लगातार एक घण्टा संभोग, ५६ पटक स्खलन

male-and-female-one-horned-rhino-in-courtship-nepalplus-6.jpgवसन्तको आगमनले रुख विरुवामा मात्रै हरियाली ल्याउँदैन। वन र वन्स्पतिमा उमंगपनि थप्छ। चराहरु उत्साहित हुन्छन। झाडिमा लुकेकाहरु बाहिर निस्केर मुक्त कण्ठले गाउन थाल्छन। किरा र भुसुनासमेत झुन्झुनाउन थाल्छन। नौला मुना र पालुवाले जिवजन्तुलाई थप ह्रिष्टपुष्ट पार्छ। शरिर पुष्टिएपछि यौनांगहरुपनि तन्किन थाल्छन। यसले नयाँ जोस, इच्छा, चाहना र यौनको तिर्खालाई सिर्जना गरिदिन्छ। दमित यौनाकांक्षाले सिमा पार गर्न थालेपछि वनमा छुट्टै रौनक छाउँछ। खासगरि गर्मियामसगै ह्वात्तै बढ्ने जिवजन्तुको मायाप्रेम, लखेटालखेट र प्रितिका विविध क्रियाकलाप कम्ति रमणिय हुँदैनन।

हो, मैले यो सबै भूमिका बाँध्न खोज्नुको कारण नेपालका तराई क्षेत्रमा पाईने विश्वकै दूर्लभ एक सिंगे गैंडाको प्रेमलिलाबारे नालीबेली दिनकालागि हो। म सचेत गराउँछु-हेर्न मन लागे मात्रै भित्र जानुहोस। नत्र क्लिकनै नगर्नुहोस। मुख मिठयाउँदै, आँखा सन्काउदै र जिब्रो तन्काउदै हेर्ने अनी पछि मलाई अस्लिल फोटो राखेको र के के आरोप लगाएर गाली गर्ने काम नगर्नुहोला। भित्र गैंडाले यौन गरिरहेको तस्बिर छन। 

चितवन राष्ट्रिय निकुञ्जको सौराहामा काम गर्दाका केहि वर्ष आफ्नै आँखालेपनि देखेको हो गैंडाको यौन लिला। त्यस निकुञ्जमा भएका अन्य अनुसन्धानकर्मिका रिपोर्टलेपनि थप तथ्य खोल्छन। वैंशलागेर मैमत्ता भएका भालेहरुले पिसाव तुरुक्क तुरुक्क तुर्क्याइरहन्छन। खुट्टा धसार्ने गर्छन। मुन्टो खुब हल्लाउँछन। त्यस्ता भाले कुनै नौलो भाले देखेमा ज्यादै आक्रामक ढंगमा प्रस्तुत हुन्छन। यो अवस्थामा अन्य भालेसँग जम्काभेट भएका भालेहरुको लडाई निकै भयपूर्ण हुन्छ।  

one-horned-rhinocerous-courship-nepalplus-4.jpgचितवन राष्ट्रिय निकुञ्जमा के पाइएको छ भने जाडोयाममा पोथीहरु यौनिकरुपमा (सेक्सुअली) कम तातेका हुन्छन। तातेको बेलाकि पोथीले पिसाब तुर्क्याइरहन्छे तुरुक्क तुरुक्क। यो सायद संभावित भालेहरुलाई आकर्षित गर्न वा जनाउ गर्नकालागि हो। उसले तुर्क्याएको पिसाव सुँघेपछि भालेहरुले पत्तो पाउँछन। उसले शिलशिला मिलाएर (रिदमिकल) सुसेल्छे। आवाज सुनेरपनि थाह पाउने भए। त्यो जनाउ थाह पाएपछि भालेहरु त्यस्ता पोथीको निकट हुन थाल्छन। त्यस्ता पोथीहरु भेटेपछि भालेले फकाउन थाल्छ। बिस्तारै पोथीलाई लखेट्छ।

यस्तो लेखेटाई दुई तिन किलोमिटर टाढासम्मै चल्छ। भालेले लखेट्दा निकै ठूलो आवाज निकालेर वननै थर्केको आवाज सुनिन्छ टाढैबाट। भाले र पोथीको यो लखेटालखेटले अन्य भालेको पनि ध्यान तान्छ। यो भालेले पोथीलाई दिएको यातना भन्दापनि प्रणयको क्रियाकलाप हो। पोथीले यस्तो बेला चर्को आवाज निकाल्छे। भालेलेपनि छोटो कर्कश आवाज निकाल्छ। 

chitwan-national-park-and-rhinos-nepalplus-3.jpgअन्य भालेलेपनि पोथीलाई पछ्याउन थाल्छन। यहि बेला पोथी ओगट्नकालागि भालेहरुबिच घमासान पर्छ। पोथीले बलियालाई च्याप्छे। त्यो लडाईमा कहिलेकाहि त एउटा भाले मारिन्छपनि। घाईते हुनु त सामान्य घटना नै भयो। कतिपय भाले त यस्तै लडाईमा घाइते भएपछि घाउ पाकेर पनि मर्ने गर्छन । हुन त सरकारि तथ्यांकहरु शंकाको घेरामा पर्ने गरेका छन नेपालमा। तैपनि चितवन राष्ट्रिय निकुञ्जमा गैंडाहरुको कूल म्रित्यू मध्ये २५ प्रतिशत लडाइबाट हुने गरेको तथ्यांक छ। यस्तो लडाइ मुलत यस्तै बेलामा बढि हुने गर्छ। दाह्राले हान्ने र टोक्ने गर्छन गैडांहरु लडाईमा।

