दुर्घटना होइन चटकी पो त

tourist_show_in_paris-1.jpg

हाम्रो खासगरि दक्षिण एशियामा हामी अभ्यस्त भएका हुन्छौं चटकि हेरेर। मुलत काम नभएका र गरिखान मन नलाग्ने वा गरि खाने ठाउँ नपाएकाले गर्छन। हेर्नेपनि त्यस्तै हुन्छन भन्ने सोचिन्छ। चटकिवालले त्यस्तै नजानेका, नपढेका सोझासाझालाई टपरटुईयाँ कुरा सुनाएर ठग्छन भन्ने लाग्थ्यो । तर होइन रहेछ है त्यसो त । ल हेर्नुस त यूरोपका यस्ता सभ्य ठानिने । सबै पढे लेखेका शिक्षित मान्छेको ताल । यि सबकासाथ चटकिमा आकर्षित छन। दाँत च्यातिने गरि हाँसेका छन यि सब चटकि हेरेर । सेक्रेट हार्ट (पवित्र मुटु) भनिने पर्यटकिय ठाउँको हो यो द्रिष्य ।
 
tourist_show_in_paris-2.jpg

हिंडिरहेको गाडि अगाडि गएर बिस्तारै चलाउन बाध्य पार्ने अनि गाडिमा शरिर अड्याएर लत्रक्कै छोडिदिने। गाडी चलाउनेले एक छिन त बुझ्नै नसक्ने रहेछ। कोहि त लौ किचिने भो भनेर डराउने रहेछन ।  ज्यानमारा मुद्दामा परिने भो कि भनेर । किनकि चालकको गल्ति छ भने घाईतेलाई अस्पत्ताल नलगेर यहाँ ब्याक गरि गरि मार्ने अनि दश हजार क्रिया खर्च दिएर उम्कन पाइँदैन । अनि मजदूरहरुले लौ हाम्रो चालक नछोडेसम्म भनेर यातायात हड्ताल गरौंला र उम्कौंला भन्ने पाइँदैन यहाँ । कानुन अलि कडै छ । त्यहि भएर खुब डराउँछन ।
 
कोही चाहिँ दिमाख खुस्केको मानिस भन्ने ठान्ने रहेछन। कोही बेला सँगै हात समातेर हिँडिरहेका tourist_show_in_paris-9.jpgकेटा केति मध्य थाह नपाउनेगरि एउटाको हात छुटाएर आफुले समाउँदै हिड्ने। आफ्नैले छुटाएको होला भन्ने ठानेर निकै परसम्म पुगेपछि जब थाह हुन्छ अनि सबै हाँस्छन वरपरका । कहिले दुई जना मध्ये एक जनालाई समातेर रोकिराख्ने अनि अर्को एक्लै गफ गर्दै हिँड्ने, सँगै छ भन्ने ठानेर। यस्तो पो हुने रहेछ यहाँको चटकि त। कोहि चाहिँ घिचिक घिचिक ढासढुस संगित लगाएर देखाउँछन चटकि।  कोहि अर्ध नग्न जस्तै भएर के के देखाइरहन्छन। 
 
tourist_show_in_paris-4.jpgtourist_show_in_paris-5.jpgकुनै चटकि भने अचम्मको पनि हुने। बन्द डिब्बा जस्तो कोठाबाट सानो बेलुन जस्तै देखापर्छ। डिब्बाको पर्दा खुलेर। मान्छे हो भन्ने थाह भएपनि देखा पर्दैन। कुनै ब्रिद्द महिलाको आकार जस्तो लाग्छ। सबै रातो लुगाले ढाकिएको हुन्छ। त्यो देखाएर चलाउँदा चलाउँदै लमतन्न्न लुगा निस्कन्छ। सँगसँगै संगितपनि बज्छ त्यहिभित्र कतैबाट।

tourist_show_in_paris-6.jpg

tourist_show_in_paris-7.jpgtourist_show_in_paris-8.jpg

अनि अन्तिममा उ मानिस भएर रातो लुगामा बाहिर निस्किएर माग्न थाल्छ पैसा।  चटकि पनि थरि थरिका हुने रहेछन।

magne-3.JPG

कोहि एउटा हात टेकेर शरिर ठाडो पारेर उभिएको देखाउँछन संगितको तालमा। योपनि खुब आँखा चम्काईचम्काई हेर्छन यि गोराहरु।

तपाइँको प्रतिक्रिया