सापकोटाको अध्यक्षतामा एनआरएन डेनमार्कको नयाँ समिती

गणेश ढकाल/डेनमार्क

nepali-community-in-Denmark-43450

हिजो भएको गैह्र आवाशीय नेपाली संघ (एनआरएन) डेनमार्कको पहिलो भेलाले राष्ट्रिय समिति गठन गरेको छ । अध्यक्ष पदका दुई प्रत्यासी सोम सापकोटा र रञ्जन ओझाबिच भएको निर्वाचन प्रतिस्पर्धामा सोम सापकोटा अत्यधिक मत ल्याएर बिजयी हुनु भएको छ । त्यसै गरी अन्तर्राष्ट्रिय समान्वय परिषद (I.C.C) डेनमार्कमा-गणेश ढकाल निर्बिरोध चयन हुनु भएकोछ । कार्य समितिका अन्य कार्यकारी पदमा भने सर्बसम्मतबाट उपादक्षद्वयमा दीपेन्द्र चुडाल र महेश कंसाकार, महासचिबमा प्रबिण प्रजापती, युवा प्रतिनिधि रन्जन ओझा, सहसचिब उज्जल न्यौपाने, महिला प्रतिनिधि सरस्वती भुसाल चयन हुनुभएको छ । त्यसैगरी कार्य समितिका सदस्यहरुमा अमित आचार्य, मुक्ती चापगाइ, देवीकुमारी गौतम, देबिराम लामिछाने, प्रदीप पाण्डे, नरेन्द्रबहादुर बस्नेत, दिपक सापकोटा, रामचन्द्र पाठक, प्रकाश ढकाल, शुभर्ण गौतम, राजु सिवाकोटी, बिकास श्रेष्ठ, प्रकाश लामिछने, हरी न्यौपाने, तुलसी पौडेल र केदार दाहाल शहीत ३ जना थप्ने गरी २७ जनाको समिती बनाइएको छ ।

NRN-Conference-Denmark-23140

उक्त कार्यक्रमको प्रमुख आतिथ्य कार्यवाहक राजदुत डोरनाथ अर्याल र डेनमार्कमा ४२ बर्ष बसिसक्नु भएका अग्रज पदम तुलाधरले गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा नेपाली जन प्रगतिशील डेनमार्कका पदधिकारीहरु, जनसंपर्क समितिका अध्यक्ष नबिन पौडेल, द गोर्खाका महसचिब सुजु ओझा, एनआरएन डिकेका प्रबिण प्रजापती, नेपाल विद्यार्थी नेटवोर्कका पदाधिकारी, स्काण्डिया हेल्पका अध्यक्ष पुरुषोत्तम रन्जितकार, नागरिक समाज र पत्रकारहरुको उल्लेख्य उपस्थित थियो । निर्वाचन प्रकृयामा सहयोग पुर्‍याउन दुताबासका कर्मचारी यादब कोइराला लगायत अन्य कर्मचारीले सहयोग गर्नु भएको थियो । त्यस्तै, उदयराज गौतमले प्रमुख सल्लहाकारको भूमिका निर्वाह गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया