विश्वकप फूटबलको आर्थिक पाटो : दिर्घकालिन विकास, अरबौं फाईदा

विश्व कप फूटबल आयोजना गर्न र हुन नदिन मरिहत्ते गर्छन् देशहरु । विश्व कप आयोजनाको लागि देश देश, महादेश महादेश र क्लब क्लबका बिचमा चर्को तानातान हुन्छ । राजनिति चल्छ । झट्ट हेर्दा विश्व कप आयोजना गर्न ठूलो धनरासी चाहिन्छ । तैपनि किन खर्च गर्दाहुन् जस्तो लाग्छ । तर धेरैले हेक्का नराखेको के हो भने विश्व कपभित्र ठूलो राजनिति र आर्थिक चलखेल निकै हुन्छ । विश्वभरिका लाखौं मानिसको जमघट हुनालेपनि विश्व कप आयोजना गर्न पाउनु राजनितिक, आर्थिक र सामाजिक द्रिष्टिले ठूलो फाईदाको विषय हो । अहिले विश्व कप फूटबल आयोजना भैरहेको रसियापनि त्यसबाट अछुतो छैन । के के फाईदा छन् त रसियाकालागि विश्व कप आयोजना गर्दा ?

यो विश्व कप आयोजना गर्दा रसियाले ३१ अरब अमेरिकी डलर आर्थिक फाईदा लिने आशा गरेको थियो । एसोसिएटेट प्रेसको रिपोर्ट अनुसार यो विश्वकप फूटबल आयोजना गर्दा १० वर्षसम्म आर्थिक उन्नती हुने आँकलन थियो । अर्थात् विश्व कप आयोजना हुने निस्चित भएदेखि (सन् २०१३- सन् २०२३ सम्म) आर्थिक ब्रिद्दि हुनेमा रसिया ढुक्क थियो ।

विश्व कपकालागि गरिनुपर्ने निर्माण, पर्यटन र सरकारी लगानीमा ब्रिद्दीले गर्दा आर्थिक फाईदा हुने आशा गरिएको हो । रसियाली उपप्रधानमन्त्री आर्कादी डिभोरकोभिन्चले विश्व कप आयोजना हुने निस्चित भएदेखिनै आर्थिक उन्नती बढेको र आगामी दिनमा अझै बढ्ने बताएका थिए । त्यसो त, उनले रसियाले यस विश्व कप आयोजनामा ११ अरब अमेरिकी डलर (८ खरब ८३ अरब रुबेल) खर्च हुने बताएका थिए । तर रसियाली मेडियाहरुले भने १४ अरब डलर खर्च भएको सार्वजनिक गरेका छन् । खर्चको अनुपातमा ठूलो धनराशी नाफा हुने आर्कादीको भनाई थियो । कुनै महोत्सव आयोजना गर्न लागेको यो खर्च रसियाकै ईतिहासमा सबैभन्दा महँगो हो ।

शहरका शंकास्पद क्षेत्रमा ड्रोनद्वारा निगरानी । अनपेक्षित आतंकलाई निस्तेज पार्न नियमित रुपमा हेलिकोप्टरद्वारा अवलोकन । शहरका कुनाकुनामा जासुसहरुको उपस्थिति । हातहतियारले सुसज्जित सुरक्षाकर्मीहरुको बाक्लो सुरक्षा । संभावित घटनालाई मध्येनजर गर्दै स्वास्थ्य उपचारकोलागि विशेष ब्यवस्था । समग्रमा ४५ करोड युरो त रसियाली सरकारको यस्तै तयारिमा खर्च भएको छ ।

खर्च जति भएपनि फाईदा नहुने भए कुनैपनि देशले यस्तो भब्य समारोह आयोजना गर्दैन । रसियालाई यसबाट फाईदा हुनुका अनेक पाटा छन् । जुन महिनाको १४ देखि जुलाईको १५ सम्म हुने विश्व कप फूटबल आयोजना गर्दा रसियाले लाखौं खर्च गरिसकेको छ । रसियाले युरोपेली क्षेत्रमा पर्ने आफ्ना ११ शहरमा विश्व कप खेलाएको छ । फरक फरक शहरमा विश्व कप आयोजना गर्दा ति शहरमा विकास निर्माणका काम हुन्छन् । शहर स्वच्छ रहन्छ ।  यहि निहुँमा शहरका बिक्रिति हटाउन सहज हुन्छ । विश्वभरिका नागरिकबाट आफ्ना नागरिकले देख्न र सिक्न पाउँछन् । होटेल, रेस्टुरा, पसल र अन्य क्षेत्रको ब्यापार बढ्छ । विश्व कपकै लागि दुई लाख २० हजारले रोजगारी पाएका थिए ।

