हामी मात्रै छौं र?

transpaort-system-of-afrika-nepalplus.jpg

ठाउँ नभएपछि के गर्ने ? भएका सिटपनि मान्छे खाँद्न भनेर झिकेपछि बस्ने कहाँ ? आखिर जानै पर्छ। खाँदाखाँद छ भनेर जति पर्खेपनि अर्को खाली पाइने होइन। कि त लगाउनुपर्‍यो ११ नंबर। त्यसैले हामी आफ्नो देशमा खुब झुण्डिन्छौं बस र ट्रकका छतमा। अनि मिले र अटेसम्म भेडा बाख्रा खाँदे झैं बस धनीले छोड्ने होइनन। हामीलाईपनि चुप चाप नचढि सुखै छैन।

झन दशै र तिहारका बेला त तिल का दाना फ्याँक्दापनि बाहिरै पोखिएला जस्ता हुन्छन बस र ट्रक। तर यस्तो मामिलामा हामी एक्ला भने रहेनछौ है! हामी भन्दा अझ तगडा रहेछन अफ्रीकी मुलुकका केहि नागरिकहरु। तस्बिरले त्यही देखाउँदैन त ? यो तस्बिर फ्रान्सको ल मोंद दैनिकको मासिक पत्रिकामा छापिएको हो। त्यहिँबाट मैले साभार गरेको हुँ। फोटो प्रतिष्पर्धामा छानिएको रहेछ यो ९००० फोटा मध्ये। खिचिएको रहेछ सन २००६ अक्टोबरमा नाईजेरियाको तेनेरे भन्ने राजमार्गमा दौडिरहेको बेला। संयोगपनि गज्ज्बकै परेछ, नेपालमा दशै तिहार पर्ने बेलामै। साँच्चिकै यो दुर्घटना भयो भने यिनको हालत के होला ? एक ब्यापारीले कतै लैजान लागेको रहेछ यि मजदूरहरुलाई। तस्बिर आन्द्रे बेनामूर भन्ने फोटोग्राफरको हो।

तपाइँको प्रतिक्रिया