सगरमाथाको टुप्पैमा हेलिकोप्टर अवतरण-२ (फोटो ब्लग)

मे १४, २००५ का दिन एकाबिहानै उठेर हेलिकोप्टर तयार पार्न थालियो।

helicopter-1.JPG

हेलिकोप्टरमा ईन्धन भरे। गह्रुँगो हुन्छ भनेर ईन्धनपनि कम भरिएको थियो।

helicopter-2.JPG

लुक्ला विमानस्थलमा रोकिएको त्यो लोखर्के हेलिकोप्टरका सिसामा जमेको बरफ पुछे पाईलट डिडिएले।
helicopter-3.JPG

उनले साथमा संचारकर्मी र प्राविधिकपनि लगेका थिए। उडानको सारा गतिबिधी जाँच गर्ने र अभिलेख राख्ने मेशिनहरु लगिएको थियो।

helicopter-4.JPG

त्यसपछि बसे उनी ककपिटमा र उडाउन थाले हेलिकोप्टर। हेलीकोप्टरमा हुँदापनि अक्सिजन चाहीँ लिनु पर्ने रहेछ।

helicopter-6.JPG

केही बेरमा पुग्यो चौथो आधार शिबिरमाथि।

helicopter-9.jpg

गयो हेलिकोप्टर सरासर संसारको छानो ताक्दै।

helicopter-8.jpg

हावा र हुरीलाई चुनौति दिँदै पुगेर अडियो यसरि संसारकै छानोमाथि ट्वाक्क।

helicopter-10.jpg
फ्रान्सेली मात्र होइन कि नेपाली झण्डापनि लगेका थिए टुप्पामा उनले। त्यहाँ दुबै झण्डा फहराए। विश्व रेकर्ड कायम गरे। फर्केर लुक्ला विमानस्थल आएपछि मनाए स्याम्पेन फोरेर समूहगतरुपमा खुशियाली।

helicopter-11.JPG

विश्व रेकर्ड कायम गरेपछि पाईलट डिडिए दालसेलको अनुहार नचम्कने त कुरै भएन।
helicopter-12.jpg

(तस्बिर सबै यूरोकोप्टरको आधिकारिक साईटबाट लिईएको हो पाईलोटसँग सोधेर) ।

तपाइँको प्रतिक्रिया