राजा रानीकै ओछ्यान ताक्ने को रैछन ति पत्रकार ?

versaille-royal-palace-nepalplus-1.jpg

पत्रकारिता पेशा यस्तो हुन्छ कि जतिखेर जहाँ पुग्दापनि समाचारकै लोभ । नयाँ समाचारकै खोजि। ब्रेकिङ न्यूज कतै फेला पर्छ कि। अरुले ल्याउने आफुले ल्याउन नसके के होला? सम्पादकले के भन्लान ? सहकर्मीहरुका अगाडि कस्तो होला ? के जवाफ दिने ? सधै पिरोलिरहन्छ पत्रकारहरुलाई। कतै कार्यक्रमहरुबाट निम्तो त आउँछ आक्कझुक्कल तर त्यहाँ पनि रमाईलो गर्ने, आनन्द लिने र रमाउने भन्दा कसरि राम्रो समाचार फुत्काउने भन्ने ध्याउन्न हुन्छ। समाचार त फुत्कियो तर कसरि चट्ट पारेर पत्रिकाको उत्क्रिष्ठ ठाउँमा निकाल्ने भन्ने चिन्ता। त्यसैले पत्रकारहरुले मन खुला गरेर घुम्न र रमाईलो गर्ने अवसर खासै पाउँदैनन नेपालको सन्दर्भमा। कार्य क्षेत्रमा खटिएका बेलापनि सधैं गम्भिर हुनुपर्छ।


मानिसहरुमा पत्रकार भनेपछि तिनले रमाइलो गर्नुपर्छ। आनन्द तिनलाईपनि चाहिन्छ। तिनको मनपनि चङ्गा बन्न पाउनुपर्छ कहिलेकाहिँ भन्ने सोच्दैनन । ति सधंै गम्भिर बन्नुपर्छ
, ठट्टा, हाँसो र हल्काफुल्का कुरै गर्नुहुन्न भन्ने ठान्छन। सधैं लेखिमात्रै रहनुपर्छ भन्ने सोच्छन। त्यसैले बाध्यतालेपनि मन बाँधेर थुप्रै पत्रकारहरु गम्भिर बनिदिन्छन मन खुम्च्याउँदै। त्यसैले बेलाबखत आफ्नो क्षेत्र, मन, बिषय र चासो मिल्ने साथीहरु भेट हुँदा नै हो तिनले रमाईलो गर्ने। ठट्टा गर्ने। हाँस्ने, हँसाउने र मौका परे दुख र वेदना पोखेर मनलाई हलुका पार्ने।

versaille-royal-palace-nepalplus-3.jpg

झण्डै एक वर्ष हुन लागे होला। हाम्रा त्यस्तै साथीहरु निर्मला शर्मा, यसोदा तिम्सिना र प्रशान्त अर्यालसँग भेट भएको। प्रसंग त धेरै नै छन चाख लाग्दा। लेख्नुपर्ने र लेखिनुपर्ने। सुन्नु र सुनाउनुपर्ने। ति मध्ये एउटा प्रसंग भने उल्लेख गरिहालौं। पेरिस नजिकको भसाई दरबार त संसार प्रसिद्द भइहाल्यो। त्यो नघुमि फ्रान्सको भ्रमण अपुरोनै हुन्छ। लुइ चौधौं भन्ने यहाँका पूर्व राजाको विशाल दरबार। त्यो दरबार घुम्न गइयो।

पहिले त साथी प्रशान्त परे। किनभने निर्मला र यसोदा भन्दा पहिले आएका थिए उनी। घुम्दै जाँदा त्यहाँ देख्न पाईन्छ राजा रानीको ओछ्यान। त्यो ओछ्यानको के ब्याख्यागर्ने खोइ? यति सुन्दर कि। त्यस्तो सुन्दरपनि हुने रहेछ जाबो बेलुका घत्रक्क सुतेर बिताउने ठाउँपनि जस्तो लाग्ने। के को कपडा होला त्यो? भित्तामा पुरै सुन नै सुनका लेपन। ओछ्याउनेमा पुरै सुन पोतिएको छ। झल्लर र झुम्का पुरै सुन। राजारानी सुत्ने यस्तो सुन्दर ओछ्यानमा एक रात आफुले पनि पत्नीसित बिताउन पाए ! मनमा यस्तै लाग्यो। ओछ्यान मात्रै हो र?

 

versaille-royal-palace-nepalplus-2.jpg

राजा र रानीका ओछ्याननै फरक फरक रहेछन। रानीको ओछ्यानमा भन्दा राजाकोमा त झन कहि हो कति धेरै सुन। सुन चम्किदा पुरै पहेलो देखिने कोठानै। सिलिङ देखि बारका डण्डीसम्म पुरै सुन। प्रशान्तजिलाई सुनाएँ-प्रशान्तजि! यति सुन्दर बिस्तारामा एक रात पत्नीसित बिताउन पाए क्या मजा हुँदो हो है? बरु जे पर्ला पर्ला तिर्न हुन्थ्यो अढाई तिन सय यूरो। प्रशान्तजि मुसुक्क हाँसे। उनलाईपनि त्यहि लागेको रहेछ नेपालमा भएकि पत्नी संझदै। उनले भने-यो बिस्तारामा सुत्न पाउने हो भने हामी जस्ताले के को चियाउन पाउने? एकै रातको हजारौं यूरो तिर्ने निस्कन्छन अरबपतिहरु। त्यसको केही महिनापछि संचारिका समूहकि पत्रकार निर्मला शर्मा र नेपाल साप्ताहिककि पत्रकार साथीहरु यसोदा तिम्सिना आईपुगे। भसाई दरबार त लग्नै पर्‍यो। गइयो। त्यसैगरि पुगियो फेरि त्यही राजा रानीको ओछ्यानमा। त्यो ओछ्यान देखेपछि पुरानै लोभले अड्डा जमाईहाल्छ। त्यो मोरो राजा कति पटक सुते हुँदो हो हामी एक पटक सुत्दा के होला। हामीलाई त निदाउन परेको पनि होइन।

 

versaille-royal-palace-nepalplus-4.jpg

राजारानीको ओछ्यान ताक्ने हाम्रा गफ सुनेर हाम्रो फुच्चे छोरो आमोदपनि हाँस्दै थियो। पत्नी अनुराधासँग कुरा गर्दागर्दै निर्मला र यसोदाजीले चासो राखे-के भन्नु भएको ? राजारानीको ओछ्यानमा एक रात सुत्न पाए भनेर मुख मिठ्याएको भन्ने वास्तबिक जवाफ दिनैपर्‍यो। हामीमात्रै रहेछौं र ? त्यो ओछ्यानमाथि त सबको आँखा गड्ने पो रहेछ। लौ यि दुबै महिला पत्रकारलेपनि भनिहाले-त्यहि त है ? हामीपनि आफ्नो बुढोसँग यो ओछ्यानमा एक रात बिताउन पाए !!!! राजालाई रानी चाहिँदा र रानीलाई राजाको खाँचो पर्दा को कता आउँथ्यो भन्ने चाहिँ थाहा पाउन सकिएन।

तपाइँको प्रतिक्रिया