डेनमार्कका नेपालीले गरे सहयोग झाडापखाला पिडितलाई

प्रकाश ढकाल/कोपनहेगन (डेनमार्क)

NRN help to victim 002[1]

धन हुनेका मन छैनन्, मन हुनेका धन छैनन् भन्ने नेपाली भनाई छ । डेनमार्कमा उति धेरै नेपाली छैनन् । देश नै सानो छ भौगोलिकरुपमा । अनि त्यहाँ नेपाली समुदायपनि सानो छ । तर थोरै भएपनि तिनको मन दयालु छ । आत्म फराकिलो छ । आफ्नो मात्रिभुमिमा दुख र कष्ट झेलेकाहरुप्रति सहयोग, समर्थन र सद्भाव ठुलो छ । झाडा पखाला फैलिएर यति र उति मानिस मरे। विरामी भएर थला परे भनेर समाचार सुनेर पन्छिने नगरि डेनमार्कका नेपालीहरुले झाडा पखाला पिडितहरुलाई आर्थिक सहयोग नै गरेका छन् । त्यो आर्थिक सहयोग भर्खरै गठन भएको गैह्र आवासिय नेपाली संघ डेनमार्क (एन आर एन डेनमार्क) मार्फत भएको हो । सहयोग रकम करिब बयानब्बे हजार नेपाली रुपियाँ बराबर छ ।

 संकलन गरिएको रकम कार्यवाहक राजदूत डोरनाथ अर्याललाई हस्तान्तरण गरियो । रकम हस्तान्तरण गर्दापनि ‘लौ है राहत सामाग्रि बेलैमा पुगोस’ भन्दै झक्झकाउने कामपनि भयो । कार्यक्रममा (एन आर एन) डेनमार्क का अध्यक्ष सोमनाथ सापकोटा ले ‘नेपाली द्धारा नेपाली कै लागी’ भन्ने एनआरएन को मान्यतालाई स्मरण गराउँदै आफ्ना नेपाली दाजुभाई दिदी बहिनीहरुले स्वदेशमा दुख र कष्ट भोग्नु पर्दा सहयोग गर्नुपर्ने सुनाए।  एनआरएनको यो पवित्र भावना अनुसार सहयोग गर्ने सबैलाई धन्यावादपनि टक्र्याए। राहत संकलन गर्दा संयोजकको भूमिका खेलेका दिपेन्द्र चुडालले सहयोग गर्नेको नाम पढेर सुनाए । कार्यक्रममा राहत सामाग्रि बुझेपछि दूतावासका कर्मचारीको मन झनै पग्लियो । अनि दुतावासका कर्मचारीहरुलेपनि तिन दिनको तलब झाडा पखाला पिडित कोषमा पठाउने घोषणा गरे । डेनमार्कवासी नेपालीहरुको यो प्रयासले अन्य मुलुकमा बस्ने नेपालीहरुलाई पनि त्यसरि गरि सहयोग पुर्‍याउन हौसला थप्ने भनाई थुप्रै नेपालीहरुको थियो ।

तपाइँको प्रतिक्रिया