मान्छे खस्ने भीरमा गाडी सरर

croisier-1.jpgकतिपय मानिसलाई पैतिस सय मिटर उक्लनपनि धौधौ पर्छ। तर कुनैबेला हाम्रो इण्डोचीन क्षेत्रका चार हजार दुई सय मिटर अग्ला हिमालमाथी चार पाङ्ग्रे बिशाल गाडी कुदिसकेका रहेछन भन्ने सुन्दा कसरि पत्याउने ? हो, सन् १९३१ मा फ्रान्सको सिथ्रोइयाँ कम्पनीको गाडी जम्मु काश्मीरको चार हजार दुई सय मिटरको घाँटी (पास) सम्म पुगेको थियो। लोतोसेनील सिथ्रोईया केग्रेस पे १९ नामको त्यो गाडीनै हिमालमा पुग्ने पहिलो गाडी भएको दाबी फ्रान्सेलीहरुले गरेका छन। फ्रान्समा हुने हिमाली खासगरि तिब्बती प्रदर्शनीमा त्यो गाडी राखिन्छ जुन प्रदर्शनीको प्रमुख आकर्शण बन्ने गर्छ। अघिल्लो बर्षको जून महिनामा यहाँको रुवाँ शहरमा भएको प्रदर्शनीमा पनि यो गाडी हेर्नेको भीडम्भीड थियो।

त्यसो त, यो गाडी त्यो उचाईमा कसरि पुग्यो भन्ने प्रसङ्गनै कम्ति रोचक लाग्दैन। फ्रान्सेली गाडी निर्माता सिथ्रोइयाँले सन् १९३१ देखि १९३३ सम्म एउटा अफ्रीकी मिसन र अर्को मध्य एशियाली मिसन भन्दै युवाहरुको साहसिक र जोखिमपूर्ण यात्रा चलाएको थियो। एशियाली मिसनको उद्देश्य मध्य एशियाका अग्ला हिमाल छिचोलेर तिब्बत हुँदै पेकिंङ (हाल बेइजिङ) पुग्ने थियो। मध्य एशियाली देश सिरियाको बेरुत शहरबाट यहि गाडीमा शुरु भएको उनीहरुको जोखिमपूर्ण हिमाली यात्रा अफ्गानीस्तानको पामीर पर्वतीय सृङ्खला हुँदै जम्मु काश्मिरको ४२०० मिटरको घाँटीमा पुगेर रोकियो। गाडीले त्यो घाँटी छिचोल्न नसकेपछि गाडी त्यहिँ छोडेर त्यो समूह घोडामा पेकिङ्तिर लाग्यो। सन् १९३१ को फेब्रुवरीमा यात्रा शुरु गरेका यिनीहरु सन् १९३२ को फेब्रुवरी १२ मा पेकिङ पुगे। यो टोलीको नेतृत्व जर्जमारी हार्द र लुइस उदुवा दुब्रोईले गरेका थिए।

croisier-2.jpg

पेकिङबाट हङकङ हुँदै युरोप फर्किने क्रममा टोली नेता जर्जमारी हार्दको हङकङमा मृत्यु भयो। त्यसपछी आन्द्रे सिथ्रोईयाको नेतृत्वमा बाँकी सदस्यहरु युरोप फर्के। गाडी छोडेर हिडेकाहरुले लामो समयसम्म त्यो गाडी छोडीएको ठाउँ पत्ता लगाउन सकेनन्। त्यसैले त्यसको चर्चा पनि भएन। यात्रा असफल जस्तै भएकोले आयोजक संस्था सिथ्रोईयाले पनि फ्रान्समा बाहेक अन्यत्र उती प्रचारप्रसार गरेन।

तर सन् १९८० मा एरिक देस्सन् भन्ने दक्षिणी एशियाली क्षेत्रका समुद्री दिशा अन्वेषक तथा फोटो ग्राफरले हिमाली क्षेत्रको फोटो खिच्दै जाँदा त्यो घाँटीमा फेला पारेका गाडीका टुक्राहरुको फोटो खिचेर ल्याए। फ्रान्स ल्याइएका फोटोहरु हेरेर उनले उक्त गाडी सिथ्रोइयाँ कम्पनीको भएको र सन् १९३१ मा त्यहाँ पुगेको पत्ता लगाए। त्यतिमात्रै होइन, उनले त्यो भ्रमणका बारेमा सम्पूर्ण जानकारी खोजेर तीनवटा पुस्तकसमेत प्रकाशीत गरे। ति पुस्तकमा तिब्बत, नेपाल, भारत, पाकिस्तान र चिनका हिमाली क्षेत्रको रोचक वर्णन गरिएको छ। पुस्तकमा लेखकले सन् १९३२ अगाडी पश्चिमी युरोपकालागि मध्य एशियाका हिमाली सृङ्खलाहरु आश्चर्य र रहस्यका विषय थिए भन्ने उल्लेख गरेका छन। पछि उक्त गाडीका टुक्राहरु फ्रान्स ल्याएर जडान गरियो। हाल त्यो गाडी चलाउन सकिने अवस्थामा छ।

croisiere-3.jpg

यात्रामा जाँदा उक्त गाडीमा थर्मस, स्टोभ, बाकस, टाइपराईटर, प्रेसरकुकर, झोला, मिट्सेल नामको ३५ एम एमको गरुङ्गो क्यामरा, दुरदर्शक यन्त्र र क्याम्पिङ्का सामान लगिएको थियो। तिब्बती जनजीवन झल्काउने फ्रान्सका हरेक प्रदर्शनीमा यि सबै सामानहरुसमेत गाडी सँगै राखेर प्रदर्शनी गरिन्छ। यो मिशनमा प्रयोग गरिएका कतीपय गाडीहरु फ्रान्समा विजयको सङ्केतका रुपमा लिइने हँसिया आकारको चन्द्रमा (क्रोसन) जस्ता थिए। कुनै गाडी चाहिँ प्राचीन समयमा इजिप्टमा लोकप्रीय गोब्रेकीराको आकारमा बनाइएका थिए त्यतिबेला बनाइएको यो गाडीले अत्यधिक तेल खपत गर्थ्यो। यसको अधिकतम गती २० किलोमिटर प्रतिघन्टा थियो। हिमालमा भेटिएको यो गाडी चाहिँ गोब्रेकीरा जस्तो आकारको छ

तपाइँको प्रतिक्रिया