रसियाली बैंकले यो खेल आयोजनाले गर्दा मुद्रास्फिर्ति बढ्ने बताएपनि उपप्रधानमन्त्रीले त्यसो नहुने दाबी गरेका थिए । अर्थ विश्लेषकहरुले भने रसियाले सोचे जस्तो आर्थिक ब्रिद्दि नहुने तर विश्व कप आयोजना गर्दा धेरै संरचनाको निर्माणले पर्यटकहरुको भिड लाग्नाले लामो समयसम्म रसियालाई आर्थिक फाईदा हुने बताएका हुन् ।

विश्वभरिबाट आएका पाहुना, उच्च ब्यक्तित्व, विश्वभरिका नेता, कलाकार, मेडिया र पर्यटकहरुलाई परिचित गराएर पर्यटन विकास गर्न सजिलो हुन्छ । पर्यटकिय विकासका संभावनाहरुलाई विश्वका महँगा मेडियाहरुमा बिज्ञापन दिएर पर्यटक संख्या बढाउन आर्थिक हिसाबले गाह्रो हुन्छ । तर यो विश्व कप आयोजना गरिएको बेला विश्वका चर्चित ब्यक्ति र मेडियालेनै प्रचार गर्ने हुनाले विश्व कप आयोजना गरिएका शहर, क्षेत्र र त्यस वरिपरिकै क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न सजिलो, सस्तो र प्रभावकारी हुन्छ । ति क्षेत्रहरु विश्व पर्यटकिय बजारमा स्थापित हुन्छन् ।

गत महिना रसियाको स्थानिय प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा यो विश्व कपको अवशरमा विश्वका अन्य मुलुकबाट खेलकूदका पाँच लाख ७० हजार ‘फ्यान’ र सात लाख रसियालीहरु खेल आयोजना गरिने शहरमा भित्रिने उल्लेख थियो । रसियाले यहि विश्व कप आयोजनाकै अवशरमा समरा, सारान्स्क र निज्नी नोव्गोरोदमा अन्तर्राष्ट्रिय स्तरका रंगशाला निर्माण गर्‍यो । रसियाकालागि यो दिर्घकालिन फाईदाको विषय हो ।

सिमा क्षेत्रमा सामाजिक र आर्थिक फाईदाकालागि विनिमय सन्जालको विकास गर्‍यो । शहरका धेरै ठाउँमा निगरानी गर्ने क्यामरा (क्यामरा सर्भिलीयन्स्) हरु जडान गर्‍यो । त्यसैले होला, रसियाली उपप्रधानमन्त्री आर्कादीले हाकाहाकी सार्वजनिक गरेका थिए, ‘यदि यो विश्व कप आयोजना नगर्ने हो भने रसियाले आर्थिक उन्नती गर्ने तत्कालकालागि अर्को उपाय छैन ।’

रसियाली अर्थबिदहरुले यो वर्ष आर्थिक उन्नतीको सूचांक डेढ देखि दुई प्रतिशतका दरले ब्रिद्दी भएको सार्वजनिक गरेका छन् । विश्व कप आयोजना गरिएका शहरमा सन् २०१६ देखि सन् २०१७ सम्म निकै बढेको रसियाको लगानी रणनिति बनाउने निकाय भिटिपीका प्रमुख आलेक्सेइ जाबोत्किनले बताएका छन् । विश्व कप आयोजना बिना आर्थिक उन्नतीनै नहुने भन्ने तर्कलाई भने उनले अस्विकार गरिदिए ।

निर्माण कम्पनीहरुले लिएको फाईदा झट्ट हिसाब गर्दा ठूलो हो । ठूलो धनराशी देखिन्छ । तर पर्यटन क्षेत्रमा भएको ब्रिद्दीबाट त्यो भन्दा बढि फाईदा भएको छ । किनभने विश्वकप आयोजना गरिएका ११ वटै शहरको ब्यापार बढेको छ । स्थानियलेसमेत भरपुर फाईदा लिन पाएका छन् । होटेल, रेस्टुरा, सन्चार, यातायात र खाद्द क्षेत्रमा रसियालाई सबैभन्दा बढि फाईदा भएको छ । यातायात, विमानस्थल, सन्चार आदि क्षेत्रमा सुविधा बढाउने र सुधारका काम गरेकाले विश्वकप पछिपनि रसियाले फाईदा लिन सक्छ । तर विश्वकप आयोजना गरेर आर्थिक उन्नती गर्ने पर्यटकिय लगायतका अवशरहरुलाई के रसियाले दिर्घकालसम्मकालागि लिन सक्ला ? मुख्य प्रश्न योपनि हो ।

