स्विजरल्याण्ड ल्याइँदै गरेका औषधी इटालीले गर्‍यो बाटोमै कब्जा

ईटालीले आफ्नो सिमानामा एउटा ट्रक अवरुद्ध गरेर आफ्नै देश लैजान लागेका कीटाणुनाशक पदार्थ जफत गरेको स्विजरल्याण्डले आरोप लागएको छ । स्विस वाणिज्य यातायात संघले यसलाई “स्टेट थेफ्ट” को संज्ञा दिएको छ । स्विस विदेश मन्त्री इग्नाजियो कासिसले यसलाई हस्तक्षेप प्रायस गरेको स्विस इन्फोले जनाएको छ ।

स्विस कम्पनी भिक्टोरी स्विट्जरल्यान्डले विश्वभरि वस्तुहरू आयात गर्दछ । आफ्ना सामानहरु स्विजरल्याण्ड भित्रिँदै गर्दा स्विजरल्याण्ड र ईटालीको सिमा डोमोडोसलामामा ईटलीले सामानसहितको ट्रकलाई गत हप्तादेखि रोकेर राखेको हो । समाचारका अनुसार ति सामानहरुको स्विजरल्याण्डले पहिलेनै भुक्तानी गरिसकेको छ ।

भिक्टोरी स्विजरल्याण्डका प्रबन्ध निर्देशक डेनियल गेर्बरले स्विस इन्फोलाई बताए अनुसार स्विजल्याण्डतर्फ ल्याइँदै गरेको रोगाणुनाशक जेल (डिसईन्फेक्टेन्ड ह्याण्ड जेल) ईटालीयन भन्सारका अधिक्रितहरुले जफत गरेका हुन् ।

इटालीका भन्सार अधिकारीहरूले भने कोरोनाभाइरस आपतकालिन विशेष अवस्था स्रिजना भएकाले त्यसलाई कब्जागर्नु उचित रहेको तर्क दिएको जनाइएको छ । स्विस टोलीलाई दिएको भन्सार कागजमा ति सामानहरु डोमोडोसलामामा रहेको ईटालियन भन्सार निकायलाई बुझाइने छ र त्यसपछि ईटालीका अस्पत्ताल र नगरपालिकामा बितरण गरिने छ । भिक्टोरी स्विट्जरल्याण्डले जर्मन कम्पनी गिफ्ट्स र ब्यूटी ह्यान्डलबाट ति सामानहरु तिन हप्ता अघि ३० हजार आठ सय डलर तिरेर मगाएको थियो । तर ति सामान भने ईटालीमै निर्मित थिए ।

ईटालियन अधिकारीहरुले भने जफत गरेका सामानहरुको मूल्य फिर्ता गर्न सकिने उल्लेख गरेका छन् ।

भिक्टोरी स्विजरल्याण्डले यस अघि मार्चको शुरुमापनि जर्मनीमा यस्तै समस्या भोगेको थियो । चिनबाट जर्मनी हुँदै ल्याउन लागिएका ३ लाख १४ हजार मास्क जर्मन अधिकारीहरुले जर्मनीको हेमबर्गमा कब्जा गरेका थिए । तर पछि स्विस अधिकारीहरुले हस्ताक्षेप गरेको दुई दिन पछि पुन पठाएका थिए ।

ईटालियनहरुले आफ्ना सामान कब्जा गरेको यो घटनालाई स्विस कमर्सियल ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष आन्द्रियन अस्तुजले ‘स्टेट थेफ्ट’ को संज्ञा दिएका छन् ।

(स्रोत- कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया