समुद्रको छाल छोडी फ्रान्सेली जंगलमा चरा खोज्दै
गत आईतबार नेपालीहरु समुद्रतिर लागे। साथीहरुले जौँ कि जाउँ नभनेका होइनन् । गत सालको रमाईलो संझँदा जाउँ जाउँ पनि लागेको हो । तर यो वर्ष धेरै संयोग एकै चोटी परे। एक त आफु वातावरण, चरा, जिवजन्तुमा चिन्ता, ज्ञान र खोजि सबैको चाख भएको । अर्को कुरा आफु संलग्न वातावरणिय संस्थाको साधारण सभापनि गर्नुपर्ने । संस्थामा सबै फ्रान्सेली, म सिंगो बिदेशी । संस्थापनि पेरिसबाट ४० किलोमिटर टाढा अर्कै नगरपालिकामा । फेरि त्यता लागे वातावरणवादी, जिवजन्तुका विशेषज्ञ, चराबिद अनि केहि पुराना फ्रान्सेली मित्रहरुसित थुप्रै ज्ञानगुनका कुरा साटासा ट्गर्न पाइने । अवश्यै हरेक वर्ष गईने उहि ठाउँ र त्यहि रमाईलो, एकै स्वाद भन्दा यततिरै बढि महत्वपूर्ण थियो। हुनपनि गज्जबै भयो । यो पटकको मेरो संलग्नता मेरो लागि मात्रै होइन नेपालका लागि नै काम लाग्ने खालको भयो ।
पहिलो दिन साधारण सभा भयो । थुप्रै भए । तर अचम्म त्यहाँ कसैलाईपनि फोटोको लोभ लागेन । रोटी बेल्ने, गिलास पखाल्ने, पिठो किन्ने, प्लेटमा राख्ने देखि भए, सके र मिलेसम्म नाती देखि छोरोसम्म, पत्नी देखि ज्वाई, नाती नातीना, बुहारी, मितको साथीसम्म, भदा भदै, भान्जा, साथीको साथीसम्म नाम हालेर समाचार लेख्नुपर्छ भन्ने र नाम खाने हाम्रा पेरिसका केहि स्वघोषित बौद्दिकहरुको जस्तो पारा कसैले निकालेन । काम गरे बास । जिवजन्तु र प्रक्रिति संरक्षणमा त्यसले प्रभाव पार्छ भन्ने विश्वास गरे पुग्यो । फ्रान्समा चरा बसाईसराई अध्ययन थाल्ने ईतिहास रचेका ब्रिद्द गेरार्ड गोलो समेत आएका थिए । तरपनि उनीहरुले कामलाई मात्रै ध्यान दिए । म क्या हुस्सु भएछु, क्यामरा लगेको तर ब्याट्री छुटेछ । फोटो खिच्न पाइन । हाम्रालागि त्यो उपयोगि हुनसक्थ्यो ।
साधारण सभा भयो । कामको मूल्यांकन पनि । मलाई अलि बढि सक्रिय बन्नुपर्यो भने । मलाई गत दुई वर्ष पुस्तक पुस्तक लेखनमा लागेकाले लेखनको गाह्रो साह्रो बुझिदिएर धेरै भार नदिएपनि अब अलि खट्नुपर्यो भन्ने जायाज कुरा उठ्यो । यसपाली अब फेरि अर्को पुस्तक लेख्न लागेको कुरा त सुनाउनै मन लागेन । अबको पुस्तक नेपाली डायस्पोरा संबन्धि लेखौं कि भन्ने लागेकाले नेपाली वस्ति चहार्दै हिँड्नु परेपनि घरमा दिने समय अलि कमलेपनि होला भनेझैं लाग्यो । यसै वर्ष यूरोपेली परिषद मार्फत प्रक्रिति संबन्धि सचेतता जगाउन भन्दै प्रक्रितिका बिभिन्न रुपका विषयलाई समेटेर वाल खेल विकास गर्न यूरोपेली परिषद मार्फत फ्रान्सेली वातावरण मन्त्रालयले ५० हजार यूरो दिएको हामी संलग्न संस्थालाई ।
त्यसलाई बिभिन्न खेल विकास गरेर प्रयोग गर्ने सल्लाह भयो । मैले संस्था प्रति विश्वास जगाउन र भ्रष्टाचारबाट टाढा रहन कि त संस्थाको आय ब्यय समाजिक सुनुवाई गर्न पाउने ब्यवस्था मिलाउँ कि त मेयर कार्यालय वा पत्रिकामा आय ब्यय सर्वजनिक गरौं भन्ने प्रस्ताब गरें । एकमतले पारिद भयो । आखिर हुँदा हुँदा त कोषध्यक्षनै मै छनौट भएँ । उफ्, अझ बढि र भिन्न विषय, भिन्न बिधाको लेखनमा रमाउँला भनेको आपत पारे । दैनिक एक घण्टा कम सुतौंला भन्दै स्विकार गर्नु को बिकल्प रहेन ।