विश्व कप आयोजना गर्नुका अप्रत्यक्ष फाईदापनि छन् । आफ्नो देश र संस्क्रिति कस्तो छ भनेर विश्वलाईनै परिचित गराउने अवशरपनि हो । विश्वमा धेरैलाई अझैपनि रसिया रसियन फेडेरेशन कालकै जस्तो छ भ्रम हटेको छैन । विश्वभरिका मानिसहरुले अहिलेको रसियाबारे देख्न र बुझ्न पाउने अवसरपनि हो यो । विश्व कपमा पुगेका विश्वका धेरै मानिसले अहिले मस्कोलाई विश्वकै एक सुन्दर शहरमा पर्ने दाबी गरिरहेका छन् । मेडियाहरुले रसियाको फेरिएको रुपका बारेमापनि चर्चा गरेका छन् ।

युक्रेनको क्रेमियामा रसियाले हस्तक्षेप गरेपछि अमेरिका र युरोपेली परिषदले रसियामाथि आर्थिक नाकाबन्दिको घोषणा गरेका थिए । त्यो अझै हटेको छैन । आर्थिक नाकाबन्दि ब्यहोरेको भन्दै रसियाको छबीमा असर परेको थियो । धेरै देशका नागरिकले नाकाबन्दि गर्नुको कारण रसियालाईमात्रै दोष लगाउँदै आएका छन् । तर यो विश्व कपले रसियाप्रति रहेको पूर्ण भ्रमलाई चिरेर रसियाको छबीमा उल्लेख्य सुधार पुगेको छ । रसियाकालागि योपनि ठूलो फाईदा हो ।

रसियाको बेलायतसितको सम्बन्ध चिसिएको थियो । धेरैले यो विश्व कपमा बेलायती समर्थकहरुमाथि आक्रमण हुनसक्ने अड्कल काटेका थिए । त्रास देखाएका थिए ‘ रसियाले शान्तिपूर्णरुपमा विश्वकप सफल पार्न सक्दैन’ भन्दै । तर रसियाली सरकारले त्यस्तो घटना कतै हुन दिएन । युरोपेली सरकारका भनाई र आशंकाहरुलाई मिथ्या साबित गरेर प्रशंसा बटुल्यो । शान्ति सुरक्षाको क्षेत्रमा बाहिरी मुलुकले आरोप लगाए जस्तो फितलो छैन रसियामा भन्ने देखाइदियो । रसियाली राष्ट्रपती भ्लादिर पुटिनले फिफाले खेललाई राजनितिबाट अलग्गै राखेर ब्यवस्थापन गरेकोमा धन्यावाद दिए । विश्व कप फूटबल आयोजनालाई फिफासित जोडेर राजनितिक फाईदा र छिर्के हान्ने दाउमा केहि देश रहेको तर्फ उनको संकेत थियो ।

धेरै देशमा रसियाली राष्ट्रपती भ्लादिमिर पुटिनलाई रुचाईन्न । खासगरि युरोपेली, अमेरिकी र बेलायती नागरिकहरुमा त्यो बुझाई उच्च छ । रसियाका ७० प्रतिशतभन्दा बढि नागरिकले रुचाएर राष्ट्रपतीमा छानेका पुटिनलाई बाहिरी मुलुकमा एक हैकमबादी नेताका रुपमा चिन्छन् । खासगरि युरोपेली र अमेरिकी मुलुकका सरकार, मेडियाले उनलाई यहि रुपमा विश्वभरि चित्रण गरेका थिए । यो विश्व कपको दौरानमा विश्वका मेडिया र खेलप्रेमीहरु रसियाका धेरै ठाउँमा पुगे । पुटिनले गरेको ब्यवस्थापन हेरे । पुटिन सत्तामा आएपछि रसियामा सुधार हुँदै गएका क्षेत्रहरु प्रत्यक्ष अवलोकन गरे । यसलेपनि विश्वका आम जनतामाझ राष्ट्रपती पुटिन र रसियालाई हेर्ने द्रिष्टिकोणमा परिवर्तन ल्याइदियो । रसिअयकालागि र खासगरि पुटिनकालागि यो ठूलो फाईदाको विषय हो ।

तपाइँको प्रतिक्रिया