मध्य राती बुढापेस्टको यात्रा

-ददी सापकोटा/ तस्बिर-सुरेन्द्र श्रेष्ठ (बुढापेस्ट)

Vienna-Hungary 148

अष्टमीका दिन बिहानै भियनाबाट म बुढापेस्ट्कालागि हिडें । रेलमा तिन घण्टा लाग्ने रहेछ । मलाई रेल स्टेसनसम्म पुर्र्याउन गए भियना बस्ने शिव सापाकोटाजी रेल स्टेसनमा । म रेल स्टेसनमा पुग्दा बल्ल सुरेंद्रजीलाई म आउने खबर पुगेछ । अब कहाँ जाने ? यूरोपेली परिषद भित्र परेपनि हंगेरीमा यूरो नचलेर आफ्नै मुद्रा चल्ने रहेछ । तर  मलाई जानकारी थिएन त्यो बारे । अनि फोनको डिब्बामा गएर यूरो छिराऊँदै फोन लगाउन खोज्छु लाग्दै लागेन । अनि गएँ एउटा साईबर खोज्न । साईबरमा गएपछि बल्ल थाहा भयो हंगेरियन पैसा चाहिने रहेछ भनेर । एक घण्टा साईवरमा गएर बिताएँ । सुरेंद्रजीलाई फोन गरें । उनी आए करिब २० मिनेटमा ।दिनभरी अन्तर्वार्ता र गफगाफ गरियो । अनि साँझ सुरेंद्रजीले “लौ ददिजी राती तपाईलाई बुढापेस्ट घुमाऊँछु” भने । गईयो क्यामरा बोकेर । साँझको खाना अन्य नेपाली साथीहरुसितै सुरेंद्रजीकोमा खाएर । शुरुकै दृश्य असाध्यै मन मोहक लाग्यो । नदी वरिपरिको पूलमा कस्तो चम्केको । शहर पुरै सुन टल्केजस्तो लाग्ने । यो तस्बिर चाहिं सुरेंद्रजीले क्यामराको बत्ती पुरै निभाएर खिचेका हुन् ।

Vienna-Hungary 158

(यो तस्बिर पनि माथिल्लो जस्तै हो तर यसमा प्रकाश दिएर खिचिएको हो सायद)

Vienna-Hungary 140                  

  (यो चाहिं त्यहाँको एउटा दरबार हो पुरानो) 

Vienna-Hungary 186                      (राती डांडोबाट देखिने बुढापेस्ट शहर)

Vienna-Hungary 176            (बुढापेस्टलाई साक्षी राखेर फोटो लिने लोभमा म र देब्रेतिर सुरेन्द्रजी)

Vienna-Hungary 169

(यो पनि एउटा प्राचिनकालिन दरबार हो क्यारे । यसको बारेमा चाहिं अलि धरमरनै छ है मलाई)

Vienna-Hungary 197

Vienna-Hungary 202

(अघिल्लो र यो दुवै एकै   ठाउँका तस्बिर हुन् । अघिल्लो प्रकाश दिएर अलि टाढाबाट खिचिएको र पछिल्लो प्रकाश नबाली नजिकबाट खिचिएको । यो त्यहाँको एउटा प्रसिद्द गिर्जा घर रहेछ )

Vienna-Hungary 183

(परापूर्वकालिन एक दरबार । राती वरिपरिको प्रकाशले पुरै सुन जस्तो टल्कने रहेछ ।  पर्यटकहरुको भिड लाग्ने राती त यस्ता दृश्य हेर्न)
Vienna-Hungary 187

(त्यहींको एउटा पर्यटकीय क्षेत्र जहाँ त्यहाँका हिरोहरुका प्रतिमा बनाईएको रहेछ)

तपाइँको प्रतिक्रिया