कोरोनाको नाममा अत्याचार : गाउँ छिर्न निशेष, जरिवाना र गाउँबाटै बहिष्कार

कोरोनाको नाममा गाउँगाउँमा अत्याचार बढेको छ । आफ्नै गाउँ छिर्दापनि कि त जरिवाना कि गाउँबाटै बहिष्कार गर्ने निर्णय भएका छन् । बडेमानका रुख काटेर बाटो छेक्ने, आफ्नै घर छिर्न नदिने घटना गाउँगाउँमा बढेको छ । तर निम्छरा गाउँले, गरिखानुपर्ने दिनदुखिले कसरि गुजारा गर्ने ? यो अत्याचारको बिरोध कसले गर्ने ? सुन्ने कोहि छैन । जिम्मेवार कोहि देखिन्न । यस्तै घटना पर्बत जिल्ला जलजला गाउँ पालीकाको बन्बरे गाउँमा भएको छ । बन्द गरिएको यो पूलले पर्वत र म्याग्दी जिल्लालाई जोड्ने हुँदा यो अत्यन्त ब्यस्त पूल हो ।

एकातिर गाऊँ पस्ने एक मात्रै कच्ची मोटर बाटो छ । त्यसमा दुई वटा सल्लाको रूख ढालेर बन्द गरीएको छ । अर्को तिर प्रसिद्द समाजसेवी महाबिर पुनको गाऊँबाट पैदल बाटोमा बनेको पूलमा सुचना टाँसीएको छ । सबैलाई घरमै बस्न उर्दी जारी गरीएको छ । नियम उलंघन गर्नेलाई दुई हजार जरीवाना र दुई हप्ता सामाजिक बहिस्कार गर्ने निर्णय गरेका छन् ।

“यस्तो गर्न हुन्न । गरिखानेकालागि गाउँमा थुनेको थुन्यै गर्दा हातमुख जोड्नै गाह्रो हुन्छ् । कोहि बिरामी परे बाहिर जानुपर्ला” भनेर सम्झाउँदा उल्टै बिरोध गर्ने गरेको स्थानियहरुपनि बताउँछन् ।

यस्तो अवस्था धेरै गाउँमा छ । तर स्थानिक निकाय मौन देखिन्छ । जलजला गाउँ पुग्न बेनीबाट ५, ६ वटा गाउँ कट्नुपर्छ । सबै ठाउँमा यसैगरि बन्द गरिदिएपछि गाउँका मानिस आफ्नो थलो कसरि फर्किने ? यसमा कसैले सोचेको देखिन्न । जसलाई मार परेको छ तिनका कुरा सुनिन्न । आपतमा परेकाले केहि बोले तिनका कुरा सुनिन्न ।

जलजला गाउँपालिका बन्बरेका लाकु पुनका अनुसार यस्तो बाटो छेक्ने काम नजान्नेबट भन्दापनि जान्नेबुझ्ने, पढेलेखेकैहरुबाट गरिएको छ् । यस्तो बाटो रोक्नेमा संलग्न स्कूलका शिक्षक, जनप्रतिनिधी, सामाजिक काम गर्ने ब्यक्तिहरु छन् ।

तपाइँको प्रतिक्रिया