चिनबाट मास्क र पन्जा बोकेर १० कार्गो विमान स्विजरल्याण्ड आउँदै

स्विजरल्याण्डलाई अत्यावस्यक परेका स्वास्थ्य सामाग्रिहरु लिएर १० वटा कार्गो विमान स्विजरल्याण्ड आउने भएका छन् । कूल १० वटा विमान मध्ये सोमबार चिनले एक कार्गो विमान स्विजरल्याण्डको जुरिच र अर्को जेनेभा पठाएको हो । तिनमा अत्यन्त्रै जरुरि परेका सुरक्षा वस्त्र (प्रोटेक्टिभ गाउन) हरु छन् ।

पहिलो खेपका ति गाउनहरु गत आइतवार चिनको सांघाइबाट जुरिच आइपुगेका हुन् । ति स्वास्थ्य सामाग्रिहरु जुरिच र स्वेचका ३४ वटा स्वास्थ्य केन्द्रहरुमा बितरण गरिने छ । त्यस्तै, ९२ टन स्वास्थ्य सामाग्रि बोकेर सोमवार जेनेभा विमानस्थल ओर्लिएको रोयटर्स न्युज एजेन्सीले जनाएको छ । त्यसमा चिनमा बनेका थुप्रै मास्कसमेत छन् । त्यो उडानमा २५ लाख सर्जिकल मास्क, एक करोड पन्जा, चस्मा र थर्मामिटर थिए ।

अतिरिक्त सुरक्षात्मक सामग्री जस्तै मास्क, पन्जा र सुरक्षा चस्मा केहि दिनमा आउने अपेक्षा गरिएको भन्दै स्विस अन्तर्राष्ट्रिय विमान कंपनीले ट्विट गरेको छ । ति सामाग्रिहरु यात्रुवाहक र कार्गोगरि दुबै खाले विमानमार्फत ल्याइनेपनि ट्विटमा उल्लेख छ ।

स्विजरल्याण्डमा कोरोना भाइरस निरन्तर फैलिँदै जाँदा डाक्टरहरूले मेडिकल स्टाफ, विशेष गरी मास्क र अन्य सुरक्षा सामाग्रिको अभाव रहेको चेतावनी दिएका छन् ।

स्विजरल्याण्डले भर्खरै स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने उपकरण निर्यातमा अस्थायीरुपा प्रतिबन्ध लगाएको छ । मेडिकल स्टाफ र कोरोनाभाइरसको प्रकोपमा लड्नकोलागि जसले जोखिमपूर्ण र उच्च काम गरिरहेका छन् तिनलाई अभाव नहोस् भन्ने उद्देश्यले अल्पकालिन प्रतिबन्ध लगाएको हो ।

युरोपियन स्वतन्त्र व्यापार संघ (इफटिए) सँग संवन्धित अन्य देश र स्विजरल्याण्डलाईसमेत सुरक्षात्मक उपकरणको निर्यातमाथि रोक्न लगाउन इेफटिएले गत महिना निर्देशन दिएको थियो ।

तपाइँको प्रतिक्रिया