नेपालमा वातावरणका क्षेत्रमा केहि गर्ने आफ्नो लामो चाख र इच्क्षा । संलग्न भएदेखि लौ न केहि गरौं भनेको भन्यै थिएँ म । यसपटक सारै मन् हाँस्यो । साथीहरु मध्येका पेरिसको प्राक्रितिक विज्ञान संग्रालयसँग साझेदारी गरेर चरा अध्ययन गर्ने चराविद मिसेल बोरीले नेपालमा काम गर्ने नयाँ योजना सुनाए । यो वर्ष नेपालमा प्रक्रिति संरक्षणमा के के खांचो छ सानो स्थानिय स्तरको । अध्ययन गरौं, सोच बनाउँ । अर्को वर्ष सँगै नेपाल गएर हेरौं । अनि बिभिन्न वातावरणिय संघ संस्थासित सम्पर्क गरेर योजना बनाउँ । सन् २०१२ को अन्त्य वा २०१३ को शुरुमै नेपालमा काम थालौं । त्यो के कसरि गर्ने सबै लेखेर बुझाउने जिम्मेवारीपनि मै माथि थपियो ।
मिसेल बोरी आफैं नेपाल गएर स्वयंसेवक काम गर्न कस्सिए । जिवजन्तु संबन्धि डकुमेन्ट्री, सिडी, पुस्तक, पत्रपत्रिका पाए जति यि वर्ष जम्मा पारौं भन्ने सल्लाह पनि भयो । म उत्साहित भएँ । अब केहि वर्षमा यो क्षेत्रमा केहि गर्न सकिन्छ कि त आफ्नै प्रयासमा भन्ने लाग्यो । त्यसमा साथ दिन अरु केहि साथीपनि तम्सिए ।
सोमबार दिनभरि जसो जंगल हिँड्न गईयो । ओहो हो कति ज्ञान हो यहाँका मानिसलाई । कति अध्ययन भएका रहेछन् हुनपनि । भुईमा देखेका किरा, फट्यांग्रा, भुसुना, च्याउ, झ्याउ र लेउ देखि देखिएका सबै कुरा बताउँछन् खरर । मिसेल बोरीले त झन नजानेको केहि छैन । सबै कण्ठै छ उनलाई। किरा, भुसुना, विरुवा देखि सबै । उनी चिन्न पनि यूरोप भरि पाईने सबै जसो चरा आवाजबाटै चिन्छन् । यूरोपका हरेक वन चहारेका छन्, हरेक कुनो पुगेका छन् । उनैले मलाइ एक वर्ष एटलन्टिक् महासागरको किनार किनारै टेन्टमा सुत्दै निकै लामो चरा अवलोकन भ्रमणमा लगेका थिए । उनी र म राती जंगलका जनावर हेर्न र तालका जिवजन्तु कराएको सुन्न थुप्रै पटक गएका छौं । तालको छेउमा पाल टाँगेर रात कटाइएको छ ।
एक बिहान चराको बसाई सराई अध्ययन गर्न गइयो । चरालाई सरकारी अनुमती प्राप्त जालमा पारियो । यस संबन्धि फोटो फिचर म एक दिन छुट्टै राखौंला नै । त्यहि जालमा ब्ल्याक क्याप भनिने चरो पर्यो । चरा हेर्दै जाने क्रममा मिसेल निकै रोचक प्रसंग सुनाउँथे । उनले ब्ल्याक क्याप भनिने टाउकोमा कालोटोपी लगाएको जस्तो चराको चलाखीपनि बताए । आज भन्दा १० वर्ष अघिसम्म पनि यि चरा जाडो याममा फ्रान्स, पोल्याण्ड र जर्मनीबाट अफ्रिकातिरको न्यानो र बढि आहारा पाइने भूभागतिर बसाई सर्ने रहेछन् । तर पछिल्ला वर्षहरुबाट यि चलाख भएछन् । यहाँदेखि अफ्रिकासम्मको लामो यात्रा गर्नुभन्दा यि बेलायततिर जान लागेछन् ।
बेलायतमा जडो याममा साना साना चरा बस्ने घर बनाएर त्यसमा आहारा राखिदिने संस्कार जस्तै छ । हरेक घरमा त्यसरि राखिदिने गर्छन् । अनि ति चरा त्यसरि टाढा नपुगिकनै आहारा खान पाइन्छ र क्रितिम चरा घरमा बस्न पाइन्छ भन्ने जानेर बेलायततिर जान थालेका रहेछन् । यसरि हरेक वर्ष बेलायत जाने चराको संख्य बढ्दो र अफ्रिका जानेको घट्दो रहेछ ।
अन्तिममा मिसेलले यो वर्ष जंगलमा राती वास बस्ने, रातका चरा हेर्ने, तालको छेउमा पाल टाँगेर बस्ने र जंगल चहार्ने लोभलाग्दो योजना प्रस्ताब गरे । भर्खरै दोस्रो पुस्तक लेखेर सकेको । गत दुई वर्ष फ्रान्सेलीहरुको अन्तर्वार्ता गर्दै हिड । त्यसलाई सुनेर नेपालीमा उतार । फेरि भाषा मिठो बनाउनतिर लाग । फोटो खोज । संभावित मानिस खोज्न समय बिताउ गर्दै गत दुई वर्ष मैले निकै ब्यस्त जिवन बिताएँ । कम्तिमा यो हिउँद यामको घाम र सित्तल दुबै अलि खुला रुपले मनाउँ भन्ने सोचेको मलाई मिसेलको योजनाले किन आकर्षित नगरोस ?
(पहिलो फोटो संयोजन गरिदिनु भएकोमा बेल्जियमका मित्र एस बी छन्त्यालजीलाई धन्याबाद-नेपालप्लस) ।
![DSCF0237[1] DSCF0237[1]](http://www.nepalplus.com/wp-content/DSCF02371.jpg)
![Blackcap[1] Blackcap[1]](http://www.nepalplus.com/wp-content/Blackcap1.jpg)




