खबरदार झण्डा बदल्न पाइँदैन

Maoist-leader-cp-gajurel-in-paris-0324

नेपाली झण्डालाई यसरि साक्षी राखेर भाषण ठोक्दै गरेका माओवादीका वरिष्ठ नेता सिपी गजुरेल हुन् । अघिल्लो वर्ष संगठन बिस्तार र घुमघामका लागि आउँदा उनले पेरिसमा भएको नेपाली सितको राजनितिक जमघटका दिन यसरि नेपाली झण्डामुनि भाषण ठोकेका थिए । पहिले उनी माओवादीका बिदेश बिभाग प्रमुख थिए र बिदेशमा यहि नेपाली झण्डामुनी बसेर भाषण ठोक्थे । तर हिजो भने नेपाली झण्डा फेर्ने प्रस्ताब गरेको थियो संसदको सबै भन्दा ठूलो उनैको दल एकिक्रित नेकपा (माओवादी) ले । तर हिजो संसदमा मतदान हुँदा त्यो अल्पमतमा परेर अस्विक्रित भयो ।

fete-vincenne-2009-115

तर यो अन्तिम निर्णय नै नहुन सक्छ । किनभने मतदान गर्दा जुन प्रस्ताब को हार जित भएपनि दलहरुको सहमतीमा संबिधान जारी गर्नुपर्ने भएकाले संबिधान सभा र शिर्ष नेताहरुको छलफल र सहमतीबाट प्रस्तावनाको निर्णय गरिने भनिएको छ । त्यसैले नेपाली झण्डा फेर्ने प्रस्ताब फेरीपनि आउन सक्छ । नेपाली झण्डा किन फेर्ने ? यस्तो त्रिकोण परेको नेपाली झण्डा विश्वमै नेपालको मात्रै हो । नेपाली झण्डाको जति चर्चा विश्वमा अरुको कमै हुने गर्छ । सयौं देशका झण्डाहरुको बिचमा नेपाली झण्डाको पहिचान अलग्गै देखिन्छ। नेपाली झण्डाको तारिफ गर्नेहरुमा बिदेशीपनि मनग्गै छन् । नेपाली झण्डा कति लोकप्रिय छ तलका केहि तस्बिरले देखाउँदैनन् र ?

EKTA SAMAAJ 086

नेपाली झण्डा साँच्चै लोकप्रिय छ। स्वदेशदेखि बिदेशसम्म जनताकोछातीमा, मन मनमा बसेको यो प्रिय झण्डा किन बदल्नु पर्‍यो ? बदल्नुपर्ने खाँचो नेताको शासित मनस्थितिको, खोक्रो राष्ट्रवादको, दरिद्र मानसिकताको छ कि झण्डाको ? देशलाई आर्थिक, समाजिक हिसाबले विकास गरेर जनताको हैसियत बदलिगर्नुपर्ने खाँचो छ कि हाम्रो राष्ट्रिय झण्डाको ?

pushkar-shah-carrying-nepali-flag-2132

विश्व साईकल यात्री पुष्कर शाहले त झन् नेपाली झण्डा मार्फत विश्वभरिनै नेपालको नाम चिनाए। उनको झोला, साईकल र सबैतिर अनंकित हुन्थ्यो नेपाली झण्डा ।
nepali_flag_in_the_eiffel_tower-2.jpg

फ्रान्सको विश्व प्रसिद्द आ ईफल टावरमाथि नेपाली झण्डा । नेपाल पेरिसको यो टावरबाट ७२५५ किलोमिटर टाढा पर्छ भनेर द्नेपालको झण्डा सहित देखाइ एको छ । वर्षमा १५ करोड भन्दा बढिले यो टावरको भ्रमण गर्छन् भनिन्छ ।

DSCF0027

नेपालप्रेमी एक फ्रान्सेलीको कार्य कक्षमा नेपाली झण्डा ।

Luxum-2 098

लक्जमबर्गको नमस्ते भनिने नेपाली रेस्टुरामा बाहिरै अंकित गरिएको नेपाली झण्डा । बाटो हिँड्नेहरुले यो झण्डामा निकै आँखा लगाउने गर्छन् ।

nepali-flag-in-waganegen-university-of-nederland-2120

नेदरल्याण्डको वागेनेगेन विश्व विद्दालयको तल्लामा फहराईरहेको नेपाली झण्डा । यो झण्डाले त्यहाँ विश्व भरिबाट उच्च शिक्षा अध्ययन गर्न आउने बिद्दार्थीहरुमाझ नेपाललाई चिनाउने गरेको छ । यो विश्व बिद्दालयमा वर्षेनी करिब एक दर्जन नेपालीले उच्च शिक्षा अध्ययन गर्छन् ।

Vienna-Hungary 424

अष्ट्रियाको राजधानी भियना स्थित पार्कमा फहराईरहेको नेपाली झण्डा ।

Nepali Jhanda

नेपाली झण्डा आकर्षक लागेपछि हामीसित एउटा झण्डा मागेर सन् २००६ को मे १ तारिखका दिन आफ्नो गाडीमा उनी गाड्दै थिए उनी । यो झण्डा पेरिसबाट यहि गाडीमा फहराउँदै दक्षिण अफ्रीकासम्म पुर्‍याइएको थियो ।
Paris 23

राजाको शासनका बेला नेपाली झण्डा बोकेर राजतन्त्रको बिरुद्द पेरिसको सडकमा उत्रिएका नेपाली ।

Vienna-Hungary 298

भियनाको एउटा विश्व बिद्दालयमा वन विज्ञानमा विद्दावारिधी गर्दै गरेका नेपाली बिद्दार्थी शिशिर गौतमको कोठामा सजिएको नेपाली झण्डा । बिदेशमा अध्ययन गर्ने वा काम गर्ने सबै जसो नेपालीको कोठामा यसैगरि नेपाली झण्डा सजिएको हुन्छ सानै भएपनि।

Nepali Flag in Paris (Maha Jodi)[1]

बिदेशको एक सांस्क्रितिक कार्यक्रममा नेपाली झण्डा साक्षी राखेर ब्यंग्य न्रित्य देखाउँदै हरिवंश आचार्य (रातो महिला पोशाकमा) र झण्डातिर हात देखाएर ईशारा गर्दै (बिचमा) मदन क्रिष्ण श्रेष्ठ ।

सबै तस्बिर ददि सापकोटा

तपाइँको प्रतिक्रिया