युद्द रोकिनुमात्रै होइन शान्ति
-पुष्कर शाह
इजिप्टकोपनि त्यस्तै रमाइलो कहानी छ । सधै साइकल चढ्ने सधै साइकल चढ्ने । कति चढ्ने साइकल ? इजिप्टको पिरामिडमा उँटहरु सजाएर राखेका हुने । त्यसमाथि चढेर फोटो खिच्ने । लान त लगेको थिए साइकल । तर कति साइकल मात्रै चढ्ने भनेर साइकल राखें । अनि उटमा चढेर फोटो खिचें । उँट चढेको दश पाउण्ड । दश पाउण्ड पहिल्यै तिरेर अनि चढ्ने रैछ । दश पाउण्ड दिए । चढे । फोटो सोटो खिचें । अन्दाजी पाँच मिनेट लागेहोला । अनि ओर्लनु पर्यो भनेर उट बसाल भनेको त के भन्छ ? पैसा ले रे । अनि अघि देको के त भनेको त अघि दिएको त चढेको रे । उट बसालेको छुट्टै चाहिन्छ रे । ल भयो ?
अङ्रेजी राम्रो बुझ्दैन । तर टुटेफुटेको अलि अलि बुझ्ने । के भन्छ यो भने । झगडा गर्यो एकछिन । अनि त साथी त उट बाधेको डोरी यस्सो तन्काएर काँधमा लगाएर हिडाउन पो थाल्यो । कुदाउन पो थाल्यो । परेन त फसाद ? बसालेको पनि पैसा माग्यो अघि । अब, हिँडाको, कुदाको सबै पैसा लिन थाल्यो भने के गर्ने ? रोक रोक रोक भनेर दश पाउण्ड दिएर ओर्ले । यस्तै रमाईला कथाहरु थुप्रै थुप्रै छन मसँग ।
कहानीहरु यस्तै हुन् । मैले कितब लेखिरहेको अहिले । अहिलेसम्म मैले एशिया, अफ्रिका र अमेरिकाको बारेमा गरेर तिन वटा किताब लेखें । अहिले यूरोपको बारेमा लेखिराखेको छु । त्यसकारण अहिलेनै सबै कथाहरु भन्यो भने किताब बिक्रि नहोला है ? छन् त यो भन्दा राम्रा कथाहरु छन् नी !
यात्रा गर्दा जिवनमा भोगेका धेरै रमाईला कुरा हरु जहाँ यात्रा गर्दा खेरि मैले हिमालको माइनस चार डिग्रिदेखि मरुभूमीको ४८ डिग्रि तापक्रमसम्म हिँडेको छु । कहिलेकाहिँ खानेकुरा नपाउँदा बस भित्रबाट मानिसले फालेका सुन्तलाका बोक्रा टिप्दै टन्न खाएरपनि हिँडेको छु । कहिलेकाहिँ पिजा र बर्गर नरुचेका छाकपनि छन् म सँग । प्रायजसो म फूटपाथमा जहाँ सित्तिमा पाइन्छ त्यहिँनै सुत्छु । फूटपाथमा मस्त निदाएका रातदेखि लिएर कहिलेकाहिँ मानिसहरुले सत्कार गरेर पाँचे तारे होटेलमा लैजाँदा निन्द्रा नलागेका रातपनि छन् मसित । म पैसा कमाउन भनेर हिँडिन । पैसा कमाउन हिँडेको भए म आज यहाँसम्म आइपुदै आइपुदैनथें ।
जापान पुगेको मान्छे । जापानमा भाँडै माझेको भएपनि म आजसम्म करोडपती भैसक्थें । अथवा अ मेरिका पुगेको म । त्यहिँ साईकल फालेर भाँडा माझेको भएपनि मासिक एक लाख कमाइन्थ्यो । पैसाको लागि हिँडेको होइन । मेरो एउटा सपना भनेको संसारमा शान्ति होस । त्यहि हो । अब नेपालीहरुलाई भन्नु पर्दा त नेपाल चिनाएरै हिँडेको हो । जता जाँदापनि आफ्नो देशनै अगाडि आ उँछ ।दश वर्ष पछाडि कुरा भनेको चाहिँ त्यै किताब बेचेर धनी भए भइयो । नभएपनि पहाडमा खेतबारी छ । दुख गर्यो भने खान पुग्ने छ । त्यहि फर्किने हो ।
शान्ति भनेको चुप लागेर बस्नु, मौनता होइन शान्ति । शान्ति भयो भनेको अहिले नेपालमा जुन शान्ति भयो भन्छन् त्यो पनि शान्ति होइन । युद्द रोकिनु मात्रै शान्ति होइन । अथवा बन्दुकको नालबाट गोली छुट्नुमात्रै शान्ति होइन । शान्तिको लागि अझ धेरै लामो यात्रा तय गर्नुपर्छ । वास्तबिक शान्ति भनेको जिवनको हरेक पक्षमा खुशियाली आउनु । त्यो नै शान्ति हो । र मैले जे काम गरिराखेको छु त्यो कामबाट म सन्तुष्ट छु । म शान्तिको लागि हिँडेको छु । र संसारका करोडौं करोड मानिसलाई मैले शान्तिको सन्देश पुर्याएँ । त्यो नै मेरोलागि शान्ति हो । (फोटो-नेपालप्लस डट कम) ।





