नेपाली कलाकार नाचे पेरिसमा, नचाए दर्शक

EKTA SAMAJ 057

छोटो समयमा हतार हतार गर्दै आयोजना गरेपनि नेपाली एकता समाजले नेपाली कलाकारहरुलाई निम्त्याएर राम्रो सांस्क्रितिक कार्यक्रम गर्‍यो हिजो ।  नयाँ वर्ष २०१० को अवसरमा आयोजना गरेका थिए यो कार्यक्रम । पेरिसमा रहेका नेपाली कलाकारहरुको टोली ड्याट्स् बुट्स् र नेपालको एक्स् ब्याण्ड टोलीले बिभिन्न गित र न्रित्य देखाए । कार्यक्रममा बढि आधुनिक गित र पप बढि हुनाले युवा जमात बढि जोस्सिएको थियो । यो गित गाउने टोली एक्स ब्याण्ड्स्को हो जुन नेपालमा निकै प्रसिद्द रहेछ । यो गीत गाउने चाहिँ शिव मुखिया हुन् जो प्रमुख गितार बाद्यपनि रहेछन् ।

EKTA SAMAJ 049

एक्स् ब्याण्डका आफ्नो एकल गायनमा गायक भरत सिग्देलको गित धेरैले रुचाए । उनले दर्शकहरुलाई भुइँमै ओर्ली ओर्ली नचाए ।

EKTA SAMAJ 025

यो चाहिँ ड्याट्स् बुट्स् टोलीको प्रदर्शन हो । फ्रान्समै बस्ने नेपाली कलाकारले बनाएका रहेछन् यो सांस्क्रितिक टोली ।

EKTA SAMAJ 030

                             कार्यक्रममा दर्शकको उपस्थिती ।

EKTA SAMAJ 026

दर्शक दिर्घाको पहिलो पंक्तिमा बसेर यि यूवाहरु (दाहिनेबाट ध्रुव, नवराज र उमेश) अरु दर्शकलाई जोस्साउँदै आफुपनि जोस्सिँदै थिए ।

EKTA SAMAJ 021

EKTA SAMAJ 046

      गितको तालमा कोहि मग्न भएर हेर्दै त कोहि मञ्च अगाडि नाच्दै ।

EKTA SAMAJ 054

यूवा जिज्ञासा-त्यस्तरि गाउने गितको संगित मिलाउने चाहिँ कसरि होला ? एकथरी यूवा चाहिँ छेउबाट संगित कम्पोज गरेको हेर्दै थिए ।

EKTA SAMAJ 003

पाका मान्छेलाई मात्रै लाग्छ चासो ? आफु भन्दा ठुलो एक वालक’दादा’ को काखमा टाउको राखेर गित गाएको नाचेको हेर्दै एक वालिका ।

EKTA SAMAJ 053

भविष्यको संझना बर्तमानमा कैद: न्रित्य र संगित जमेपछि त्यसलाई राम्रोसित कैद गर्न क्यामरा सोझ्याउँदै एक दर्शक ।

तपाइँको प्रतिक्रिया