बलात्कार गर्न त चरा पो खप्पिस

मानव समाजमा बलात्कारका घटना निकै हुन्छन् । सामूहिक रुपमा वा पाकाले वालवालिकाहरुमाथि गरिने बलत्कारका घटनाको निकै चर्चा हुने गर्छ । तर तपाईलाई थाह छ ? चरा लागायत  प्रक्रितिमा रहेका बिभिन्न जिवजन्तुमाझपनि बलात्कार हुने गर्छ । बलियाले निर्धालाई, ठुलाले सानालाई फकाएर, धम्क्याएर, लेखेटेर, सामूहिक प्रयास गरेर बलात्कार हुने गर्छ । मैले यहाँ चराहरुमा हुने बलात्कारका केहि तस्बिर राखेको छु । मैले बिभिन्न समयमा चरा अवलोकन गर्न जाँदा देखे भेटिएका यस्ता घटनालाई क्यामरामा कैद गर्ने प्रयास गरेको थिएँ । कति अवस्थामा यहाँका केहि तस्बिर घण्टौं घण्टा कुरेरपनि खिच्नुपरेको थियो । तस्बिरहरु सबै म आफैंले खिचेको हुँ ।

Bird Rape-2nd 015                  (एउटा पोथीलाई दुई भालेले पानीमा बलात्कार प्रयास गर्दै)

Bar Headed Goose Mating 107(एउटा पोथीलाई दुई भालेले पाखामा धपाउँदै ल्याएर बलत्कार गर्दैछन् र अर्कै जातको अर्को एउटा भालेले मौका ढुकेर बसिरहेको छ)

Bar Headed Goose Mating 104                     (अघि ढुकेर बस्ने भालेले पोथीलाई ठुँग्न पुगिहाल्यो)

bird mating-3            (एउटा भाले पोथीमाथि चढिरहेको छ र अर्को भाले मौका ढुकिरहेको)

Bar Headed Goose Mating 105 (यसले लखेटेको पोथीको मायाले हो र ? मोरोले त उसलाई लखेटेपछि जबर्जस्ति पोथीलाई बलात्कार पो गर्‍यो त झन)

Bird Rape-2nd 020        (त्यसरि पोथीलाई बलात्कार गरेपछि दुबै भाले खुशिले नाच्न पो थाले त )

Bird 8 (यि चरामा त झन बलात्कार कति हुने कति । हेर्नुस त त्यो बिचको एउटा पोथीलाई चारैतिरबाट भालेले घेरेका छन्। त्यो एउटा पोथीलाई मौका छोप्न घेरेर बसेका यि सबै भाले)

DSCF1182 

(बच्चासँगको पोथीलाई पनि छोड्दैनन् । दुई भालेले पोथीलाई बिचमा घेरेर राखेका छन्)

Mallard male Fight 1                       (पोथी ओगट्न भालेहरु यसैगरि लडाभाँती गर्छन्)

DSCF1173(यि दुई भालेले यति धेरै लखेटे कि पोथी भाग्नै नसक्ने  भई ।  र दुई भाले यति धेरै लडाइँ गरे कि पोथी डरले मुख फट्टाएर बसी)

Mallard male chasing (Dadi)(यो जात [निलटाउके वा निलसर पनि भनिन्छ] का भालेले त पोथी देख्नै हुन्न । यसैगरि लखेट्न थालिहाल्छन्।

DSCF1204 

(उज्यालो भएदेखि अंध्यारो हुँदा सम्मै भालेहरुले यति धेरै सास्ती दिन्छन् कि कुनै कुनै पोथी त भाले नजिक आउँदापनि भाग्न नसकेर थुचुक्कै बस्छन्)

Mallard Rape 1(दिनभरि थकाएर उड्नै नसक्ने, भाग्नै नसक्ने भएपछि के लाग्छ ? अनि यसरि सामूहिकरुपमा बलात्कार गर्छन् भालेहरुले । कहिलेकाहिँ त त्यस्ता निर्धन पोथीलाई लखटेर वरिपरिका भालेलाई मेसो मिलाइदिन पोथीहरुले पनि लाईमिली गर्ने गर्छन्)

-संबन्धित ब्लग-

चुम्बन चराको

आँखै अगाडि बलात्कार

भालेका निम्ति यत्रो बबाल ?

अड्कली अड्कली

बलात्कारीलाई बदला

यति लामो किन ?

यति सुन्दर किन ?

वन्यजन्तुपनि समलिंगी

वन्यजन्तुमा बलात्कार

तपाइँको प्रतिक्रिया