खान टिप्न बाँदरलाई रोबोटका पाखुरा

robot-arm.jpg

बाँदरहरुले यसो कल्पनाशक्ति प्रयोग गरेकै भरमा रोबोट चलाएर आहारा खान सक्ने तथ्य फेला परेको छ। मस्तिष्कका दुई वटा सचेतक (सेन्सर) को सहायताले यान्त्रिक पाखुरा चलाउन सिकेका छन तिनले। अनि त्यसैको सहायताले आहारा खाने अक्किलपनि निकालेका छन। त्यसका लागि बाँदरहरुले कल्पनाशक्ति प्रयोग गर्ने रहेछन। आहाराको आकार र टाँस्सिएर बसेका टुक्राहरुलाई समायोजन गर्न समेत सिकेको पाइयो।  

[अंग्रेजीमा बिस्त्रित रिपोर्ट हेर्ने भए यहाँ क्लिक गर्नुस]
[भिडियो को लागि यहाँ क्लिक गर्नुस]


तपाइँहरुलाई लाग्ला कसरि थाह पाइयो त त्यस्तो कुरा
? बैज्ञानिकहरुले त्यसको परिक्षणकालागि दुई वटा रातो बाँदर (मकाक) लिएका थिए। पाखुराको महसुस गराउन तिनलाई यन्त्र वशमा राख्ने उत्तोलक (वा तुला यन्त्रपनि भनिन्छ र अंग्रेजीमा ज्वाइस्टिक) दिइएको थियो। तिनलाई काँधका जोर्नीसम्म जडान गरिएको थियो। त्यो क्रित्रिम पाखुरामा कुहिनो समेत थियो। कुनै कुरा तान्नकालागि आवश्यक पर्ने पञ्जा र औला थिए दुइवटा । त्यसपछि बाँदरको खप्पर तल टाटा परेका (वा धब्बा जस्ता) विद्दुत प्रवाह गर्ने जस्तै मसिना डण्डी राखियो। त्यसको काम हात र पाखुराको चलमलको सङ्केत गर्ने थियो । ति मसिना बिद्दुतिय डण्डीले एक सय सुक्ष्म विद्दुतद्वारहरु निकाले। ति हरेकको प्रत्येक स्नायुकोषसँग संयोजन थियो। त्यसका तारहरु मस्तिष्कबाट चलेका थिए। ति कम्प्युटरमा जडित थिए। 

त्यसले उत्पन्न गर्ने १०० स्नायुकोषहरुलाई विश्लेषण गर्न कम्प्युटरमा कार्यक्रम बनाइएको थियो । त्यसैगरि, त्यस परिमाणलाई विद्दुतकणिय आदेशमा बदलेर तत्कालै पाखुरामा कम्प्युटर कार्यक्रम बनाइएको हो। त्यसलाई देब्रे पाखुराले झड्का बढाउन दिने गरि बनाइएको थियो। बाँदरलाई पाखुरा चलाउन सजिलो होस भनेर वैज्ञानिकहरुले कम्प्युटर प्रयोग गरेको बताएका छन। बाँदरले पाखुरा चलाउँदै जाँदा त्यसको प्रतिफल (फिडब्याक) पनि दिँदै जाने ब्यवस्था गरिएको थियो। 

यो प्रबिधी प्रयोग गर्दा अगाडी राखिदिएको आहारा टिप्न बाँदरले रोबोट पाखुरा चलाए। त्यो खाना कसरि तानेर आफु नजिक ल्याउने र त्यसलाई औंलाले कसरि च्याप्प अँठ्याउने भनेर पनि सिके तिनले। रोबोटकै पाखुरा खुम्च्याएर चट्ट मुखमा पुर्‍याए आहारालाई बैज्ञानिकहरुले के आशा गरेका छन भने यो प्रविधीले मानिसलाई सुषुम्ना नाडी (स्पिनल कर्ड) अर्थात डँडाल्नुको नशाको चोट पटक र अन्य पक्षघातमा नियन्त्रण गर्न सजिलो हुनेछ जिवनयापनका क्रममा ।  

यो अनुसन्धानले के पनि पत्ता लगाएको छ भने मस्तिष्कले कम नियन्त्रण गरेका बेलापनि प्राविधिक रुपमा पहुँच राख्न सजिलो पर्छ यो प्रविधीको माध्यमबाट। साथ साथै मानव चाखका बारेमा थप जानकारी बटुल्नपनि सजिलो हुने बताएकाछन विशेषज्ञहरुले। केहि बैज्ञानिकहरुले यसलाई एकदमै ठुलो उपलब्धि भनेका छन । जनावरले जटिल वस्तुसँग कसरि पारस्पारिक अन्तर्क्रिया गर्नसक्छ भन्ने यो अध्ययन महत्वपूर्ण हुनेनै भयो। वैज्ञानिकहरुले बाँदरलाई किन प्रयोग गर्छन भने मानिस र तिनको शरिर विज्ञान (शरिर रचना) मिल्दोजुल्दो हुन्छ। अर्को कारण के भने बाँदरहरुले कुनैपनि कुरा छिटो सिक्छन। नक्कलपनि छिटो गर्छन। यो समाचार नाम चलेका अधिकांश बिदेशी सञ्चार माध्यमहरुमा आएको थियो।  तस्बिर-इन्टरनेशनल हेराल्ड ट्रिब्युन।

तपाइँको प्रतिक्रिया