न्युयोर्कमा आफन्तले लास खोजेनन्, ८० वटा ट्रकमा लगेर सामूहिक अन्त्यस्टि गरिने

कोरोना भाईरसको संक्रमणबाट म्रित भएका र त्यस अघिपनि परिवारले दाबी गर्न नआएका सयौं बेवारिसे लास अमेरिकाको न्युयोर्क शहरका अधिकारीहरुले एउटा टापूमा लगेर गाड्ने भएका छन् । त्यसकालागि अहिले धमाधम सुरुङ खन्ने काम भैरहेको छ ।

फ्रान्सको टिएफ १ टिभीका अनुसार त्यस्ता लासहरु ८० वटा ट्रकमा राखिएको छ । तिनलाई हर्ट आइल्याण्ड भन्ने टापूमा लगेर गाड्न लागिएको हो । यस अघि सेप्टेबर ११ को आतंककारि हमलामा परेर मारिएका मध्ये दाबी गर्न नआएका लासहरु त्यहि टापूमा लगेर गाडिएको थियो ।

न्युयोर्क नगरपालिकाले त्यस्ता बेवारिसे लास एक महिनासम्म राख्ने गरेको छ । त्यसपछि परिवारका कोहिपनि दाबी गर्न नआएपछि कतै लगेर गाड्ने गरिएको छ ।

हरेक दिन कोरोना भाईरसबाट न्युयोर्कमा ज्यान गुमानेको संख्या सयौं हुन थालेको छ । परिवारका सदस्यहरुले दाबी गर्न आउनु अघि म्रित शरिर राख्ने करिब नौ सय क्षमता थियो । कोरोना भाइरसको संक्रमणले म्रितकको संख्या दिनदिनै नाटकिय रुपमा बढ्न थालेपछि अहिले त्यो क्षमता बढाएर ३६०० बनाइएको छ ।

अस्पत्तालहरुमा यति धेरै लास छन् कि तिनलाई न्युयोर्कमै अन्त्यस्टि गर्न ठाउँनै पुग्दैन । अन्त्यस्टि गराउने संस्था (फ्युनरल होम) हरुले १४ दिनभित्रमा दाबी नगरे तिनलाई ब्रङ्क्स हाट आइल्याण्डमा लगिने छ । यो आइल्याण्डमा करिब १० लाखको अन्त्यस्टि गर्न सकिने ठाउँ छ ।

न्युयोर्क शहरका धेरै अस्पतालमा बेवारिसे लास धेरै भएपछि तिनलाई राख्न फ्रिजसहितका ट्रकहरुसमेत पर्याप्त नभएको टिएफ १ टेलिभिजनले जनाएको छ ।

लासहरु राख्ने ठाउँको अभाव स्रिजना भएपछि नगरपालिकाले पहिलेको निति बदलेको छ । आफ्नो वेभसाईटमा अब १४ दिनभित्र म्रितकका परिवारले दाबी नगरे सामूहिक अन्त्यस्टि गरिने उल्लेख छ । गत मंगलबार मेडिकल अनुसन्धानदाताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

तपाइँको प्रतिक्रिया