great-one-horned-rhino-mating-nepalplus-1.jpgपोथीको यौनांगमा भालेकोले स्पर्श गर्न पाउनुपूर्व धेरै दगुर्छन। भालेले लखेट्दा लखेट्दा थाकेकि पोथी जव टक्क रोकिन्छे तब भालेले उइँक उइँक गर्दै अगाडिका दुई खुट्टा पोथीका ढाडमा चढाउँछ पछाडिबाट। पोथीको यौनांगमा छुनुपूर्व उ केहि पटक उक्लिसकेको हुन्छ। भाले र पोथीबिचको यो संभोग करिब एक घण्टा चल्छ। एकै पटकको संभोग लगातार ८३ मिनेटसम्म भएकोपनि rhino-mating-in-chitwan-nepalplus-5.jpgअभिलेख गरिएको छ। भालेले ५६ पटकसम्म स्खलन गरेको पाइएको छ एक पटकको संभोगमा। यदि यौन क्रियापछि पोथीको गर्भ नबसेमा फेरि ३६ देखि दुइ महिनाभित्रमा पोथी यौनिकरुपमा तयार भएर भाले खोज्न थाल्छे। 

पोथीहरुले नदी छेउछाउ वा पानीको स्रोत नजिकको अलि साघुरो भूभाग (टेराटोरी) ओगटेर बस्छन। पोथीको २० वर्ग किलोमिटर सम्म हुन्छ। पानीको स्रोत रुचाएपनि धेरै समय खुला ठाउँमा बिताउछन गैंडाले। वासस्थान क्षेत्र पोथीको भन्दा भालेको दुइदेखि तिन वर्ग किमि जति फराकिलो हुन्छ। पोथीले ओगटेकै ठाउँमा भालेकोपनि वासस्थान खप्टिएको (ओभरल्याप) हुन्छ।

हैकम चलाउने (डोमिनेन्ट) भालेको टाउको स्वभाव त अलि ठूलो हुन्छ। घाँटीको तल झुण्डिने मासुको लुर्कनपनि अलि चुच्चो परेको देखिन्छ स्पष्ठसँग। भाले पोथी दुबैले हिँड्ने मार्गको छेउछाउमा गोब्र्याउँछन। गोबरका डल्लाको थुप्रो पार्छन। त्यसरि चर्ने ठाउँमापनि खसालेका हुन्छन गोबरका डल्ला। यसो गर्नुको कारण हो-दिशा पत्ता लगाउनकालागि चिन्ह राख्नु। आफ्नो वासस्थान को संकेत गर्नु। यो क्षेत्रमा म छु भनेर जनाउ गर्नु अरुकालागि। 

आज्ञाकारी (सबमिसिभ) भालेहरुले रवाफिलो (डोमिनेन्ट) भालेका वासस्थान क्षेत्र (होम रेन्ज) साझेदारी गर्न सक्छन। अर्थात रवाफिला भालेका क्षेत्रमा अन्य कमजोर भालेहरुपनि बसेका हुनसक्छन। यस्ता कमजोर भालेहरुले चाहिँ पिसाव तुर्क्याउने गर्दैनन। रवाफिला वा बलिया भालेहरु देख्नासाथ यि कमजोर भालेहरु सुइकुच्चा ठोक्छन। 

एक सिंगे गैडाले एकदमै आवाज निकाल्छन। यिनका आवाज विविध खाले हुन्छन। नाकबाट आवाज निकाल्ने, हिल्लिने, घुर्नेदेखि इँक इँक गरेर कराउँछन। गैंडाहरु ५० देखि ६० प्रतिशत समय चर्नमा बिताउँछन। बाँकि समय पल्टिएर बिताउँछन। गैंडाले हरेक दिन पानी पिउँछन। गर्मी याममा अधिक समय हिलो र पानीमा आहाल खेलेर बित्छ। एकसिंगे गैंडा अफ्रिकामा पाइने दुई सिङ भएका गैंडा भन्दा शान्त स्वभावका हुन्छन। पोथीहरुले समूहपनि बनाउँछन। तिनमा बच्चा भएका पोथीपनि हुन्छन। पूर्ण वयस्क भइनसकेका (सब अर्डिनेट) हरुलेपनि समूह बनाउँछन। 

गैडा बारे केहि तथ्य:

(१) तौल-२१०० किलो (भाले) /१६०० (पोथी)

(२) उचाई (काँधसम्मको)- १८० सेमी (भाले)/१६० सेमी (पोथी)

(३) लम्बाई (टाउकोदेखि पुच्छसम्म)- ३८० सेमी (भाले)/३४० (पोथी)

(४) सिङ (खाग) को लम्बाई-४५ सेमीसम्म (दुबै)

(५) पाइने-नेपाल, भारत, भुटान

(६) जन्मिँदा बच्चाको तौल-६५ देखि ७५ किलो

(७) कूल अनुमानित संख्या- २४०० (विश्वभरि)

(८) गर्भाधान-१८ महिना

(९) दाह्रा-९ दशमलव ५ सेमी (भाले)/६ दशमलव ५ सेमी (पोथी)

(१०) पूर्ण वयस्क-१५ वर्ष (भाले)/६-८ (पोथी) (प्राक्रितिक वासस्थानमा)

(११) जिवनकाल-३० वर्ष (प्राक्रितिक वासस्थानमा)

(१२) कानूनी प्रावधान-राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बाट संरक्षित/साईटिस ऐनको पहिलो सूचिमा समावेश।

(तस्बिर-दोस्रो, तेस्रो र चौथो बीबीसी नेचर आर्काइभबाट लिएको हुँ। बाँकि नेटबाट तानेका तर स्रोत फेला पार्न नसकिएका)

तपाइँको प्रतिक्रिया