बन्द सडक र तगारा छल्दै डोटीको यात्रा

गिता घिमिरे/डोटीबाट फर्केर

500

सुदुर पश्चिममा बसेर डोटीको सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिर नजाने त कमै होलान । मैलेपनि त्यो प्रसिद्ध मन्दिर घुम्ने धेरै दिनबाट योजना नबनाएकि होइन । के के नमिलेर हो मन हुँदा नि पहिले मेसो मिलेको थिएन । तर जुन १३ र १४ मा  घुम्ने चाँजोपाँजो मिलाएर ह्इँकिएँ । डँडेल्धुरा बसेको पनि निकै भईसक्यो । डँडेल्धुराबाट सिलगढी केबल ६२ किमि मात्रै छ । तर त्यति बाटो छिचोल्नपनि दुई पटक गाडी बदल्नुपर्ने रहेछ । समयमा नै पुगिन्छ होला भन्ने लागेर बिहान केही नखाई हिँडेको । तर ६ किमि गाडी हिँड्ने बित्तिकै बाटो त बन्द रे । परेन फसाद ?

DSC01135

DSC01134                       

यिनै भान्टाङ्भुन्टुङ हुन् बन्दकर्ताहरु । 

DSC01133

यात्रुहरुलाई सास्ति भएपछि गाडीका यात्रुहरुले उनीहरुको माग के हो पूर्व सुचना दिनु पर्ने भन्दै कराइरहेका थिए । तर सुन्ने कसले ?उनीहरुको माग त गाडीवालाहरु नजिकै जान खोज्ने छोटो दूरीका स्थानिय यात्रुलाई चढाउदैनन् भनेर रहेछ । त्यसैको विरोधमा चेतावनी दिन ३ घण्टा चक्क जाम पो गरेको पो भन्छन् त ।  

DSC01136

हातमा कलम बोक्नु पर्ने यस्ता फुच्चे घोचो बोकेर सडक बन्द गर्न हिँडेका । यति सानै बाट घोचो बोकेर आतंक मच्चाउने हिँडेपछि यिनको भविष्य के होला ? धन्न त्यो गर्मीमा बल्ल बल्ल ३ घण्टा काटेर गन्तव्य तिर लागियो । DSC01145

यो सेती नदी । नेपालको सबैभन्दा ठुलो परियोजना भनेर चर्चा गरिने पश्चिम सेती जलविद्युत यहि नदीबाट निकालिने हो । त के गर्नु, जति सुकै परियोजना देखाएपनि र प्राकृतिक सुन्दरता र जलस्रोतको धनी देश भने पनि लोडसेडिंकको मारबाट मुक्त भएको छैन ।

DSC01152

नेपालीहरुका ३२ कोटी देवतामा ल केहीको दर्शन गर्ने होइन त ? यो हो डोटी सिलगढीको प्रशिद्ध शैलेश्वरी मन्दिर । डोटी सिलगढीको पहिलो विशेषता जहाँ गएपनि देवता साथैमा हुन्छन् । किनभने जुन कुनामा पनि मन्दिर देखिन्छन् । 

DSC01228             यो हो सिलगढीको मुख्य बजार । यहाँ नेवार समुदायको बाहुल्यता छ । 

DSC01226

डोटी सिलगढीको दोस्रो विशेषता भनेको बोका बुढो हुँदासम्म पाल्ने चल्न छ । एउटा कारण त देवतालाई बलि दिन हो । अरुपनि केहि कारण छन् कि कुन्नी ! DSC01300     हुन त यो राधाकृष्णको मन्दिर हो तर यसलाई इन्द्र चोक भनिन्छ । 

DSC01346                     सेती नदि । दिपायलको पारि पटि्टबाट देखिने द्रिष्य हो यो ।

DSC01225सिलगढीको माथि बजारबाट खिच्दा कस्तो देखिने रहेछ त सेती नदी भन्ने जिज्ञासा लाग्यो र खिचेकि हुँ । कता कता हराउँदै गएको डोरी जस्तो पो देखिने रहेछ । 

DSC01327[1]यो भाईले हलो जोत्दै गरेको बेला मलाई पनि हलो जोत्न उत्सुकता जाग्यो । अनि त के चाहियो र ? यी बहिनीहरुले मलाई बहुलाएको रे भन्दै फाटो खिच्नसमेत दिएनन् हलो जोत्न त के ? आईमाईले हलो जोत्न के छुनपनि हुन्न भने । के हुन्छ भनेर सोध्दा त देउवा रिसाउछन् भन्थे ।

DSC01329

 महिलाले हलो छोएपछि अलछिन हुन्छ । पानी पर्दैन भन्दै थिए । अनि आफ्नो भाषामा मलाई गाली गरे । उनीहरु रिसाएका बेला के फोटो खिच्नु ! उनीहरु आफ्नो बाटो लागेपछि पछाडीबाट छक्काएर खिचेकि हुँ यो फोटो । बुढापाकाले त्यसो भनेको भए त सायद केहि  लग्दैनथ्यो होला । ति त युवा थिए । आजकालका युवा युवतीमा पनि त्यस्तो अन्धविश्वास देखेर अचम्म मान्दै फर्किएँ म ।

तपाइँको प्रतिक्रिया