जीवन खोज्दै पशुपती
-शरन महर्जन/काठमाडौ
पशुपती लाखौँ लाख मानिसका लागि आस्थाको केन्द्र मात्रै होइन थुप्रै आत्माकालागी आँशु बगाउने थलोपनि । थुप्रै मानिसको जीवन त्यहीं गएर टुन्गिन्छ । निकैका आत्मा चिरिन्छन । भक्कानिन्छन । किनभने केहि बेर अघिसम्म आफन्तसंग जीवन साटिरहेको मानिस त्यहीं गएर बिश्राम हुन्छ । एकै छिनमा वाग्मतीको पानीमा सलल बग्छ आफन्तजनलाई छोडेर । अनि धुवाँका रुपमा उ पशुपतीको आकाशबाट ठाडै माथि लागेर हराऊँछ । तरपनि पशुपतीको आस्था घटेको छैन । त्यहि पशुपती कसैकालागी दिन काट्ने मेसो बनेको छ । कसैकालागी काम गर्ने थलो । कोहि त्यहीं टहलाएर दिन काट्छन । यस्तै घटना र परिवेशलाई क्यामरामा कैद गर्ने प्रयास गरिएको छ ।
पशुपतीमा टोलाएका एक व्रिद्द
यहाँ कमसेकम घरमा झैँ एक्लै बस्नु नपर्ने भएकोले पो हो कि ! यी ब्रिद्द चाहिं झुत्रोमुत्रो लुगालाई सियो खेलाएर नयाँ जीवन दिन खोज्दै थिए ।
सास छउन्जेल आशा भन्ने त उखानै छ नेपाली । यी बाजे फेरी आफ्नै तालमा बत्ती कातेर दिन काट्दै छन् । यो बत्ती कातेर एक दिन धर्म कर्म गरौंला भन्ने उनको सायद आशा भिन्नै छ ।
पशुपतीको वरिपरी पहरा दिइरहेका साँढे ।
लाखौँ मानिसका पुकारा देउवा समक्ष टार्लांग र टुर्लुंग गर्दै पुर्र्याउने यिनै हुन् घण्ट ।
पूर्वपट्टी वागमती किनार बाट देखिने पशुपती ।
उज्यालो हुँदा यसैगरि टुन्गिएका जीवनहरु ओसारेर पशुपतीमा ल्याइन्छ र वागमतीको किनारमा दाउरामाथि राखिन्छ ।
केहीबेरमै झोसिन्छ आगो । अनि एकै छिनमा एउटा मानव जीवनको अन्त्य हुन्छ । लोभ, लालच, रिस, राग, प्रतिस्पर्धा, रिस र आवेग सबै मानव ईच्छा र चाहना अनि उत्कण्ठाहरुको अन्त्य त्यहीं हुन्छ जीवनसंगै ।
तर मानव मात्रै होइन । त्यहाँ जीवन खोज्ने बादरपनि उत्तिकै हुन्छन । आखिर तिनको जिवनपनि अन्त्य त्यहीं हुन्छ जहाँ उनीहरुले जीवन खोजेर निकै वर्ष बिताउँछन् ।














