नक्कल गर्छन हाम्रा नेता जिवजन्तुको अक्किल

prachanda-and-girija-prasad-koirala.jpgमाओवादी अध्यक्ष प्रचण्ड निकै चलाख छन । बाठा छन । राजनितिमा यि सर्वाधिक चतुर र कुशल खेलाडी मानिन्छन अहिले । त्यसो त, प्रधानमत्रि गिरिजाप्रसाद कोइरालापनि कम्ति चतुर मानिदैनन । परिस्थिति, अवस्था, आवश्यकता र खाँचो अनुअसार यिनीहरु आफ्नो अनूकुल पार्न खप्पिस छन । कहाँबाट सिके होलान यिनले यस्तो अक्किल, चलाखि र चुर्‍याई ? कतै जिवजन्तुकाबाट नक्कल गरेका त होइनन ? किनभने जिवजन्तुहरुपनि यस्तै चतुर्‍याई गर्छन अर्थात कोइराला र प्रचण्डले झैं अरुलाई लडाउने, भिडाउने, सम्झाउने, फकाउने, फुटाउने, धम्क्याउने, फुल्याउने, एकत्रित गर्ने अनि आफु अनूकुल पार्ने । मानिसबाट जिवजन्तुले चोरे भनौं भने प्रिथ्वीमा मानिसभन्दा पहिले जिवजन्तुको उत्पत्ति भएको हो भन्छन वैज्ञानिकहरु। त्यसैले यि नेताहरुले कतै जिवजन्तुकै आनीबानी त नक्कल गरेका होइनन ?

 

हामीले देख्ने गरेकै थुप्रै जिवजन्तु छन जो कोइराला र प्रचण्ड झै खप्पिस छन राजनितिमा ।

वैज्ञानिकहरुले रातो बाँदर, सोंस (डल्फिन), स्पर्स नामको व्हेल माछा, हात्ती र हुँडारलगायत थुप्रै जन्तुको अध्ययन गर्दा पत्ता लगाए कि तिनलेपनि खुबै राजनिति गर्ने रहेछन । यस्तो राजनिति कि मानिसको राजनितिपनि असफल तिनका अगाडि तिनले एकदम जटिल र विवादास्पद क्रियाकलाप गरेको पाईयो  

dolphines.jpgउदाहरणका लागि, सोंसहरु एकमाथि अर्कोगरि तिनवटा खप्टिएर बसि अरुलाई एउटा मात्रै भएको देखाउने रहेछन । शत्रुहरु आईपर्दा तिनवटा एकसाथ निस्किएर मुकाबिला गर्नकालागि । एकतावद्द यसरि बस्नुको कारण एकले अर्कोलाई सहयोग गर्नु हो । मानिसहरुले आफ्नो ससानो समूह बनाएर एकैठाउँ बसेजस्तो । यिनिहरु यस्तै छरिएर रहेकाहरुको खोजिगरि समूह बनाउने रहेछन अहिले माओवादी प्रचण्डले कम्युनिष्ट एकता भन्दै भुरेटाकुरे वामनेताहरु जम्मा पारेझैं  

हातीहरुमा चाहिँ पोथी हुने गर्छे राजनितिक खेलाडी । जन्मजातै पोथीहरुको नेत्रित्व । यसले केहि महिलाहरुलाई खुशि तुल्याउनपनि सक्ला । पुरुष प्रधान समाज बेहोरिरहेकालाई महिला प्रधान रहेछ भनेर   समूहमा सबैभन्दा पाको पोथी टोली नेता बन्छे । उसैले अरुलाई कज्याउँछे । अरु सबै पछाडी लाग्छन त्यहि पोथीका । हाम्रा नेताका पछाडी कार्यकर्ता लागे जस्तो । तिनैका तालमा थपडी बजाएजस्तो । पार्टी अध्यक्षले बैठक बस्ने निर्णय गरेझैं हात्तीको पोथीलेपनि आफ्ना समर्थक राखेर विभिन्न निर्णय गराउँछे। खुब चातुर्यता निकाल्छे पोथी (ढोई) ले । उसले आफु बलियो भएर सुरक्षित रहन सामाजिक समूह नै निर्माण गर्छे । त्यस्तो समूह दिर्घकालका लागि बनाउछे १०० वटासम्मको । संख्या थोरै भए दश विस जति सकिन्छ त्यतिनै । त्यसो गर्दा समूहगत रुपमा फराकिला क्षेत्र ओगटेर बस्न पाइयो । सञ्चार सम्पर्क गर्न सजिलो भयो  

