डोको बोक्न पाउंथे । त्यसकोलागि नेपालबाटै ल्याइएको डोकोमा नेपाली हस्तकलाका सामानहरु थिए । पालै पालो डोको बोक्न सिकीरहेका फ्रान्सेलीहरुको दृष्य बडो रोमान्चक थिए । बोक्न नजान्नेहरुकालागि नेपाल गएका फ्रान्सेलीहरु र अरु नेपालीहरुले सिकाइरहेका देखिन्थ्यो।


nepal-france-paris-french-girls-nepalplus.jpg
सर्वाधिक लोकप्रिय गीत रेशम फिरीरीमा नाच्दै तिन फ्रान्सेली चेली: मारी, क्यामिइ र कोराली
यसैगरी नेपाली गीतका नृत्यहरुपनि कम्ति थिएनन। नेपाली नृत्यमा नाच्नेहरु मध्ये कतिपय फ्रान्समै बसोबास गर्ने नेपालीहरु थिए भने कति त यहिकै फ्रान्सेलीहरु थिए । खासगरि फ्रान्समा मोद नामकी फ्रान्सेली महिलाले नेपाली नृत्यहरु सिकाउने गर्छिन् । उनलाई कतिपयले नचनिया त कतिले मंजुश्री भनेर चिन्ने गर्छन् । यि महिला मंजुश्री र कुमारी जस्ता परंपरागत नृत्यमा पारंगत छिन् । उनका तिन चेलीहरु मारी, क्यामिइ र कोरालीले यो पटकको महोत्सबमा रेशम फिरीरी र हिमाल चुचुरैमा नाचेर सर्वाधिक प्रसंसा र ताली पाए।

nepal-france-cultural-events-nepalplus-7.jpg
बहुप्रतिभाशाली कलाकार डुल्छेन र सुभद्रा एक नेपाली नृत्यमा त्यसैगरी यस बर्ष सुभद्रा, ज्योती र डुल्छेन लामा तामांगलेपनि सुन्दर नृत्यहरु प्रस्तुत गरे । डुल्छेन लामा बहु्प्रतिभाशाली कलाकार हुन् । गीत गाउने, मादल र गीतार तथा हार्मोनिय बजाउने, नाच्ने र गीत रचना गर्ने गरी यि कलाकार फ्रान्समा अल इन वनबनिरहेका छन् ।


nepal-france-cultural-events-nepalplus-8.jpg
हामीपनि चाखौ न त तपाइका सेल र लड्डुत्यसो त हाम्रै नेपाली चेलो सुवर्ण थापा पनि कुनै कम्ति प्रतिभा भएका कलाकार होइनन। यिनको यहाको पेशा नै फ्रान्सेली नाटकहरुमा खेल्ने हो । उनको टोलीले नेपाली नाटकलाई फ्रान्सेली भाषामा रुपान्तरण गरेर रंगमंचमा प्रस्तुत गर्यो । काठमाडौको बिशेष नेवारी संस्कृति झल्कने कुमारी निकाल्ने कामपनि यहा भयो। झकिझकाउ तोरणहरुमुनि सम्पन्न यो गर्मी यामको महोत्सवमा नेपाली चरा र हिमाल, नेपाली जनजीवन तथा संस्कृति झलकने  तस्विरहरुपनि राखिएका थिए।
nepal-france-cultural-events-nepalplus-6.jpg
बिद्याका आखा सबैभन्दा ठूला: सीतारबादक नरेन्द्र बटाजु सीतार सांझमा।ब्रिगेड अर्की फ्रान्सेली महिला हुन् । नेपाली र अझ तामाग भाषामा पारंगत यिनले नेपाल सम्वन्धि प्रवचन र प्रस्तुती गरेर सबैको मन जितिन् ।

नेपालीहरुले गरेको भन्दा फ्रान्सेलीहरुले नै यस्ता प्रस्तुती गर्दा बढी प्रभावकारी हुने रहेछ भाषाका कारणले । त्यसो त जनआन्दोलन भाग दुइको  बृत्तचित्र प्रस्तुत गर्दा आखा नरसाउने नेपालीहरु कमै रहे।

 nepal-france-cultural-events-nepalplus-9.jpg

यिनी पेरिसकी कुमारी हुन् : कुमारी निकाल्दै नेपालीहरु
तस्विरहरु सबै : ददिराम सापकोटा 
 पालुवामा
समाचार प्रेषित मिती : जेठ २९, २०६० 

तपाइँको प्रतिक्रिया