हुम्लाको सेरोफेरो
हुम्लालाई धेरैले ठगेको भन्छन् । भौगोलिक कठिनाईले गर्दा हो, हुम्लेलीहरु ठगिएका छन् । तर प्रक्रितिले भने हुम्लालाई ठगेको छैन । ढाँटेको छैन । प्राक्रितिक छटाले हुम्ला धपक्कै बलेको छ । सुन्दर हिमाली द्रिष्यदेखि हाम्रा नदीका कञ्चन मूल यहिँ भेटिन्छन् । मन हौस्याउने झरनादेखि विविध संस्क्रितिको जमघट पाईलै पिच्छे भेटिन्छ । आर्थिक रुपमा कमजोर भएपनि हुम्लेलीहरु कन्जुस्याई नगरि हाँसेको देख्न पाईन्छ । हो यहि क्षेत्रको भ्रमण गरेका थिए नेपालप्लसका एक पाठकले । हेर्नुस उनले तयार पारेको फोटो फिचर-नेपालप्लस)
–अनिल रुपाखेती, हुम्ला
यो हो हुम्लाको यारी लाख भन्ने ठाउँ ।
योपनि हो हुम्लाकै यारी लाख। घामका ताता किरणले डाम्न थालेपछि यसै बग्दै तलतिर छचल्किन्छन् हिउँका ढिक्का ।
झण्डै झण्डै नांगा पहाडमाथि सल्बलाउने हिउँ । बिहान घामलागेपछि अति सुन्दर देखिने रहेछ नारा भन्ने यो ठाउँ ।
नारा भन्ने ठाउँको बिचभाग हो यो । हेर्नुस त हुस्सुजस्तो लागेको परको भागमा कतिधेरै हिमाल खाँदिएको जस्तो देखिन्छ ।
यस्तो हिउँ जमेको ठाउँमा सडक ? हो राम्ररी हेर्नुस त यो डाँडाको फेदीमा डोरी जस्तो वार कि पार देखिएको सडक हो । हिल्साको आरसिआईडब्लु सडक भनिन्छ यसलाई ।
अझ टाढाबाट हेर्दा अझ डरलाग्दो छैन त यो हिल्सा सडक ?
शिव होउन कि नहोउन् यो ठाउँलाई शिवशिव भनिने रहेछ ।
हुम्लेली हाँसो । बाटोमा भेटिएका यि हुम्लेली दाई यस्तो प्रसन्न मुद्रामा हाँस्दै थिए ।
आफ्नो गाउँ आफ्नै पन । आफ्नो प्रविधी आफ्नै स्वाद । शहर बजारका झिल्के चुरोट होइन, बाटोमा बटुवाहरु मिलेर सुल्फा तान्दै
दिनभरि हिँडियो । थकाईपनि लाग्यो । यालबाङ गाउँको एउटा ढिस्कोमा पारीपट्टी आँखा लगाउँदै थकाई मार्दै थिएँ म ।
सडक भएर के भो ? सडक भएपनि याकलाई बिस्थापित गर्न सकेको छैन यातायातको अन्य साधनले। नारा गाउँमा भारी बोकेका याक धपाउँदै।
यो हो तिब्बतको शेर गाउँ । हुम्लाबाट तिब्बत धेरै टाढा नपर्ने रहेछ ।
ल हेर्नुस त डाँडाकाँडाले मात्रै बिकास रोक्छ र ? तिब्बतको शेर गाउँमा भएको टेलिफोन टावर हो यो । हाम्रा बिकट गाउँमापनि कहिले हुने होला यस्तै विकास ?
क्या झिलिमीली ! तिब्बतको शेर गाउँको एउटा स्थानिय होटेल हो यो ।
-अनिल रुपाखेतीका अघिल्ला ब्लगपनि हेर्नुस-
लेक होइन देश लागेर हुम्लामा रोएको त्यो दिन
















