यस्तै छ अछामको जिवन

-गिता घिमिरे

सुदूरपश्चिमले धेरैको आर्थिक हैसियत बदलिदियो । धेरै चाउरिएका अनुहार फक्रिए यहिँका जनताको मतले । झुप्रामा बस्न नपाउनेहरु महलका धनी बने । चप्पल पड्काउँदै हिँड्नेहरु पाजेरो र बलेरोमा दौडिन थाले । नांगो आकाशमुनी तारा हेर्दै सुत्नेहरुको जिवन एकाएक विलासी बन्यो । आश्वासनकै भरमा धेरै नेताले कुर्सी ओगटे । तरपनि साँच्चै यो पिछडिएको भनेर चिनिने क्षेत्रको यस गाउँ वरिपरिका दुख र कष्ट कसैले बदल्ने जमर्को सम्म गरेन । मैले कामका सिलसिलामा यहि बिकट जिल्लाको भ्रमण गर्ने क्रममा बट्टे क्यामराले यस्सो खिचेका केहि तस्बिरमात्रै हुन् यी । तैपनि यि तस्बिरले थोरै भएपनि यहाँको स्थिति देखाउँछ भन्ने ठानेकि छु ।

DSC00258

अछाम जिल्लाको रामारोसन जाने बाटोमा देखिएको द्रिष्य । दुई वालिका कलम र कापीसँग रमाउँदै होइन कि वाल्यकालमा गाई भैंसीका स्याउला बोकेर संघर्ष गर्दै ।

DSC00261

स्याउला त बोक्ने तर कसरि ? कलम कपीसित खेल्न होइन, स्याउला बोकेर रमाउन आफ्ना आमा सित सिक्छन् वालीकाहरु ।

DSC00276

DSC00280

अछामको सान्ताडा गाविसका महिला । यिनलाई करोडौंको बजेट आउँदैन नहर र कुलो खन्ने नाममा । आफुलाई फेरी वर्षादको अभावले भोकमरी नपरोस भनेर यि सानो सहयोगमा सिंचाईकालागि कुलो खन्दै ।

DSC00282

त्यहि सानो सहयोगपनि किन र कहाँ अनि कसरि र कति खर्च गरियो भनेर सोधपुछ गरिँदै । यसैगरि नेपालका सबै योजनाहरुको निगरानी गर्ने हो भने सायद भ्रष्टाचार हुँदैनथ्यो कि ? बेलैमा परियोजनाले आफ्नो रुप लिन पाउँथ्यो कि ?

DSC00290

अछामको त्यहि परियोजना सफल पार्न श्रम दिएका महिला । दिनै भरिको श्रम र गरिवीलाई छिचोल्नुपर्ने बाध्यता भएपनि अनुहारमा छचल्किएको मन्द मुस्कान ।

DSC00252

अछाम जिल्लाका एक वाल कामदार ।  रामरोसन जाँदा भेटिएका यिनी स्थानिय भोजनालयमा । यि वालकको मासिक तलव पाँच सय रुपियाँ । तर काम भने ? भाँडा माझ्ने, खाना बनाउने, खुवाउने, माछा मार्ने र त्यो जाल पनि आफैं बुन्ने। तर यत्रो काम गर्ने वालक आफैं लाटो । यहाँ काम गरेर गाउँमा रहेको परिवार पाल्ने त्यहि पाँच सयले।

Hat 110208 young boys doing nothing

बैतडीको पुलचुँडी हाट गाविसका फूर्सदिला यूवाहरु:  उचित सिप, ईलम र कामको अभावमा बिहानै देखि स्थानिय स्तरमा गफगाफ गरेर बिताउँदै यूवाहरु । यस्ता पहाडी भागमा मात्रै होइन देशको प्राय: सबैतिर यस्ता युवा जोश, जाँघर र श्रम हरेक दिन यसैगरि गफ गरेरै खेर गइरहेको छ ।

DSC00293

आफु त परियो तराईवासी । आमाले गाईवस्तुलाई ढिके नून दिएको देख्थेँ म । यहाँ त मानिसकालागि पनि कोसौं हिँडेर ल्याउनुपर्छ नुन । कठै गाईवस्तु र बाख्राले कहाँबाट चाख्न पाउने ? तर प्रक्रितिलेपनि यिनकालागि आफ्नै किसिमको ब्यवस्था गरेको छ । चट्टानमा रहेको नुनिलो मात्रा चाटेर नुनको अवश्यकता पुरा गर्दै खसी बाख्रा ।

तपाइँको प्रतिक्रिया