यस्तो थियो बेल्जियममा नेपाली मेला

एस बी छन्त्याल /बेल्जियम (फोटो र लेखन दुबै) 

DSC_0464

लु जा कती फ्रान्सको नेपालीको बारेमा मात्रै ब्लग्मा राखिराख्ने ? आज चै बेल्जियमको राख्नुस् । अस्ति बेलुकातिर म पुग्दा त्यती भिड थिएन । शायद अन्तिम दिन भएर पनि होला । चर्को घाम लगेको थियो । मान्छे छहारी मुनी ओतिदै थिए । मलाई पनि थोरै समयमा नै गर्मिले चौपट्ट बनायो।

DSC_0476

DSC_0474

नेपाली सँघ सस्थाले प्रायोजन गरेको नेपाली मेलामा मैले बिशेष गरी नेपाली पस्मिना, खानाका परिकार, खुकुरी रम, ईलामेली चिया र घरजग्गा सम्बन्धी योजना र नेपाली हस्तकला, क्युरियो र भिजिट नेपाल बारेमा प्रचार प्रसार देखे । 

DSC_0430नेपाली खाना यहाँ नेपालीले मात्रै जिब्रो फट्कारेको देखे । शायद म ढिला भएर पनि होला।

DSC_0530

पस्मिना र क्युरियो समानहरुमा बिदेशी नजर परेको थियो। यि पस्मिना तथा हस्तकला स्टल दिज्युको यही ब्रसेल्समा आफ्नै शो रुम र अरु थप साझेदारी पसलहरु पनि छन भन्दै हुनुहुन्थ्यो । पस्मिना को मुल्य सोधेको १५ युरो । बाबा मुल्य त धेरै घटेछ । २००४ तिर एक जना ब्यापारीले ७०,७५ युरोमा बिक्री हुन्छ भनेको याद थियो । अहिले त आर्थिक मन्दीले गर्नु गरेछ । कि भारतीय चोरीले मार खाएको हो ? कुरा बुझ्न सकिएन । अपार्टमेन्ट सिस्टम घरको बारेमा बिदेशीले पनि चासो देखाएको कुरा बताउदै थिए स्टलका प्रचारक । 

DSC_0422

DSC_0500

DSC_0544

कार्यक्रमको अन्त्य तिर अलिकती डिस्को जक्की चलेको थियो ।  

DSC_0524

          नेपाली नाच निकै रमाइलो भयो ।  

DSC_0569

बिदेशी पनि मञ्चमा नै नाचेका थिए ।  तर नेपाल र नेपालीको बारेमा जानकारी गराउने ठाउमा हिन्दी गीतको चर्को आवाजले मेरो मनमा दाङ र सुस्ताबासीलाई भारतीयले खेदेको पिडा यहाँका नेपालीले अनुभब गरेनन जस्तो लाग्यो । नेपाली गीत सँगित पनि त छ नि बुरुक बुरुक उफ्रदै नाच्नलाई । हिन्दी गीत बिना खुट्टा लुला हुने पो हो कि ? 

DSC_0481

सेर्पा कमिनिटी ? (कम्युनिटी) का यि कलीला बहिनि र भाईहरु ले स्वादिलो म:म खुवाएका थिए । तर म पुग्दा भाडो रित्तिएको थियो । 

DSC_0554

गोरी महिला निकै नाचिन । नेपाली गीत उहालाई चौपट्टै मन पर्छ रे । त्यसैले त नेपाली सँगै घरजम गरेकी ।

DSC_0478

मेलामा नेपाली गित र न्रित्यले नेपाली र बेल्ज (बेल्जियमका बासिन्दा) वालबालिकालाई पनि त निकै नचाएको थियो ।

तपाइँको प्रतिक्रिया