तिनले वास र समूहकै सुरक्षाबारे निर्णय गर्छन । तिनको बथानमा हेर्दा थाह पाईन्छ कि elephants.jpgकहिलेकाहिँ त्यहापनि कसैले अस्विकार गरिरहेको हुन्छ बेस्सरि कराएर। राजनितिक पार्टीमाहरुमा मतभेद भए जस्तै । अन्तिम निर्णय भने त्यहि नेत्रित्व हातमा लिएकि पोथीको हुन्छ। अरुले उसले भनेको मान्छन। नेत्रित्वले भनेको नमाने के हुन्छ राजनितिक पार्टीहरुमा ? अनुशासनको कार्वाही। हो, हात्तीहरुमा पनि त्यहि हुन्छ-नमान्ने भए बथान छोडेर जाउ । कहिलेकाहिँ राजनितिक दलबाट केहि नेता र कार्यकर्ता चोइटिएझैं तिनको समूहपनि चोइटिन्छ । पार्टी एकता गर्ने भनेर जुटे जस्तै तिनको समूह केहि समयपछि फेरि फर्किन्छ पनि  

जिवजन्तुमा खतरा राजनितिक खेलाडी हुँडारपनि हुन । यिनिहरुपनि समूह नबनाई चल्दैन। राजनितिक पार्टीले सदस्य, सचिव, कोषाध्यक्ष, उपाध्यक्ष, कार्यकर्ता, जिल्ला तह, क्षेत्रिय तह आदि इत्यादी बनाए जस्तै हुन्छ यो हुँडारको जातिमा पनि तहै तह । उनीहरुले माथिल्लो देखि तल्लो तह छुट्टाएको सामाजित समूह खडा गर्छन । पार्टीको माथिल्लो तहका नेताले तल्लो तहका नेता कार्यकर्तामाथि अत्याचार र पेलाई गरे जस्तै माथिल्लो तहकोबाट अत्याचार हुन्छ तल्लामाथि यो जतिमापनि। त्यस्तो बेला थिचिने र मिचिने कार्यकर्ताले के गर्छन ? बिद्रोह । हुँडारहरुमा पनि ठ्याक्कै त्यहि हो । त्यस्तो बिद्रोह देखाउन पहिले यिनिहरु उफ्रिएर मनको तुस देखाउँछन । राजनितिक पार्टीमा थिचिएका नेताले एकै चोटी पार्टी नछोडि नोट अफ डिसेण्ट, फरक मत जाहेर आदि आदि गरेजस्तो । लगातार त्यस्तो थिचाई भइरहे तलका मिलेर त्यो अत्याचारीलाई हुत्याउँछन । अर्थात दबिएकाहरु दबाउनेलाई मिल्काउन एकजुट हुन्छन । राजनितिक पार्टीमा पनि हुने यस्तै होइन त कमजोरहरुको बहुमत पुग्यो भने माथिकालाई मिल्काउने ? एक्लो हुँडार असफल हुँडार हो । कार्यकर्ता बिनाको नेता जस्तो । राजनितिक जिवनमा असफल भएको नेता जस्तै बन्छ त्यो हुँडार । मोहनबिक्रम सिं जस्तो असफल नेता । जिवनमा सफल हुनै सक्दैन । उसले केहि मौका नै पाउँदैन  

 wolves.jpg

वैज्ञानिकहरुका अनुसार जनावरहरुकापनि मन पर्ने र नपर्ने हुन्छन मानिसहरुको जस्तै । आफुलाई मन पर्नेसँग निकट हुन चाहन्छन । ति सँगपनि बिभिन्न अक्किल र उपाय हुन्छन नजिक पुग्ने, प्रिय बन्ने र निकट रहने । आफु र आफ्नो समूह शत्रुबाट जोगिन, मुकाबिला गर्न, आफ्नो क्षेत्र बिस्तार गर्न जनयुद्दकालका छापामार भन्दापनि कुशल हुन्छन जिवजन्तु । जोडी खोज्नकालागिपनि कतिपयलाई निकै कठिन पर्छ त कतिपय यति टाठा र सिप भएका हुन्छन कि तिनले तुरुन्तै पगाल्छन, आकर्षित गरिहाल्छन अरुलाई । 

के त्यसो गर्नु सजिलो छ ? त्यसकालागिपनि राजनितिक दाउपेच जान्नुपर्छ तिनको खुबी, चलाखि, सिप, ज्ञान, रणनिति र दाउपेचको परिक्षण हुन्छ त्यहाँपनि । एउटालाइ हुत्याएर अर्कोले ओगट्छ नेपालमा २०४६ पछाडी नेपाली कांग्रेसको सरकार परिवर्तन जस्तो । कहिले को प्रधानमन्त्रि त कहिले कुन । एउटा बिरुद्द अर्कोले मोर्चाबन्दि कस्छ जिवजन्तुमापनि । शेरबहादुर देउवाले आफु प्रधानमन्त्रि हुन सांसद खरिदबिक्रि गरे जस्तो समूहका एक अर्कालाई फकाउन मरिहत्ते गर्छन  

