मर्दा पनि धनी र गरिब
-गिता घिमिरे/दैलेख
मरि जाँदा तपाई केहि धन सम्पत्ती काखीमा च्यापेर लानुहुन्छ ? मर्दापनि धनी गरिब छुट्ट्याउनुहुन्छ ? भन्न त मरिजाने जिवन ! मरिजाँदा कसैले केहि लाँदैन त भन्छन् । हामीलाईपनि लाग्न त त्यस्तै लाग्छ नै । तर मरेर जाँदा केहि लगिँदैन भनेपनि लगिने रहेछ । लासलेपनि धनी र गरिब छुट्ट्याउने रहेछ । नपत्याए तस्बिर साक्षी छ ।
यो तस्बिर दैलेख जिल्लाको हो । तल्लो डुंगेश्वर भन्ने गाउँमा खिचिएको । त्यहाँ त्यस्तै गरिने रहेछ । लासलाईपनि मरेपछि आफ्नो सामाजिक हसियत देखाउनुपर्ने। गाउँमा कुनै मान्छे बुढो भएपछि आफ्नो सामाजिक हैसियत कति देखाउने भन्ने चर्चा चल्ने रहेछ । धनीमानी र हुने खानेले आफु मर्दापनि ठुलो हैसियत देखाउनुपर्छ भन्ने रहेछ्न । उनीहरुले धनीमानी र हुने खाने हैसियतको परिवार हौं भनेर अरुलाई देखाउन सकेजति लामो सेतो धजा गाउँदेखि सकेसम्म पर पुर्याउने रहेछन् ।
सक्नेले घरदेखि लास जलाउने ठाउँसम्म पुर्याउँने रहेछन् । धजा जति लामो छ त्यसले त्यो परिवारको आर्थिक हैसियत कति छ भन्ने संकेत गर्ने रहेछ । त्यसको साथै त्यसरि लास जलाउन लैजाँदा बाजागाजा सहित जाने रहेछन् । त्यो बाजा गाजा सामाजिक हैसियत देखाउने अर्को माध्यम रहेछ ।






