मान्छेको म्रित्युको खबर सुनाउन, छाप्न किन हतार ?

न्युयोर्क निवासी निमा टेम्बा शेर्पालाई कोरोना संक्रमित भएको थियो । उनी अस्पत्ताल भर्ना भए ।  अस्पतालमा मृत्यु भएको भन्दै उनैका आफन्त र साथीहरुलाई उनका परिवारले जानकारि दिए । त्यसैका आधारमा मेडियाले समाचार बनाए । तर पछि निमा टेम्बा शेर्पाको मुटु चलेको खबर आएको भन्दै दाई ल्हाक्पा युला शेर्पाले सामाजिक सन्जालमा जानकारि राखेका छन् । सामाजिक सञ्जालमार्फत आफूले भाइको मृत्युको खबर दिएको र समाचार बनाउनेमा दोष नरहेको भन्दै सबैसित माफिसमेत मागेका छन् । मानिसलाई म्रित्युको खबर सुनाउन, लेख्न यति हतार किन भएको होला ?

तपाइँको प्रतिक्रिया