कोहि सफलै सफल हुन्छ अहिलेका झण्डै प्रचण्ड जस्तो । कोहि हारको हार खान्छ एमालेका माधव नेपाल जस्तो । सफल हुन धेरै गुण, हुनुपर्छ । धेरै क्षमता हुनुपर्छ अरुलाई खुशी पार्न । थामथुम पार्न सक्नुपर्‍यो राक्किएकालाई । फुल्याउन पनि सक्नुपर्‍यो । शान्त पार्ने, एक अर्कालाई मिलाउने, कहिलेकाहिँ तर्साउने, धम्क्याउने क्षमता चाहियो प्रचण्डले ” यसो नभए दुइ दिनमा सरकारबाट बाहिर” भन्दै तर्साए जस्तो । त्यसको लागि खुबि चाहियो र बल पनि । माओवादीमा वाईसियलको बल भए जस्तो  

चाकरि त झन अचम्मै हुने गर्छ जिवजन्तुमा । जनावरको चाकरिका अगाडि सायद जर्नेल र कर्णेलका अगाडि सामान्य सेना, मन्त्रिहरुका अगाडी कार्यकर्ताको केहि होइन । बलियाको शरिरनै कन्याउन पुग्छन। सुन्दरि छ भने खाना खोजि खोजि ल्याएर दिन्छन । ढाडका जुम्रा, किरा र किर्ना टिप्न मरिमेट्छन ।   

बाँदरहरुलाई हेर्नुस त झन कति जटिल हुन्छ तिनको सामाजिक आचरण । त्यहि आचरण र ब्यवहार मानवसँग मिल्छ । त्यहि जटिलतानै मानव सफलताको कारण मान्छन वैज्ञानिकहरु हाम्रो सबै भन्दा ठुलो दुखको स्रोतपनि त्यहि हो । किनकि मानव इतिहासमा सबैभन्दा ठुला समस्या झण्डै सधैजसो अरुबाट स्रिजित हुन्छ । बाँदरमा पनि ठ्याक्कै त्यहि लागु हुन्छ । बाँदरलाई जहाँ लगिदिएपनि सधै अरु बाँदरले समस्या स्रिजना गरिदिन्छ । वैयक्तिक रुपमा आहारा, पानी, वास र स्रोतका लागि लड्दैनन तिनिहरु । शक्तिका लागि लड्छन । स्तर वा दर्जाका लागि लड्छन । उनीहरुपनि राजनितिक नेता र शासकहरु जस्तै हरेक कुरामा नियन्त्रण गर्न चाहन्छन। 

rhesus_macaques-grooming.jpgबाँदरहरु निकट बस्ने र सम्बन्ध जोड्ने गर्न चाहन्छन । साथी बनाउन खोज्छन । फाईदा हुने छ भने शरिर कन्याइदिने र सुम्सुम्याइदिएर सहयोग गर्छन । तिनले अरुलाई सहयोग गरेको बहाना त पार्छन तर वालकहरुलाई सहयोग गर्दैनन कि वयस्कलाई गर्छन । आफुभन्दा माथिल्लो दर्जाकालाई सहयोग गर्छन तल्लालाई होइन । अहिले एमालेका महासचिव झलनाथ खनाल, गिरिजा कोइराला र प्रचण्डकै किन गलफत्ति, बैठक, छलफल, वादविवाद र बिभिन्न प्रस्ताब राखाराख हुन्छ ? शक्तिकालागि, ति बलिया भएर । किन यिनिहरु मालेका नेता सिपि मैनालीलाई टेर्दैनन ? किन सधैं तिन प्रमुख दलको टकराव पर्छ ? किन जनमोर्चा र राष्ट्रिय जनमोर्चा लगायतका मसिना दललाई यि प्रमुख दलले टेरपुच्छरनै लगाउँदैनन  ? शक्तिका कारणले । तिनिहरुसँग शक्ति भए पो टेर्ने । 

बाँदरहरु प्राय आफुले जित्छु भन्ने निर्क्योल नभएसम्म लडाइँ गर्दैनन। अर्थात सामान्य चोट पटक बाहेक ठुलो क्षति हुन्न भन्ने बुझेपछि मात्रै । अथवा अझै स्पष्ठसँग भन्नु पर्दा थोरै लगानीमा बढि फाईदा लिने कोसिस गर्छन । ठुलो क्षति हुने भए तर्कन्छन । माओवादीको रणनिति त्यस्तै थिएन त जनयुद्दकालमा ? हारिन्छ भन्ने भएपछि उनीहरु रक्षात्मत अवस्था भन्दै पछि हट्थे अनि कहिले युद्दबिराम गर्थे । प्राय जहाँ जहाँ लडे बहुमत ठाउमा जिते । के त्यस्ता अक्किलहरुको नक्कल गर्न माओवादीहरु अरुभन्दा अगाडिनै हुन ? अर्थात जिवजन्तुको रणनिति उनीहरुमा फलिफाप भएकै हो ?

तपाइँको प्रतिक्रिया