नबिराई गन्न सक्छन् कुनै चराले

3159604-md

वनको चरोलाई कसले गन्न सिकाउने ? कसरि सिकाउने ? न औंला पड्काएर गन्न सिकाउनु । नत कालोपाटीमा लेखेरै देखाउनु । तरपनि केहि चराले भटाभट नबिराई गन्न सक्ने रहेछन् । चिखा (आँङ्ल भाषामा कूट भनिन्छ) भनिने चराका पोथीहरुले थुप्रै चराका फुलहरु छरिएका ठाउँमा आफ्ना फूल अलग्गै  चिन्ने रहेछन् । फुल पार्ने बेला वरिपरिका थुप्रै पोथीहरु कहिलेकाहि एकै ठाउँ हुने रहेछन् । त्यस्तो बेला आफुले कति वटा फुल पारियो । कुन हुन् आफ्ना फुल ? आफ्ना फुलहरु बचाउनको लागि उनीहरुमा आफुले कति वटा पारें र ति कुन कुन हुन् भनेर चिन्ने क्षमताको बिकास भएको हुने रहेछ । यि चराका कतिपय पोथीले छिमेकी पोथीका गूँडमापनि फुलपार्ने गर्छन् । त्यसले गर्दा पनि आफ्ना फुलहरु कुन हुन् भनेर पोथीहरुलाई चिन्नुपर्ने आवश्यकता पर्छ । त्यसलाई बैज्ञानिकहरुले पोथीको प्रतिरक्षा संयन्त्र भनेका छन् ।

 अमेरिकाको क्यालिफोर्निया राज्यस्थित शान्ता ख्रुजमा रहेको क्यालिफोर्निया विश्व बिद्दालयका ईकोलोजी एण्ड ईभोल्युस्नरी बायोलोजीका सहायक प्राध्यापक बुर्स लिओनले यसको अनुसन्धान गरेका थिए । अप्रिल २००३ मा प्रकाशित विश्व प्रसिद्द बिज्ञान पत्रिका द नेचर मा उल्लेख भए अनुसार उनले ब्रिटिस कोलम्बियामा यस्ता सयौं चिखा चराहरुको अनुसन्धान गरे । थोरै समय हो र ? लगातार चार वर्ष सम्म । थुप्रै चराका फुलहरु भएको ठाउँमा आफ्ना अलग्गै चिन्नु र आफ्ना कति वटा थिए फुल भनेर फटाफट नबिराई गन्न सक्ने यि चराको क्षमता जिवजन्तुको दुनियाँमा नितान्त दूर्लभ हो भनेका छन् अनुसन्धानदाता लिओंले । उनले अनुसन्धान गरेका यि अमेरिकन कूट भनिने चरा मूलत पानीको धाप, सिमसार, दलदले र जलाशय वरिपरि बस्छन् । कहिलेकाहि यिनिहरुको निकै ठुलो समूह देखा पर्छ एकै ठाउँमा ।

 लिओंका अनुसार शुरुमा उनले चिखाका माउले बचेराको कसरि हेरचाह गर्ने रहेछन् भनेर जान्न खोजेका थिए । जब यि चराका पोथीहरुले अरु पोथीका गुँडमा लुकि लुकि फुल पार्छन् भन्ने उनले जाने तब उनले आफ्नो अध्ययनकोनै बदले । कोइलीले कागको गुँडमा लुकेर फुल पारिदिने र छ्क्काएर अरुलाई कोरल्न बाध्य पारेझैं यि चिखालेपनि अर्काको गुँडमा फुल पारेर हिँड्ने रहेछन् ।

 त्यसपछि लिओं र उनका सहयोगीले चार सय भन्दा बढि चिखाका गुँडमा गएर प्रत्येक दिन फुलको निगरानी गर्न थाले । त्यसो गर्नुको कारण के थियो भने कुनैपनि चराले दिनमा एक भन्दा बढि फुल पार्दैन । त्यसरि निगरानी गर्दा उनीहरुले लुकिचोरी अर्काको गुँडमा फुल पारिदिएको निकै फेला पारे । अनि अन्य पोथीले पारेका फुल रङ र छिर्का मिर्काको आधारमापनि फरक छुट्याउन सकिन्छ । “फुलको बनावट हातका औंलाको चक्र जस्तै हो” लिओं भन्छन् । हरेक फुलको बनावट भिन्न हुने गर्छ । त्यसरि लुकि चोरी गर्ने पनि आफ्नै गुँड भएका पोथीले रहेछ र वल्लो पल्लो पट्टिकैले गर्ने रहेछन् । त्यस्ता फुलहरु कि माटोमा गाडिदिने, वा गुँडमै राखेर यदि आफ्ना फुलबाट बच्चा कोरलिएनन् भने बिकल्पका रुपमा राख्ने वा ढिलो कोरलेर बचेराको जिउन सक्ने संभावाना न्युन गरिदिने रहेछन् ।

तपाइँको प्रतिक्रिया