चन्द्रमामा घर बनाइने !

09moon-600

हामी पो दिनभरी मारमुंग्री, कुटाकुट र लखेटा लखेट्मा ब्यस्त छौं त । अनि भएका बाटाघाटा, सडक भत्काउन र बाटाका बत्ती फ़ुटाउनै हतारो छ । अरु देशका मानिस भने जल र थलमा पनि नपुगेर, प्रिथ्वीमा पनि निकै सकेर चन्द्रामामा के छ भनेर खोजि गरिरहेका छन् । प्रिथ्वीको जल र जमिनले नपुगेर अरु ग्रहमा पानी, हावा र माटो पाए त्यहाँपनि वस्ती बसाल्न हुन्थ्यो कि भन्ने दाउमा अनुसन्धान गरिरहेका छन् । निकै समयदेखि चन्द्रामामा के छ भनेर खोजि गरिरहेका वैज्ञानिकहरुले अहिले पानी फेला पारेको दाबी गरेका छन् । हाम्रो देशमा बन्द र हड्तालले चर्चा पाए झैं विकसित देशहरुमा यो खबरले निकै चर्चा पाइरहेको छ । त्यसको तथ्य अझ बढी पत्ता लगाउन त्यहाँ घरनै बनाएर बस्न सक्ने औंल्याएका छन् ।

 यो तथ्य अमेरिकी बैज्ञानिक संस्था नासाका बैज्ञानिकहरुले सार्वजनिक गरेका हुन् यहि महिनाको दोस्रो साता । उनीहरुले त्यहाँ पानीको मात्रा निकै भएको दाबी समेत गरेर नयाँ आसा बाँडेका छन् न वस्तीनै बसाल्न सकिन्छ कि भनेर । यसले कम्तिमा नयाँ अनुसंधानकर्मीका लागि नयाँ बाटा र आसा खोलेको छ । अब बैज्ञानिकहरुको टोलीले लुनारको बाहिरि आवरणमा घरनै बनाएर बस्ने र अनुसन्धान गर्न सक्ने संभावना बढेको छ । चन्द्रमाको त्यो पानी करोडौं करोड वर्ष अघिदेखि हिउँको रुपमा जमेर बसेको हुनसक्ने अड्कल बैज्ञानिकहरुको छ । यसले सौर्य पद्दतीको ईतिहासमै रेकर्ड कायम राख्न सक्ने औंल्याइएकोछ ।

 द न्युयोर्क टाईम्सका अनुसार एल क्रस (L-Cross) नामको भूउपग्रह करिब एक महिना अघि चन्द्रमाको दक्षिणी ध्रुव नजिक पुगेको थियो । त्यति बेला त्यसले चन्द्रमाको त्यो भागमा धक्का दिएको थियो । त्यसले धक्का दिंदा ६० देखि १०० फिट फराकिलो हुने गरि त्यहाँको जमिनलाई बजार्र्यो । त्यहि बेला २४ ग्यालेन जति पानी निस्कियो । त्यसपछि उनीहरुले त्यो पानीलाई त्यत्तिकै नछोडेर त्यसको प्रभाव के हुन सक्छ भन्नेपनि परिक्षण गरेको बताएका छन्  ।

 एक दशक भन्दा अघि देखि सौर्य बैज्ञानिकहरुले सूर्यको किरण कहिल्यै नपर्ने चन्द्रमाको त्यो भागमा हिम संकेत देखेका थिए । त्यसपछि निरन्तर त्यसको खोजीमा लाग्दा अहिले त्यसको पुष्टि गर्न सफल भएका हुन्  । (तस्बिर साभार-द न्युयोर्क टाईम्स)

तपाइँको प्रतिक्रिया