हामीलाई नेपालले के दियो होइन, हामीले नेपाललाई के दियौं?

-डा उपेन्द्र महतो

images[1]एन आर एनका तिन उद्देश्य पुरा गर्नको लागि, यि तिन उद्देश्य सँगै अघि बढ्नको लागि गैह्र आवासिय नेपाली संघलाई बलियो बनाउनु परेको छ । संघका शाखा बिभिन्न देशमा खोल्नुपरेको छ । र एउटा साझा आवाज उठाउनुपरेको छ । धेरै देशमा मैले के सुनेको छु भने यो च्याउ उम्रेको जस्तो संस्था छन् । यो संस्था के होला, कसो होला ? हामीले के बुझ्नुपर्छ भने च्याउ उम्रेको जस्तो संस्थाबाट हामी डराउनुहुँदैन ।

 गैह्र आवासिय संघले के मान्यता राखेको छ भने हाम्रा नेपालीहरुको जति बढि संघ संस्थाहरु बाहिर बन्छन्, जति सक्रियरुपमा संघ संस्थाहरुले काम गर्छन् गैह्र आवासिय नेपाली संघ त्यतिनै बलियो हुन्छ । किनभने तपाईहरुले जति राम्रो काम गर्नुहुन्छ त्यतिनै नेपालीहरुलेनै गरेको काम हुनाले साझा संगठनको रुपमा अगाडि बढ्छ । धेरै ठाउँमा हामीले बोलेको सुन्छौं कि गैह्र आवासिय नेपाली संघ भनेको सबैको छाता संगठन हो । हामी छाता संगठन होइनौं । हामी साझा संगठन हौं । त्यसैले सबै संघ संगठनसँग मिलेर हामी अगाडि बढ्न सक्छौं । तपाईहरुलाई हामीले के सहयोग गर्नुपर्छ ? तपाईहरुले जे गर्नुहुन्छ त्यसको जानकारि हामीलाई गराइदिनुभयो भने त्यसको हामीले प्रचार प्रसार गर्छौं । त्यसको बाहिर जानकारि गराइदिन्छौं ।

 कहिँ कहि जाँदाखेरि के सम्म कुरा उठ्यो भने केहि मानिसले भन्छन्-तपाईहरु चाहिँ एकदम नेपालको लागि केहि गर्नुपर्छ, नेपालको लागि केहि गर्नुपर्छ भन्दै हिँड्नुहुन्छ तर नेपालले हामीलाई के दियो ? त्यहाँ दुख पायौं । कोहि द्वन्दका बेला दुख पाएँ । कोहि चाहिँ राजाको बेला दुख पाएँ । त्यो दुख पाएर हामीले भागेर बिदेश आयौं । बल्ल तल्ल अलिकति आराम पाएका छौं । अलिकति पैसा कमाएका छौं । केहि बुद्दी पाएका छौं । तपाई फेरि लागि नेपालकालागि जानुस भनेर भन्नुहुन्छ । नेपालले हामीलाई के दियो ?

 त्यसको जवाफ दिने गरेको हुन्छु-यदि नेपालमा जन्मेको बेला त्यहाँका डाक्टरले नहेरिदिएको भए, त्यहाँका छिमेकिहरुले नहेरिदिएको भए, त्यहाँको प्रहरीले तपाईको रक्षा नगरिदिएको भए तपाई त्यहिँ मर्नुहुन्थ्यो । तपाई आज बिदेश आउन पाउनुहुन्थेन । त्यसकारण नेपालले तपाईलाई धेरै गरेको छ ।

 हामी भरखर भरखर पहिलो पुस्ताबाट दोस्रो पुस्तामा सर्दै छौं । अनि त्यो दोस्रो पुस्ताका साथीहरुले भन्छन्-ल ठिक छ, मेरो आमा बुवा पो नेपालमा जन्मिनु भो । त्यहिँ हुर्किनु भो । त्यहिँ पढ्नुभो र आउनु भो । तर हामी त बिदेशमै जन्मियौं, बिदेशमा हुर्कियौं । नेपाल हामीलाई के मतलब । हामी त बिदेशी भयौं । उनीहरुलाई पनि हामी के भन्छौं भने यदि तिम्रा बाबु आमा नेपाली नभएको भए तिमी कसरि जन्मिने थियौ ? त्यसकारण तिमीहरुको लागिपनि नेपालले धेरै कुरा दिएको छ । र यो भावना, यो बुझाई तपाई हामी सबैले आफ्ना छोराछोरीहरुलाई पनि दिनु पर्छ । तिनलाई बुझाउनुपर्छ । नेपाल राम्रो धनी भयो, राम्रो भयो भने तपैइ हाम्रो समस्या नै समाधान भएर जान्छ ।

 तपाई हामी नाक र शिरनै ठाडो पारेर हिँड्न सक्छौं । ब्यक्तिगत रुपमा चाहे प्राध्यापक होस, संसारकै धनी किन नहोस, यदि हाम्रो नेपाल त्यत्तिकै गरिब रह्यो भने त्यो ब्यक्तिको केहिपनि मतलब रहँदैन । केहि महत्व रहँदैन । यो कुरालाई मनन् गरेरनै हामी गैह्र आवासिय नेपालीहरु के भन्छौं भने सबैभन्दा पहिला हाम्रो देश बनाउनु पर्छ । हाम्रो देश धनी भयो भने त्यहिँ काम गर्न अमेरिकीले, जर्मनले पाउने पैसा पाउन शुरु गर्छन् । त्यसलेगर्दा नेपाललाई कसरि धनी बनाउने भन्ने जिम्मेवारी तपाइ हाम्रो छ । त्यो हाम्रो देश कसैले आएर बनाइदिँदैनन् । नेपालमा भएका नेपालीले पनि बनाउन सक्दैनन् ।

 किनभने उहाँहरुकोपनि धेरै कुरामा बाध्यात्मक छ । उहाँहरुकोपनि सिमितता छन् । तपाई हामी त्यो सिमितता भन्दा बाहिर छौं । हामीले चाहे केहि कुरा गर्नसक्छौं । गर्न सक्ने क्षमता राखेका छौं । त्यसलेगर्दा तपाइ हामीले त्यो काम गर्न शुरु गरौं । गत वर्षको मार्च महिनामा पेरिसमा आयोजित महिला भेलामा ब्यक्त विचारका-नेपालप्लस

तपाइँको प्रतिक्रिया