यसरि पो रहेछ राम्रो फोटो खिच्ने?

जापानी पर्यटकहरुका बारेमा एउटा रोचक प्रसंग छ। भ्रमण गर्नु भनेको मुलत हेर्नु र आनन्द लिनु हो। तर जापानीका लागि त्यसो होइन। जहाँ घुम्न गइन्छ त्यहाँको फोटो हो रे महत्वपूर्ण। त्यसैले उनीहरु जहाँ घुम्न जान्छन, जे देख्छन् त्यसलाई राम्ररि हेर्नेतिर होइन राम्रो तस्बिर खिच्नतिर तल्लिन हुन्छन। मन परेको वस्तुको फोटो मात्रै खिच्दैनन। त्यो फोटो मात्रै देखाउँदा आफु घुम्न गएको प्रमाण हुन्न रे। त्यस्तो फोटो त जहाँपनि पाइन्छ नि भन्छन रे। साथि भाई र आफन्तलाई आफु गएको थिएँ भनेर प्रमाणका रुपमा देखाउन मन परेको वस्तुसँगै उभिएर फोटो खिच्छन रे। आफु गएको थलो यो यो हो, यो यो देखेँ भनेर बेलि बिस्तार लगाउने उनीहरुको संस्क्रिति हो। त्यहि भएर उनीहरु आफुले हेर्ने भन्दापनि राम्रो फोटो खिचौं अनि पछि देशमै फर्केपछि हेरौंला नि हतार नगरिकन भन्ने मानसिकताले राम्रो फोटो खिच्न धमर्धुस गर्छन रे।

फोटो खिचेको तरिकापनि हेर्नुस न। प्राय मानिसहरु क्यामरा घुमाउँछन तस्बिर लिँदा। कुन दिशबाट कस्तो लिने भनेर फोटो लिनका लागि त क्यामरा पो घुमाइन्छ प्राय होइन र ? शरिर घुमाउने भनेको त यदाकदा हुनु पर्ने होइन र? तर ल यि जापानी र चिनियाँहरुको फोटो खिचाइको तरिका भित्र गएर हेर्नुस त ।

japanese-chinese-2.jpg

japanese-chinese-3.jpg 

japanese-chinese-3.jpg

japanese-chinese-4.jpg

japanese-chinese-5.jpg 

japanese-chinese-6.jpg 

japanese-chinese-7.jpg

 

 यि तस्बिर कसले खिचेको हो त मलाई थाह छैन। केहि साथी मिलेर हेर्दा खुब हासो लागेकोले राखेको हो अरुलाई पनि चाख लाग्ला भनेर। तर प्राप्त भएका चाहिँ निकै पहिले जन आस्थाका फोटो पत्रकार पुष्प केसी बाट हो। उहाँलाई धन्यावाद।

तपाइँको प्रतिक्रिया