स्पेनका नेपालीमापनि कोरोना भाइरस संक्रमण

-भोला लामिछाने / बार्सिलोना, स्पेन

कोरोना भाईरसले स्पेनमा महामारी फैलाउँदा यहाँ रहेका नेपालीहरूपनि यसको चपेटामा परेका छन् । बार्सिलोना निवासी छ नेपालीलाई कोरोना भाईरसले संक्रमित गरेको छ ।

बिगत एक हप्तादेखि केहि नेपाली दाजुभाई दिदीबहिनीहरू सामान्य जरो खोकी लागेर कोरोनाको आशंकामा बार्सिलोनास्थित एक अस्पत्ताल गएका थिए । यिनीहरू मध्ये केहिलाई पोजेटीभ देखिएको आफन्तहरूले जानकारी दिएका हुन् ।

संक्रमित भएका केहीलाई पोजेटीभ संक्रमण भएतापनि बिरामीको अवस्था सामान्य देखिएपछि चिकित्सकहरुले घरमै आराम गर्ने सल्लाह दिएर अस्पत्तालले डिस्चार्ज गरेको थियो । त्यसपछि घरमा आराम गरेर बस्दै गर्दा घरका अन्य सदस्यहरुलाईपनि सरेकोले नेपाली समूदायलाई थप चिन्तीत बनाएको छ ।

आगामी दिनमा थप संक्रमण हुन नदिन पोजेटिभ भएका बिरामीहरूलाई हस्पिटलमै बसेर थप उपचार तिर लाग्न नेपालीहरुले आग्रह गरेक छन् । यस्ता दुखका घटना हुँदा नेपाली समुदायलाई सम्पर्क गरि सबैलाई सुचीत गर्नपनि अनुरोध गरिएको छ । संक्रमितहरूको विवरण गोप्य राखिएको छ ।

तपाइँको प्रतिक्रिया