फ्रान्ससम्म जोडियो माओवादी सडक

nepal-maoist-french-journalist-nepalplus-1.jpgमाओवादीहरुले रुकुमको थवाङसम्म पुर्याउन लागेको एक सय किलोमिटर लामो सडक खन्दै गर्दाको चित्रण हो यो ।  ला रुत दे मार्ती अर्थात शहिदको बाटो भन्दै माओवादी सडकलाई बिद्रोहीहरुको विकासलाई नेपालमा माओ फर्के भनेर उल्लेख गरिएको छ। यो चित्रण फ्रान्सेली पत्रकारद्वय भिन्सेन्ट प्राडो निकोला जालीयाद्वारा एउटा डकुमेन्ट्रीमा गरेका हुन जसलाई यहाका थुप्रै संचार माध्यमहरुले निकै महत्वकासाथ प्रचारप्रसार गरिरहेका छन्। यि दुइ तन्नेरी पत्रकारको टिभी रिपोर्टले निकै चर्चा पाएको छ । यिनको रिपोर्टकाबारेमा यहाको प्रसिद्द साप्ताहिक पत्रीका तेलेरामा, लिबेरासियो दैनिक, नोभेल अब्जेरभात साप्ताहिकले पाठकहरुलाइ हेर्नै पर्ने रिपोर्ट भन्दै आलेखकै रुपमा प्राथमिकताकासाथ छापेका छन्। फेब्रुअरि २३ मा नोभेल अब्जेरभातले माओवादीहरुलाइ इन्डोनेसीयाका खमेररुजहरुसङ्ग केहि हदसम्म तुलना गर्न सकिने भनेको छ। माओवादीबाट पिडीत भएर नेपालगन्ज आएर बसेका एक ब्यक्तिको भनाइ सार्वजनिक गर्दै माओवादी अत्याचारका बारेमा भनेको यदि हामी माओवादीको पछाडी लागेनौ भने तिनले पिट्छन। तिनले भनेको नमाने टाउकोबाट तल इन्च घटाइदिन्छन।  

nepal-maoist-french-journalist-nepalplus-2.jpg

माओवादी आन्दोलनमा बृद्धाहरुको प्रयोगलाई पश्चिमाहरु मानवअधिकारको हनन गरिएको भनेर विरोध जनाउंछन्। फ्रान्सबाट निक्लेको एक पत्रिकामा प्रकाशित नेपाली बृद्धाको तस्विर।
फ्रान्सेली भाषीहरुमा माओवादीहरु कसरि बस्छन् तालिम कसरि दिन्छन तिनले कसरि सन्चार सम्पर्क गर्छन् भन्ने खुल्दुली थिए किनकि अहिलेसम्म याहाका सन्चार माध्यमले माओवादी सगै बसेर श्रब्य दृष्य रेपोर्ट दिएको यो नै पहिलो पटक हो। हुनपनि यि द्वय पत्रकारले १५ दिन सम्म माओवादीसगै बिताएर तिनका तालिम केन्द्रमा तालिम दिदै बेलाका तस्विर खिचेका छन्।

काठमाडौको बगलामुखि स्कूलबाट कान्छी आमाले हेला गरेपछि रुकुम घर्तीगाउस्थित माओवादीको शेल्टरमा पुगेका १५ वर्षिय अर्जुन चौलागाइ लगायत यस्तै अन्य वाल सैन्य संगको वार्ता समेत छ

nepal-maoist-french-journalist-nepalplus-3.jpg

सडक खन्ने ड्रिल मेशिन जापानबाट कठमाण्डौ हुन्दै कसरी रुकुम लगे भन्ने चाखलाग्द दृष्य पनि छन। आफ्ना केहि अङ्गरक्षकहरुसंग बसेका माओवादीको गण्डक क्षेत्रप्रमुख् विप्लबको अन्तर्वार्ताले रिपोर्टलाई विश्वासिलो बनाएको छ।

फ्रान्सका स्वतन्त्र पत्रकार भिन्सेन्ट प्राडो जसले सारै थोरै नेपाली शव्द बोलेका भरमा स्कूप माओवादीको स्कूप nepal-maoist-french-journalist-nepalplus-5.jpgरिपोर्टिग गरेका छन्। यहा अहिले दैनिक साप्ताहिक पत्रपत्रिका देखि टेलीभिजन समेतमा उनको रिपोर्टीग माओवादी आन्दोलनका तस्विरहरु माग बढिरहेको छ। बालबालिका वृद्दवृद्दा सयौ गाउलेलाई जवरजस्ती वाध्य पारेर सित्तैमा खन्न लगाएको सडकको प्रचारप्रसार अन्तराष्ट्रिय रुपमा गराउन विप्लबले पहिलो पटक अन्तर्वार्ता दिएको रिपोर्टमा दाबी गरिएको छ। यस बाहेक यस प्रस्तुती भित्र माओवादीका स्थानिय तहका सभा सम्मेलन संचारको तरिका महिला छापामारहरुको स्वतन्त्रता सबै कुरा छन्।

(१३ मार्च २००६ मा नेपाल इन्फोमा ददि सापकोटाद्वारा लिखित आलेख)

तपाइँको प्रतिक्रिया