पठाए पुष्करले हिलारीसँगको तस्बिर

दैनिकी पढेपछि केहि पाठकहरुले पुष्कर शाहजीसँग अनुरोध गरेका थिए-हिलारीको घरका केहि तस्बिर नेपालप्लसमा प्रकाशित गर्न। उनले आ…. नाथे दुइ चार जनाले माग्दैमा केको टाउको दुखाउनु भनेर बेवास्ता गर्न सक्थे। अझ कतिले त प्रतिक्रियाको वास्तापनि गर्दैनथे। तर त्यसो गरेनन। पुष्कर साँच्चिकै जिम्मेवार रहेछन। साइकलका दुइतिरका फुच्चे झोलामा आफ्नो सारा संसार बोकेर हिडेकासँग साथमा कतिनै राख्ने थलो हुन्छ र ? तैपनि उनले जिज्ञासु पाठकका कौतुहलता मेट्न सारा खोजेछन कतै तस्बिरहरु फेला पर्छन कि भन्दै। हिलारीको घरको सबै तस्बिर त पाएनन। तर हिलारीको घरको दैला अगाडीतिर कतै खिचेको हिलारीसँगको फोटो भने फेला पारे। तस्बिर हेर्न भित्र जानुहोस…….. 

pushkar-shah-and-edmund-hillary-nepalplus.jpg

र नेपालप्लसमा त्यहि भएपनि राखौं भने कम्तिमा पाठकको सम्मानकालागि भएपनि। उनले मलाई इमेल लेखेर भने-ददिजी, त्यसरी हिलारी बाजेको घर हेर्न खोज्लान भन्ने मैले कहाँ सोचे र? छन त पक्कै छन त्यस्ता तस्बिर तर यहाँ अहिले मसँग नभएर नेपालमा कतै परेका छन। तस्बिर हिलारीको घरकै हो तर उनको घरमा के के छन भन्ने कुरा त्यति देखिदैनन एकाध गमला देखिएपनि। जेहोस, पुष्करजीलाई धेरै धेरै धन्यावाद। (तस्बिर हिलारीकै पत्नी जुन हिलारीले खिच्नु भएको रहेछ)

तपाइँको प्रतिक्रिया