ताल्चा लाग्यो रे हर्ष र खुशीमा

-तस्बिर सुरेन्द्र श्रेष्ठ/बुढापेस्ट (हंगेरी)

Vienna-Hungary 206

रेल स्टेसनबाट सुरेन्द्रजीकोमा जाँदा जाँदै यो दृश्य देखियो । लेख्ने मान्छेलाई लोभ लाग्नेनै भयो । सोधें ” के हो यो सुरेन्द्रजी ? “खोइ आउंदै यसैगरी चाबी लगाउंदै जान्छन । किन किन बुझेको छैन मैले त ” उनले जवाफ दिए । मलाई साँझसम्मपनि त्यो के होला भन्ने खुल्दुली  भैराख्यो । भोलिपल्ट भियना फर्किन सुरेन्द्रजी र म एकाबिहानै निस्कियौं फेरी त्यहि बाटो भएर । ल ल फोटो त हान्नुस भनें मैले । उनले भाका भाक फोटो धस्काए अनि । उनले फोटो क्लिक क्लाक पारुन्जेल त्यसमा लेखिएका कुरा हेर्दै थिएँ म । दुई तिन ठाउँमा लेखिएको रहेछ “ह्यापिनेश लक्ड” । अथवा हाँसो, खुशी र हर्ष सबै बन्धक भयो । कतै आई लाभ यु भन्दै प्रेमी प्रेमीका नाम लेखिएका ।

Vienna-Hungary 204

मैले यसो सोच्दा र त्यो चाबी ठोकेको देख्दा के बुझें जस्तो लाग्यो भने, चारैतिर स्वार्थी स्वार्थ छ । बिछोडै बिछोड छ । कतै खानाको हाहाकार । कतै जागिर नपाएको तोड । कतै अभाव । पिडा । छटपटी । अहिले बाँच्न निकै कठिन भएको छ । त्यहि भएर होला सायद हाम्रा खुशीका दिन सकिए भनेर ताला ठोकिएको ।

 मैले यो घटना जे होस्, सुरेंद्रजीलाई “लौ न त्यसमा एउटा नेपाली झण्डा सहितको केहि राखिदिनुस” भनें । कमसेकम नेपालको झण्डा देखेर सोधपुछ त कसैले गर्ला । अनि कम्तिमा नेपालको पनि केहि प्रचारप्रसार त होला । सुरेन्द्रजी पनि हौसिंदै थिए- ल म पनि राख्छु एक दिन नेपाली झण्डा सहितको एउटा चाबी ।

तपाइँको प्रतिक्रिया